पूर्वमुख्यसचिव कोइरालाको टिप्पणी : प्रधानमन्त्रीको अनुगमन ‘पोलिटिकल स्टन्ट’


Friday, 23 Nov, 2018 1:52 PM
७ मंसिर, काठमाडौं । सरकारको काम कारबाहीप्रति आमजनता त के स्वयं प्रधानमन्त्रीदेखि मन्त्रीहरु नै सन्तुष्ट छैनन् । उनीहरुले सोचेजस्तो काम गर्न नसकेको भन्दै सार्वजनिक रुपमै बताउँदै आएका छन् । अधिकांश मन्त्रीको कामसँग प्रधानमन्त्री पनि सन्तुष्ट छैनन् । सरकारको शैलीप्रति जनगुनासो चुलिँदै जाँदा अहिले प्रधानमन्त्री केपी शर्मा ओली आँफै हरेक मन्त्रालयको काम अनुगमन गर्ने भनेर कस्सिएका छन् । अब हरेक मन्त्रालयले महिनाको ७ गतेभित्र आफ्नो कार्यप्रगति विवरण प्रधानमन्त्रीलाई बुझाउनु पर्ने भएको छ । प्रधानमन्त्रीले थालेको अनुगमनले कस्तो नतिजा देला ? के प्रधानमन्त्रीले हरेक महिना मन्त्रालयगत विवरण आँफैले हेर्न सम्भव  छ ? न्यूज सेवाको प्रश्न, पूर्वमुख्यसचिव विमल कोइरालाको जवाफ :
 

१. प्रधानमन्त्रीले मासिकरुपमा मन्त्रालयगत कार्यप्रगति विवरण मगाएर हेर्न थाल्नु भएको छ । यसले मौजुदा परिस्थिति भन्दा फरक नतिजा दिने सम्भावना छ कि छैन ?
राम्रै नतिजा दिन सक्छ । अनुगमन खराब कुरा होइन । नेपालको विकासमा अनुगमन खडकिएको कुरा हो । सघन ढंगले अनुगमन भएको थिएन । तर, प्रष्ट के हुनुहोस् भने प्रधानमन्त्रीले आफ्ना अनेकौं विजनेसबाहेक महिना–महिनामा अनुगमन गर्छुभन्दा सम्भव हुन्छ हुँदैन ? प्रधानमन्त्रीको कार्यालयको अनुगमन गर्ने क्षमता छ छैन ? यो महिना–महिना दिनमा खाली कागज मात्रै हेरेर ‘अनसाइट सुपरभिजन’ले कस्तो नतिजा ल्याउँछ । किनभने यसमा रकम खर्च भएको बाहेक त हेर्न सकिँदैन । अरु त सबै फिल्डमा गएर प्रत्यक्ष अनुगमन गर्नुपर्ने हुन्छ । भौतिक उपलब्धिका कुराहरु । अनेक कुराहरु छन् । जसले गर्दा खेरी यो प्रभावकारी नहुने देखिन्छ । 

२. तपाईले प्रधानमन्त्री कार्यालयको क्षमताको कुरा गर्नुभयो त्यसको विकास गर्न खोज्यो भने सरकारलाई असम्भव  त नहोला नि ?
सक्छ । पहिलो त क्षमता बृद्धि गर्नुप-यो । अनुगमनका आफ्ना निश्चित आधारहरु हुन्छन् । ति विवरणहरु जुन मन्त्रालबाट पठाइन्छ । त्यसलाई मापन योग्य परिसूचकहरुमा ढाल्नुप-यो । अनि वैज्ञानिक ढंगले विश्लेषण गर्नुपर्छ । मापन गर्नका लागि विशिष्टिकृत खालको क्षमता चाहिन्छ । त्यो क्षमता छ छैन भन्ने कुरामा शंका छ । 

३. सबै मन्त्रालयको कार्य प्रगति विवरण प्रधानमन्त्री आँफैले हेरेर, पढेर त्यसको मूल्याँकन गर्ने अनि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुहुने छ भनेर प्रधानमन्त्रीको सचिवालयले भनेको छ । प्रधानमन्त्रीले त्यसो गर्न कत्तिको सम्भव छ ? 
यो सम्भव छैन । त्यसमाथि पनि महिना–महिना दिनमा गर्छु भन्ने भनाईमा मलाई प्रसस्त शंका छ । किनभने महिना दिन भनेको धेरै नजिकको कुरा हो । प्रधानमन्त्रीका कयौं अन्य ‘विजनेस’ हुन्छ । ति सबै छोडेर महिना–महिना दिनमा एक साता लगाएर प्रधानमन्त्री मूल्याँकन गर्न सक्नुहोला जस्तो लाग्दैन । यसले निरन्तरता पाउँछ भन्ने कुरामै शंका छ मलाई । 

४. प्रधानमन्त्रीले मन्त्रालयत विवरण मन्त्रीहरु भन्दा पनि सचिवहरुमार्फत लिँदा केही मन्त्रीहरु असन्तुष्ट जस्ता पनि देखिए । यसले भोलिका दिनमा प्रधानमन्त्री र मन्त्रीहरुबीच दूरी बढ्ने खतरा कत्तिको देख्नुहुन्छ ?
यो खाली जुँगाको लडाईँ मात्र हो । सचिवले भने पनि मन्त्रालय भने पनि सचिवले मन्त्रीलाई अनुमोदन नगराइकन त्यो प्रधानमन्त्री कार्यालय पठाउने होइन । खाली यसो सुन्दा खेरी मन्त्रीलाई ‘बाइपास’ गरेको हो कि जस्तो देखिन्छ । 

५. प्रधानमन्त्रीका पछिल्लो अभिव्यक्तिहरु काम सोचेअनुरुप भएन भन्ने देखिन्छ । अब यो अनुगमनले प्रधानमन्त्रीको चाहनालाई कत्तिको पूरा गर्ला जस्तो लाग्छ ?
सदासयता त देखाउनुभयो राम्रो कुरा हो । अनुगमन पनि राम्रो कुरा हो, तर यसको संस्थागत क्षमता र त्यसको प्रबन्ध यो दुईटै कुरा छैन । कमजोर छ । त्यो भएको हुनाले सोचेजस्तै काम होला भनेर पत्याउन गाह्रो छ । किनभने विगतमा यो काम राष्ट्रिय योजना आयोगले गर्दै आएको थियो । राष्ट्रिय योजना आयोगले दुई–दुई महिनामा यसैगरी विवरण संकलन गरेर राष्ट्रिय समस्या समाधान समिति भनेर बैठक बसाल्थ्यो जसको अध्यक्षता प्रधानमन्त्रीले नै गर्नु हुन्थ्यो । अब प्रधानमन्त्रीले त्यहाँ निर्देशन नै दिने गरेको हो । योजना आयोगले बर्षौ लगाएर त्यसका परिसूचकहरु बनाएको र त्यहाँ एउटा संस्थागत व्यवस्था भैसकेको थियो । कुरा के रह्यो भने योजना आयोगसँग कुनै वैधानिक शक्ति थिएन । वैधानिक शक्ति नभएपछि मन्त्रालयले टेरेनन् । नटेर्दा प्रभावकारी भएन त्यो अनुगमन प्रक्रिया । अब प्रधानमन्त्रीले नै आफै अग्रसरता लिँदा केही हुन्छ कि भन्ने झिनो आशा मात्रै हो । 

६. त्यसो हो भने विगतको कमिकमजोरी सुधार्नका लागि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?
गर्ने भनेको त अनुगमन नै हो । अनुगमन गर्दा एउटा कागजमा दिएको विवरणको आधारमा गर्ने ‘अनसाइट सुपरभिजन’ को प्रक्रिया हुन्छ । अर्को फिल्डमै गएर त्यसलाई ‘भेरिफाई’ गर्ने काम भएको छ कि छैन । कागजमा मात्रै देखाएको हो कि भनेर हेर्ने । त्यसपछि विवरणमा खोट देखिए त्यसलाई सच्याउनु प¥यो । जसले राम्रो काम गरेको छ । त्यसलाई अझ राम्रो काम गर है भनेर प्रोत्साहान गर्नुप-यो । नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्छ । त्यो खालको तयारी र जनशक्ति अझै पनि भएजस्तो लाग्दैन । ति विवरणहरु परीक्षण गर्दा यो विधिले मापन गरिन्छ भन्ने कुरालाई स्पष्ट पार्ने अनि त्यसलाई पारदर्शी बनाउन प-यो । यो अनुगमन पनि बस्तुगत नभएर राजनीतिक नारा मात्रै हुने हो कि भन्ने प्रश्नहरु प्रसस्त छन् । 

७. पहिलाका मन्त्रीहरुले पनि कर्मचारीतन्त्रले साथ नदिएर काम गर्न नसकेको गुनासो गर्थे । अहिले पनि मन्त्रीहरुले त्यही गुनासो दोहो-याइ रहेका छन् । नेपालको कर्मचारीतन्त्र किन यति असहयोगी बनेको ?
मन्त्रालयको कार्यकारी प्रमुख भनेको मन्त्री हो । मन्त्रीमै सम्पूर्ण अधिकार केन्द्रीत हुन्छन् र त्यहीँबाट निःशृत हुन्छन । मन्त्रीले अहिले कर्मचारीबाट काम लिन सक्दिन भनेको ‘नाच्न नजान्ने आँगन टेढो’ भनेको जस्तो मात्र हो । आफ्नो हिनता कर्मचारीलाई थोपर्ने यहाँको पुरानै चलन हो । त्यो त्यति उपयुक्त कुरा होइन । यसको अर्थ कर्मचारीतन्त्र पूरै क्षमतावान छ भनेको होइन । कर्मचारीको गुणात्मक क्षमता पनि दिनानुदिन ह्रासहुँदै गएको छ । त्यो क्षमता अभिबृद्धि गर्ने र राष्ट्र निर्माणमा कर्मचारीको भूमिकालाई अझ सशक्त गर्ने बनाउने काम त राजनीतिक नेतृत्वको हो नि । अरुलाई दोष थोपरेर हुँदैन । 

 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ६५ हजार बढी कोरोना संक्रमित थपिए

२५ साउन, काठमाडौँ ।
भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै नयाँ रेकर्ड हो ।  भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को मृत्यु भएको छ । यस्तै हिजोमात्र ८ सय ५७ जनाको मृत्यु भएको छ । संक्रमित थपिएकामा सबैभन्दा धेरै महाराष्ट्रका छन् । त्यहाँ १२ हजार ८ सय २२ संक्रमित

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२४ साउन, काठमाडौं । भारतको केरलामा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top