अर्थ

साताको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट

७ भदौ ,काठमाडौँ ।  शेयर बजार ओरालो लाग्नेक्रममा आज भने सामान्य गिरावट आएको छ । साताको तेस्रो दिन आज भने शेयर बजारमा सामान्य गिरावट आएको हो । मंगलबार शेयर बजार १ दशमलव २६ अंकले घटेको छ । सोमबार झण्डै ४० अंकले घटेको थियो ।  आज सामान्य अंकले गिरावट आएपछि लगानीकर्तामा केही आशा जगाएको छ । १ सय ३९ कम्पनीको  ५ हजार २ सय २ ओटा…विस्तृत समाचार »

​बजेट आश्रित विधेयक परिमार्जन नहुने भो

७ भदौ काठमाडौ । अघिल्लो सरकारका पालामा संसद्बाट अस्वीकृत भएका बजेट आश्रित विधेयकहरु, खासै फेरबदल नगरी संसदमा पेश गर्ीने भएको छ । त्यसबेला प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्रले ती विधेयकहरुको विपक्षमा मतदान गरेको थियो। विनियोजन विधेयक पारित भएपनि बजेट आश्रित विधेयक संसदबाट अस्वीकृत भएपछि नयाँ सरकारलाई ती विधेयकहरु ल्याउनुपर्ने दायित्व आएको हो। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटको अङ्ग रहेका…विस्तृत समाचार »

एमाले समर्थित कर्मचारीका कारण राष्ट्रबैंक सञ्चालकको बैठक स्थगित

७ भदौ ,काठमाडौं । नेपाल राष्ट्र बैंकमा नेमपा एमाले सार्थित कर्मचारी संगठनको आन्दोलनको कारण सोमबार बोलाइएको राष्ट्र बैंक सञ्चालक समितिको बैठक स्थागित भएको छ । एमाले निकट कर्मचारी संघले केही दिनयता विभिन्न माग राखेर आन्दोलन गर्दै आएको छ । राष्ट्र बैंकका एक सञ्चालकले कर्मचारी आन्दोलनको कारण सञ्चालकहरु बोर्ड बैठक कक्षमा जान नसकेकोले बोर्ड बैठक स्थागित भएको हो । आन्दोलनरत कर्मचारी संघका अध्यक्ष बसन्तराज पाण्डेले माग सम्बोधन नभएकोले…विस्तृत समाचार »

शेयर बजार झण्डै ४० अंकले गिरावट, लगानीकर्ताहरु त्रसित

६ भदौ,काठमाडौँ । सोमबार शेयर बजारले लगानीकर्तालाई शशंकित बनाइदिएको छ । शेयर बजारमा झण्डै ४० अंकले गिरावट आएपछि शेयर बजारबाट विस्तारै लगानीकर्ताहरुले हात धुने त होइन भन्ने कुराले पनि शंका उब्जाएको छ ।   ढुक्क भएर लगानी गर्ने मनस्थितीमा पछिल्ला समयको बजार अवस्थाले ह्रास ल्याइदिएको छ ।  आइतबार १२ अंकले घटेको नेप्से साताको दोस्रो दिन सोमबार पनि ३९ दशमलव ३१ अंकले घटेर १६ सय ८३…विस्तृत समाचार »

अबदेखि ५ लाख रूपैयाँभन्दा माथिको कारोबार बैंकिङप्रणाली मार्फत्

६ भदौ काठमाडौ । अबदेखि ५ लाख रूपैयाँभन्दा माथिको रकम कारोबार बैंकिङ प्रणालीबाटै गर्नुपर्ने भएको छ । सरकारले ५ लाख रुपैयाँभन्दा माथिको जुनसुकै प्रकारको भुक्तानी बैंकिङ प्रणालीबाट अनिवार्य गराउन लागेको हो । नेपाल राष्ट्र बैंकको सुझावअनुसार अर्थ मन्त्रालयले नगद कारोबार घटाउन यसको सीमा तोक्न लागेकोे बताइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा उल्लेखित व्यवस्थाअनुसार नगद कारोबार निरुत्साहित गर्न राष्ट्र बैंकले यससम्बन्धी नीतिका लागि आवश्यक तयारी…विस्तृत समाचार »

सात दशकअघि बन्द फलामखानी सञ्चालन गर्न माग

६,भदौ,पर्वत । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । २००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले खानी संचालनको माग गरेका हुन् । उक्त फलामखानीको उत्खननप्रति निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि चासो देखाएपछि स्थानीय उत्साहित भएका थिए । धुवाँकोटे फलामका…विस्तृत समाचार »

आजबाट आरएसडिसी लघुवित्त कम्पनीको सेयर निश्कासन हुँदै, कहाँकहाँबाट भर्ने आइपिओ

५ भदौ  , काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण…विस्तृत समाचार »

​ सांग्रिला डेभलपमेण्ट बैंकले ९ लाख ६७ हजार कित्ता हकप्रद शेयर लिलाम गर्दै

४ भदौ काठमाडौ । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले ९ लाख ६७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर भदौ १० गतेदेखि लिलाम बढाबढमा विक्री गर्ने भएको छ । कम्पनीको लिलामीको शेयर सकार्नका लागि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ १५ गतेसम्म रहेको छ । बैंकले संस्थापक समूहको अवितरित हकप्रद सेयर बेच्न लागेको हो । कम्पनीको शेयर खरीदको लागी बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो…विस्तृत समाचार »

रिलेभलिङ गरिएको पाउडर दुधको म्याद सकिएको छैन भन्दै डिडिसीले निकाल्यो यस्तो विज्ञप्ति

३ भदौ, काठमाडौं । दुग्ध विकास संस्था (डिडिसी)ले  रिलेभलिङ गरिएको पाउडर दुधको म्याद नसकिएको जनाएको छ । डिडिसीले विज्ञप्ति निकालेर काठमाडौं दुग्ध वितरण आयोजनाको बालाजुमा रिलेभलिङ गरिएको भनिएका पाउडर दूधको उपभोग म्याद ननाघेको दावी गरेको छ । गत वर्षको मधेश आन्दोलनका क्रममा भारतबाट ल्याउनुपर्ने ब्याग आयात गर्न नसकेकाले उद्योगमा प्रयोग भइसकेका बोरा फेरि प्रयोग गरिएको भनिएको छ । डिडिसीले बिराटनगरमा उत्पादित पाउडर दूध २५ केजीको…विस्तृत समाचार »

‘बाफिया’लाई के गर्लान् अर्थमन्त्री महराले !

३,भदौ,काठमाडौं  । बैंक अध्यक्ष र सञ्चालकहरूको स्वार्थले विवादित बनेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनलाई अब कस्तो रूप दिने भन्ने जिम्मेवारी नयाँ सरकारका अर्थमन्त्रीको काँधमा पुगेको छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ बाफिया मा विगतमा भएको चलखेल दोहोरिन नदिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थसमितिको बैठकमा राख्ने अडानले महत्वपूर्ण अर्थ राख्ने सरोकारवालाहरू बताउँछन् । समितिले अर्थमन्त्री असहमत हुने गरी निर्णय…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top