norvic
global ime bank

किन हुन्छ मुख गन्हाउने समस्या ?


Tuesday, 3 Aug, 2021 3:55 PM

काठमाडौं । कसैमा मुख गन्हाउने समस्या छ भने उसले सबैभन्दा बढि भोगेको समस्या हो, सामाजिक रुपमा असामान्य अवस्था भोग्नु । कसैले मुख गन्हायो भनेर उपेक्षा गर्लान् केहिले नजिक पर्दा ठाउँ छाडेर पर सर्लान् । यो समस्याले सामाजिक जीवन जोखिममा पुर्याउँछ । कसैमा मुख गन्हाउने समस्या छ भने मुखको दुर्गन्ध हटाउन चिकित्सकीय परामर्श लिन ढिला गर्नु हुदैँन । सासको दुर्गन्ध मुखको सरसफाइमा कमीदेखि लिएर कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ । त्यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन ।

मुख वा सासको दुर्गन्धलाई चिकित्सकीय भाषामा ‘हयालिटोसिस’ भनिन्छ । यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ । यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्न हुन्छ । जसको कारण दाँतको उचित सरसफाइ नहुनु नै हो । अमेरिकन डेन्टल हाइजिनिस्ट एसोसिएसन (एडीएचए)को तथ्यपत्र अनुसार, करिब ४ करोड अमेरिकीहरू मुखको दुर्गन्ध अर्थात् हयालिटोसिसको शिकार छन् । नेपालमा भने मुख गन्हाउने समस्या भएकाहरूको कुनै अध्ययन भएको छैन । तथापी १० दाँतका बिरामीमध्ये ६ जनामा मुख गन्हाउने समस्या रहेको नेपाली दन्त चिकित्सहरु बताउँछन् । राति सुतेर बिहान उठ्नेबित्तिकै अलिअलि मुख गन्हाउनु सामान्य हो ।

यो गन्ध उपयुक्त प्रकारले ब्रस गर्दा जान्छ । तर हमेशा मुखमा दुर्गन्ध आउनु राम्रो लक्षण भने होइन । मुखमा दुर्गन्ध उत्पन्न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा, थुक र रगत लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो । यी सबैको बीच जब प्रोटिन टुट्छ तब सल्फर नाउँ गरेको तत्व उत्पन्न हुन्छ । जसको गन्ध धेरै असह्य हुन्छ । यसरी मुख गन्हाउने कारणले देखिएको समस्या हटाउन नियमित बस्र गर्ने र चिकित्सकिय परामर्श लिइहाल्नु पर्दछ । यस अलावा जिब्रोमा बस्ने लेदोले समेत मुख गन्हाउने गर्दछ । त्यसैले जिब्रोलाई समेत जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दा गन्हाउने समस्या कम हुन्छ ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

अमेरिकाका उपराष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

८ असोज, न्युयोर्क । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो ।

आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने चीनको घोषणा

७ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

वायु प्रदुषण खतरनाक बन्दै गएको डब्लुएचओको चेतावनी

७ असोज, न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको   तथ्याङ्क सार्वजनिक गरेको छ ।

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top