norvic
global ime bank

प्रहरी चौकीमा आक्रमण गर्ने विप्लवको तयारी,युद्धमा नजान गृहमन्त्रीको बिन्ती


Wednesday, 6 Jul, 2016 4:40 PM


२२,असार,काठमाण्डौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी युद्धको अन्तीम तयारीमा जुटेको छ । जनताको मुक्ति र जनताको अधिकारको रक्षाका लागि भन्दै हतियार उठाउने तयारीमा लागेको हो । 
चार वर्ष अघि एकीकृत नेकपा माओवादी विभाजन गरर वैद्य नेतृत्वको नेकपा–माओवादी गठन गर्न  मुख्य भूमिका खेलेका विप्लवले माओवादी केन्द्रभित्रको मुख्य क्रान्तिकारी हिस्सा समेतलाई प्रभाव मात्रै पारेन, तुलनात्मक रुपमा क्रन्तिकारी भनेर चिनिएका पार्टी नेता तथा कार्यकर्तालाई समेत आफूसंगै लगेका छन ।
विप्लव माओवादीसंग फौजी सामथ्र्य जिल्ला आक्रमण गर्नेसम्मको भएको बताएको छ । एकजना केन्द्रिय सदस्यका अनुसार जिल्लामा सापेक्षिक सफलतासहितका फौजी हमला गर्न पर्याप्त जनशक्ति आफुसंग भएको पार्टीको दाबी छ ।
केही समय फौजी संघर्षका बारेमा नयाँ माओवादीभित्रै राजनीतिक तथा सैद्धान्तिक बहस चलाएका विप्लवले समग्र पार्टी उनले चाहेजस्तो संघर्षमा जान सक्ने अवस्थामा नरहेको ठहरका साथ पुनः नेकपा माओवादी गठन गरी आफनै नेतृत्वमा अर्को पार्टी बनाएका हुन । 

विप्लव आक्कल झुक्कल सार्वजनिक
पार्टी निर्माणदेखि हालसम्मका सबै गतिविधिलाई अर्धभूमिगत बनाएका विप्लवले आक्कलझुक्कल सार्वजनिक कार्यक्रममा आफूलाई प्रस्तुत गर्दा ‘जनयुद्ध र विभिन्न चरणका आन्दोलनका उपलव्धिहरु गुम्न लागेको र त्यसको रक्षा नगरिए आफू हतियार उठाउन बाध्य हुने’ बताउदै आएका छन ।
विप्लवले कार्यकर्तामाझ ‘लड्नै परेछ भने यत्तिको उमेरमा अझै दस वर्ष त म आफैं पनि बन्दुक बोकेरै भिड्न सक्छु । अब फेरि युद्ध हुने भएछ र हतियार बोकेरै लड्नुपरेछ भने अब तलका कार्यकर्ता मात्रै होइन, बलिदानको कोटा चुक्ता गर्न नेतृत्व तहबाट हामी आफैं अग्रसर हुने छौं । जनतालाई मराएर नेता बाच्ने र सम्झौता गरेर सत्तामा जाने कुरा अब कसैले नसोच्दा हुन्छ ।’ उनले तातो रगत भएका कार्यकर्तालाई आफनो पक्षमा पारि रहेका छन अनि युद्धमा लाग्न उत्प्रेरणा गरिरहेका छन ।
नेता विप्लवको यस्तो चेतावनीको गम्भीरतालाई ख्याल गरेर संवेदनशील ढंगले राज्यलाई झक्झक्याउने काममा लागेका छन । अनि केही संख्यामा मात्र उनीहरु सार्वजनिक रुपमा देखिन थालेका छन । विप्लव र उनको पार्टीले अघि सारेका राजनीतिक माग वा आवाजलाई सिङ्गो समाजसंग नजोडीकन र समाजले उनीसंग गम्भीर संवाद नगरीकन कम्तिमा अरुका कुरा सुन्ने र टेर्ने मुडमा विप्लव र उनको पार्टी नआउने निश्चित छ ।


परिआए हतियार उठाउन तम्तयार छौं भन्दै सार्वजनिक घोषणा नै गरेर पार्टीका सम्मेलनदेखि दस्तावेजसम्म र संगठनदेखि नेता–कार्यकर्तासम्म सोही खाले तयारी हुदैगरेको स्पष्टै देखिन थालेको छ ।
सरकार विप्लवका एजेन्डामा गम्भीर नभए उनको सोक पनि केही चम्त्कारी  आक्रमणमा लाग्ने रणनीति नै बनाएका छन । उनको भनाईमा राज्य गम्भीर हुन नसकेकाले  मुलुक पुनः सशस्त्र द्वन्द्वमा फर्कने देखिन्छ । मूलतः सरकारले नै संवादको पहल र नेतृत्व गर्न नचाहेको उनी पक्षको गुनासो छ ।
विप्लवबारे अनेकन अड्कलवाजी र अकलन भइरहदा उनीसंग यतिबेला राजनीतिक, साङ्गठनिक तथा फौजी सामथ्र्यको कमी छैन । वैद्य नेतृत्वको माओवादीसंग छुट्टिएर अलग्गै पार्टी गठन गरेको माओवादीले जसरी छिट्टै हतियार उठाउने संकेत गरेको छ, आम मानिसहरुमा हतियारको संशय समेत त्यत्तिकै मात्रामा बढेको छ ।

जनयुद्धका २ राइफल
०५२ सालमा तात्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा ऊसंग जम्मा २ थान मात्रै राइफल थिए र त्यसमध्ये पनि एउटा कामै नलाग्नेगरी बिग्रेको थियो । त्यसको तुलनामा हालको विप्लव माओवादीसंग अहिल्यै तत्कालीन माओवादीले करिव ६ वर्ष लडेपछि ०५८ तिर आइपुग्दा हासिल गरेको संख्या बराबरका हतियार रहेको सामान्य आकलन गर्न सकिन्छ । अर्कोतिर माओवादी लडाकुका हतियार शिविरमा प्रमाणिकरण गर्न लादा धेरै लगिएको थिएन मात्र काम नलाग्ने, पुराना तथा कम क्षमताका हतियार मात्र बुझाएको थियो तत्कालिन माओवादीले । यसरी लुकाइएका हतियारहरु अधिकास माओवादी लडाकु र त्यसमा पनि तत्कालिन बैद्य पक्षसंगैग थिए । स्वभाविकै रुपमा बैद्य पक्षका नेताहरु जनमुक्ति सेनामा बढि थिए । अहिले बैद्यबाट विभाजन हुदा सबै जसो विप्लवसंग छन । 

तर पनि विप्लव माओवादीले यतिबेला आफूसंग हतियार भएको अस्वीकार गरिरहेको छ । माओवादी नेता विप्लवले ‘मानिसहरुको दिमाग नै हतियार’ भएको उल्लेख गर्दै आफूसंग हतियार नभएको तर आवश्यक परेमा ती जुटाउनु र प्रयोग गर्नु आफूहरुका निम्ति ‘कुनै आइतबारको विषय नभएको’ बताएका छन । विप्लव नेतृत्वको माओवादीसंग उल्लेख्य हतियार भएको कुरा बुझ्न सकिन्छ । माओवादीको पहलमा जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने क्रमसंगै त्यतिबेला जनसेनामा रहेका असन्तुष्ट कमान्डरसंग र जनसेनका ब्यारेकहरु सुरक्षार्थ बाहिर राखिएका हतियार अहिले विप्लव माओवादीमा रहेका नेता तथा कमान्डरहरुले उतिबेलै आफनो कब्जामा पारी सुरक्षित गराइसकेका छन् ।

हतियार गायब
पश्चिम नेपालका जनमुक्ति सेनाका ३ वटा शिविरबाट करिब १ हजारको संख्याका हतियार राज्यको हातमा नआई गायब भएका थिए । तत्कालीन अवस्थामा वैद्यनिकट रहेका जनसेनाले समेत आफना हतियार ब्यारेकमा नबुझाई आफैंले बोकेर हिडेका थिए । 
नेकपा माओवादीसंग फौजी मात्रै होइन, राजनीतिक तागत समेत ०५८ र ५९ कै माओवादीको हाराहारीमा भएको दाबी गरेको छ । माओवादीस“ग युद्धको प्रारम्भिक आवश्यकता धान्न सक्ने मजबुत, प्रतिबद्ध र समर्पित संगठन एवम् नेता–कार्यकर्ता छन् । फेरि युद्ध लड्नुपर्ने भएमा सो पार्टीलाई कम्तिमा पनि सेल्टर व्यवस्थापनको समस्या कहींकतै पनि नपर्ने स्थिति कायम छ । किनभने, करिब टोलटोलमा पार्टीका कुनै न कुनै सम्पर्क या सदस्यहरु विद्यमान बनाइसकेका छन ।
हतियार र संगठनको मात्रै होइन, फौजी तालिम या सैन्य–प्राविधिक जनशक्तिको कोणबाट समेत विप्लव माओवादी कमजोर छैन । युद्ध लडेका तथा तालिमप्राप्त जनशक्तिको ठूलो हिस्सा संगठित छ र युद्धकै पहल भएमा आज अन्य माओवादी घटकमा रहेका फौजी पृष्ठभूमिका नेता–कार्यकर्ताबाट ठूलै सहयोग सो पार्टीले हासिल गर्न सक्ने देखिन्छ राजनीतिक अस्थिरताका कारणले । विप्लव माओवादीले फौजी रणनीति र कार्यनीति अपनाउन हिजोको जसरी ठूलो समय, श्रम, खर्चदेखि रगत बगाउनेसम्मको मूल्य चुक्ता गर्नुपर्ने स्थिति छैन । माओवादीलाई अब फेरि शून्यबाट सिक्नपर्ने अवस्था छैन ।
विकास र सूचना–प्रविधिले राज्यलाई जतिको सजिलो हुन्छ त्यो भन्दा आफुहरुलाई सहज हुने
उनीहरुको बुझाई छ । दुवै पक्षका लागि बराबरी अनुकूलता–प्रतिकूलता हुन्छन् । तिनलाई दुवै पक्षले आ–आफनो आवश्यकता र रणनीतिअनुसार प्रयोग गर्न सकिने उनीको बुझाई छ ।

विप्लव र गृहमन्त्रीको मित्रता
हालका गृहमन्त्री पनि विप्लवका सहपाटी योद्धा भएकाले समय–समयमा छलफल हुने गरेको छ । माओवादी वृतका अनुसार गृहमन्त्री बस्नेत र विप्लव मिल्ने साथी हुन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि विप्लवलाई तत्काल युद्धमा नजान सुझाव दिएका छन । बस्नेतले आफुहरु सरकारमा भएपनि जनताका आवश्यकता र राजनीतिक एजेन्डाहरु संस्थागत नभएको समेत बताउदै आएका छन् ।  आन्दोलन आवश्यक भएपनि कस्तो, कहिले, कसरी र कस्का निम्ति भन्ने बारेमा बहस नै आवश्यक भएको बस्नेतले विप्लवलाई बताउदै आएका छन् । 


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top