​श्रीमद्भगवद्गीताका यी श्लोक, जसले देखाउँछन् जीवनयापनको श्रेष्ठ बाटो


Saturday, 8 Jul, 2017 9:39 AM


सनातन हिन्दु संस्कृतिमा  श्रीमद्भगवद्गीता न केवल पूज्य छ, त्यो भन्दा बढी अनुकरणीय पनि छ । भनिन्छ, श्रीमद्भगवद्गीता ग्रन्थमा उल्लेखित उपदेश स्वयं भगवान श्रीकृष्णको मुखबाट निस्केको अमृतवाणी हुन्, जसले जीवनलाई सही ढंगबाट अघि बढाउने श्रेष्ठ बाटो देखाउँछन् । 


प्रस्तुत छ, यस महान् दार्शनिक गन्थबाट छानिएका केही महत्वपूर्ण श्लोक : 


नैनं छिद्रन्ति शस्त्राणि नैनं दहति पावकः । 
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत ।। 
(दोस्रो अध्याय, श्लोक २३)


यस श्लोकको अर्थ हो - आत्मालाई न शस्त्र  काट्न सक्छ, न त आगोले जलाउन सक्छ । न पानीले भिजाउन सक्छ, न त हावाले सुकाउन सक्छ । (यहाँ भगवान श्रीकृष्णले आत्मालाई अजर अमर एवं शाश्वत हुने बताएका छन् ।)
 

हतो वा प्राप्यसि स्वर्गम्, जित्वा वा भोक्ष्यसे महिम् ।
तस्मात् उत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।
(दोस्रो अध्याय, श्लोक ३७ )


यस श्लोकको अर्थ हुन्छ, यदि तिमी (अर्जुन) युद्धमा वीरगति प्राप्त गर्यौ भने तिमी स्वर्गमा पुग्नेछौं । यदि युद्धमा विजयी भयौ भने धर्तीको सुख भोग्नेछौं । यसैले उठ अर्जुन –कौन्तन्य), युद्धका लागि प्रण गर । (यहाँ भगवान श्रीकृष्णले वर्तमान कर्मको परिणामको चर्चा गरेका छन् । तात्पर्य यो हो कि वर्तमान कर्म भन्दा श्रेयस्कर अरु केही छैन ।)
 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
(चौंथो अध्याय, श्लोक ७)


यस श्लोकको अर्थ हुन्छ - हे भारत (अर्जुन), जब–जब धर्म ग्लानि अर्थात उसको लोप हुन थाल्छ अनि अधर्ममा वृद्धि हुन्छ, तब–तब म (श्रीकृष्ण) धर्मको अभ्युत्थानका लागि स्वयंको उपस्थि तगर्ने छु अर्थात अनेकौं अवतार लिनेछु । 
 

परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे–युगे ।। 
(चौंथो अध्याय, श्लोक ८)


यो श्लोकको अर्थ हुन्छ - सज्जन पुरुषको कल्याणका लागि एवं दुष्कर्मिहरुको विनाशको लागि एवं धर्मको स्थापनाका लागि म (श्रीकृष्ण) युग युगदेखि प्रत्येक युगसम्म जन्म लिँदै आएको छु । 


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्म्णि ।। 
(दोस्रो अध्याय, श्लोक ४७)


यस श्लोकको अर्थ कर्ममा नै तिम्रो अधिकार छ । तर, कर्मको फलमा कहिल्यै पनि छैन । यसकारण कर्मको फलका लागि आशक्ति नदेखाउ । नत काम गर्न तिम्रो आशक्ति नै छ । (यो श्रीमद्भवद्गीता को सर्वाधिक महत्वपूर्ण श्लोकमध्ये एक हो, जो कर्मयोग दर्शनको मूल आधार पनि हो ।)
 

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्संजायते कामः कामात्क्रोधोऽभिजायते ।। 
(दोस्रो अध्याय, श्लोक ६२)


यो श्लोकको अर्थ हुन्छ - subject (वस्तु) को बारेमा सोचिरहने गर्दा मानिसमा उसप्रति अधिक आशक्ति जाग्नेगर्छ । यसबाट उसमा कामना याने कि इच्छा पैदा हुन्छ । अधिक इच्छा चाहनामा बाधा भयो भने क्रोध उत्पन्न हुन्छ । (यहाँ भगवान श्रीकृष्णले subject प्रतिको आशक्तिको दुष्परिणामको बारेमा बताएका छन् ।)


क्रोधाद्भवति संमोहः संमोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति।।
(दोस्रो अध्याय, श्लोक ६३)


यो श्लोकले भन्छ - क्रोधले मानिसको बुद्धि भ्रष्ट बनाउँछ । अर्थात उसलाई मुढी बनाउँछ । जसबाट उसको स्मरणशक्ति कमजोर हुन्छ । स्मरण शक्ति कमजोर हुँदा मानिसको बुद्धि नष्ट हुन्छ । बुद्धिको नष्ट हुँदा मासिन खुद आफ्नो विनाश गर्न पुग्दछ । 
 

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते।।
(तेस्रो अध्याय, श्लोक २१ )


यो श्लोकको अर्थ हुन्छ - श्रेष्ठ पुरुषले जे जस्तो आचरण देखाउँछन्, जस्तो-जस्तो काम गर्छन्, आम मानिस पनि उस्तै आचरण, उस्तै काम गर्छन् । श्रेष्ठ पुरुष, जो प्रमाण या उदाहरण प्रस्तुत गर्छन्, समस्त मानव समुदाय पनि उसैको अनुशरण गर्न थादल्छन् ।
 

श्रद्धावान्ल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः । 
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।।
(चौंथो अध्याय, श्लोक ३९)


यस श्लोकको अर्थ हुन्छ - श्रद्धा राख्ने मानिस, आफ्नो इन्द्रीयलाई संयम राख्ने मानिस, साधनाले युक्त मानिस आफ्नो तत्परताबाट ज्ञान प्राप्त गर्दछ । फेरि, ज्ञान प्राप्ती लगत्तै शान्ति (परम शान्ति) प्राप्त गर्दछ । 
 

सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् । 
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ।।
(अठारौं अध्याय, श्लोक ४८)


इस श्लोक का अर्थ हो - हे कुन्तीपुत्र, आफ्नो सहज अर्थात स्वाभाविक कर्म जसमा यदि दोष छ भने पनि त्यसलाई त्याग्न हुँदैन । जसरी, आगो, धुँवाले ढाकिएको हुन्छ, त्यस्तै सबै कर्ममा कुनै न कुनै दोष त हुन्छ नै । 
 

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । 
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचस्।।
(
अठारौं अध्याय, श्लोक ६६)

यस श्लोकले भन्छ - (हे अर्जुन) सबै धर्मलाई त्यागेर अर्थात हरेक आश्रयको त्याग गरेर मेरो शरणमा आउ, म (श्रीकृष्ण) तिमीलाई सबै पापबाट मुक्ति दिलाउँला । यसैले तिमी चिन्तित नबन । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top