कोविड १९ विशेष
कोरोना संक्रमणबाट कतारमा एकै दिनमा ९ जनाको मृत्यु
३ बैशाख, काठमाडौं । रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट एकै दिन ९ जनाको मृत्यु भएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ५६, ५८, ५३, ६८, ६९, ७९ र ८५ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।
यहाँ पछिल्लो २४ घण्टा ९८९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ…विस्तृत समाचार »
भारतमा कोरोनाः संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार
३ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ । बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन् । ११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन…विस्तृत समाचार »
ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु
३ बैशाख, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।…विस्तृत समाचार »
भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
३ बैशाख, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन…विस्तृत समाचार »
कोशी कोभिड अस्पतालमा उपचाररत एक महिलाको मृत्यु
२ बैशाख, काठमाडौं । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान ४ः३० मा निधन भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकि थिइन् । पीसीआर परिक्षण गराउदा रिपोर्ट नेगेटभि आएपछि उनलाई उपचारका लागि नोबेलले बुधबार दिउँसो कोसी…विस्तृत समाचार »
आज पनि ५०० बढी कोरोना संक्रमित थपिए, ५ को मृत्यु
३१ चैत काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार देशभर ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका…विस्तृत समाचार »
कैलालीमा २० जनामा कोरोना संक्रमण पुष्टि, २ जना भेन्टिलेटरमा
३१ चैत, काठमाडौं । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप २० जनामा संक्रमण पुष्टि भएको छ ।
४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
कोरोना संक्रमित…विस्तृत समाचार »
वैशाख ७ गते देखि कोरोनाको दोस्रो चरणको खोप लगाउने
३१ चैत, काठमाडौं । कोभिड–१९ विरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो । मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका…विस्तृत समाचार »
चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
३१ चैत, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।
निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए…विस्तृत समाचार »
वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु
३१ चैत, काठमाडौं । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो । चैत २६ गतेदेखि वीरगञ्जको…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको
तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
