अर्थ

सेयर बजारमा कालोधन प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा

३० साउन, काठमाडौं । सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् । सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल फेरि कालोसूचीको खतरामा पर्ने भन्दै सम्बद्ध निकायले चासे र चिन्ता जनाएका छन् ।  शेयर…विस्तृत समाचार »

एनबी बैंकले ल्यायो एनबी गौरब बचत खाता, जति धेरै रकम राख्यो उती धेरै ब्याज पाइने

२९ साउन काठमाडौ । नेपाल बंगलादेश बैंकले एनबी गौरब बचत खाता संचालनमा ल्याएको छ । बैंकले यो खातामा रकम राख्ने ग्राहकलाई मौज्दात रकम अनुसार ब्याजदर प्रदान गर्ने जनाएको छ । यो खातामा न्यूनतम एक लाख रुपैयाँ रकम राख्नुपर्ने  छ । बैंकका अनुसार तीनवटा श्रेणीगत मौज्दात अन्तर्गत जति धेरै मौज्दात रकम त्यती धेरै व्याजदर प्रदान गरिनेछ । बैंकले यो खाता खोलेवापत भिसा कार्ड जारी गर्न खर्च…विस्तृत समाचार »

वल्डलिंकको अनलाईन भुक्तानी सेवा अझै सहज, अबदेखि इसेवाकै पेजबाट सिधै भुक्तानी गर्न सकिने

२८ साउन काठमाडौ । वल्डलिंक कम्युनिकेशनको अनलाईन शुल्क भुक्तानी अझै सहज भएको छ । इसेवामार्फत् इन्टरनेटको शुल्क मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न  सकिने सेवा दिँदै आएको वल्डलिंकले आफ्ना ग्राहकलाई अनलाईन रकम भुक्तानीमा अझ सहज बनाएको हो । यसअघि इसेवामा लगअन गरिसकेपछि रकम भुक्तानी गर्न पुःन वल्डलिंंकको वेभसाइटमा लगअन गरेर रकम भुक्तानी गर्नुपर्ने थियो । तर अब देखि इसेवाको वेभपेजबाटै सिधै रकम भुक्तानी गर्न सकिन्छ ।…विस्तृत समाचार »

भाद्र पाँच गते आरसिडी लघुवित्तको आइपिओ निष्कासन हुदै

२८ साउन, काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर यही भाद्र पाँच गतेबाट हुने भएको छ ।  आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने कम्पनीले जनाएको छ  ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी…विस्तृत समाचार »

काठमाडौंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

२८ साउन, काठमाडौं ।  मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो । प्रसारण लाइन निर्माणका लागि पाएको चीनको इन्टरनेसनल कम्पनी र तारको निर्माण ठेक्का लिएको…विस्तृत समाचार »

गल्ती कर कार्यालयको , जरिवाना सर्वसाधारणलाई

२७ साउन, काठमाडौँ । न्युजसेवाकी लेखापाल सरस्वती पोखरेल साउन २५ गते अघिल्लो महिनाको कर तिर्न कोटेश्वर कर कार्यालय पुगिन् । कर तिर्ने अन्तिम समय भएकाले करदाताहरुको भिड लामै थियो ।  कर तिर्ने अन्तिम दिन भएकाले सबैलाई भ्याइनभ्याइ थियो कारण सो दिन कर नतिरे अर्को दिन हजार रुपैयाँ जरिवाना तिर्नुपथ्र्यो । उनले सो दिन कर तिर्न पाइनन कारण आन्तरिक राजस्व विभागको वेभ साइटमै समस्या आयो ।…विस्तृत समाचार »

टाट पल्टेका कम्पनीमा कामदार नपठाउन सरकारको निर्देशन

२७ साउन, काठमाडौं । सरकारले टाट पल्टेका कम्पनीमा कामदार नपठाउन निर्देशन दिएको छ ।  नेपाली कामदार जाने प्रमुख श्रम गन्तब्य मुलकुहरुमा रहेका दूतावास तथा महाबाणिज्य दूतावासहरुलाई खराव अवस्थाका कम्पनीहरुको कामदर मागपत्र (डिमान्ड लेटर) प्रमाणीकरण रोक्न निर्देशन दिएको हो । श्रम तथा रोजगार मन्त्रालयले पत्र लेखेरै मलेसियासहितका खाडी मुलकुमा रहेका दूतावासहरुलाई म्यानपावर कम्पनीले प्रमाणीकरणका लागि ल्याउने मागपत्र कस्तो स्तरको कम्पनी हो भन्ने निश्चित गरेरमात्रै कागजी प्रक्रिया…विस्तृत समाचार »

​डलरको भाउमा वृद्धि, यस्तो छआजको विस्तृत विनिमयदर

२७ साउन काठमाडौ । पछिल्ला दिनमा केही स्थिर देखिएको डलरको भाउमा वृद्धि भएको छ । पछिल्ला दिनमा १ सय ५ देखि ६ को बिचमा रहेको डलरको भाउ १  सय ७ बाट माथि लागेको हो । बिहीबारका लागि राष्ट्रबैंकले अमेरिकी डलर १ को खरिददर १ सय ६ रुपैयाँ ४६ पैसा र विक्रीदर १ सय ७ रुपैयाँ कायम गरेको छ । डलरको भाउ बढ्दा नेपालमा आउने रेमिट्यान्सेमा वृद्धि…विस्तृत समाचार »

मुलुकको अधिकांश क्षेत्र दातामै निर्भर

२७ साउन, काठमाडौं ।  मुलुकको शान्ति–सुरक्षादेखि धर्म–संस्कृतिका क्षेत्रमा समेत दातासँग निर्भरता बढ्दै गएको देखिएको छ । मुलुकभित्रै करको दायरा बढाई सार्वजनिक खर्चमा आत्मनिर्भर बनाउनुपर्नेमा दातामाथिको निर्भरता बढ्दै गएको हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको चालू आर्थिक वर्षको व्यय अनुमानको विवरण पुस्तकमा उल्लेख भएअनुसार नेपालको रक्षाबाहेक अन्य सबै सेवा तथा कार्यगत क्षेत्रमा वैदेशिक अनुदान र ऋण प्रवाह भएको छ । चालू आर्थिक वर्षको ६ खर्ब १७ अर्ब…विस्तृत समाचार »

चीन–नेपाल–भारत आर्थिक मार्ग समग्र उपमहाद्वीपकै समृद्धिको संवाहक हुने

२६ साउन, काठमाडौँ  । चीन र नेपालका विद्वत् वर्गले चीन–नेपाल–भारत आर्थिक मार्ग दक्षिण एसियाका लागि मात्र नभई समग्र उपमहाद्वीपकै निम्ति समृद्धिको संवाहक हुने धारणा व्यक्त गरेका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र चीन अध्ययन केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल–भारत आर्थिक मार्ग ः संभावना र दृष्टिकोण’ विषयको कार्यशालाका सहभागीले त्यस्तो धारणा व्यक्त गरेका हुन् । क्षेत्रीय विकास र समृद्धिका लागि चीनले अघि…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top