अर्थ

आज राष्ट्रबैंकले २० अर्ब बराबरको निक्षेप उठाउँदै

२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब बराबरको निक्षेप उठाउँदैछ । सो रकम १५ दिनका लागि उठाउने जनाइएको छ  ।् बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहेको र त्यसको व्यवस्थापनका लागि बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जनाएका छन् ।  राष्ट्र बैंकले बुधबारदेखि व्याजदर करिडोर कार्यान्वयन गर्दैछ । बुधबारको निक्षेप बोलकबोलका लागि…विस्तृत समाचार »

सुनको भाउ फेरि बढ्यो

२६ साउन,काठमाडौँ । सुनको भाउ आज ५९ हजार २ सय पुगेको छ ।  तोलामा ३ सय रुपैयाँले बढेर  सुन  बुधबार तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आइतबार तोलाकोे ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि भने स्थिर थियो ।  यसअघि २०७० साल भदौ १२ गते सुन तोलाको अहिलेसम्मकै महंगो ६३ हजार ३…विस्तृत समाचार »

मेगाको मुनाफा झण्डै ६० प्रतिशतले बढ्यो

२६ साउन,काठमाडौँ । मेगा बैंक लिमिटेडले अघिल्लो आर्थिक बर्षको तुलनामा ५९ दशमलव ४१ प्रतिशतले बढी कमाएको छ । बैंकको  चौथो त्रैमासमा ५५ करोड २० लाख रुपैयाँ खुद मुनाफा भएको छ । बैकले अघिल्लो वर्षको सोहि अवधिमा ३४ करोड ६२ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको पश्चिमाञ्चलन डेभलपमेन्ट बैंकले १० प्रतिशत हकप्रद शेयर निश्काषन गरेपश्चात बैंकको चुक्ता पूँजी ३७ करोड…विस्तृत समाचार »

शेयर बजारमा देखिएको उत्तारचढाव चाडै अन्त्य हुन्छ : अध्यक्ष कार्की

२५ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष डा.कार्कीले ,‘लगानीकर्ता अहिले हतोत्साहित हुनुपर्ने र आत्तिनुपर्ने अवस्था छैन, यो अहिले सुधारोन्मुख छ भने ।   कार्कीले पछिल्लो राजनीतिक परिवर्तनको कारणले पनि यस्तो समस्या आएको भन्ने हल्ला चलेपनि त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।…विस्तृत समाचार »

निर्णय कार्यान्वयन नहुदा पञ्चेश्वरले अझै जग्गा पाएन

२५ साउन,कञ्चनपुर । बहुप्रतिक्षित पञ्चेश्वर विकास प्राधिकरणलाई कार्यालय स्थापना गर्न जग्गा उपलब्ध गराउने कार्यमा ढिलाइ भएको छ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको सालघारी क्षेत्रको इको पार्कको १० बिगाहा जग्गा उपलब्ध गराउने निर्णय कार्यान्वयन नहुँदा जग्गा उपलब्ध हुन नसकेको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउनका लागि समितिलाई विसं २०७२ फागुन महिनामा पत्राचार गरेको भएपनि हालसम्म जग्गा उपलब्ध हुन सकेको छैन ।पञ्चेश्वर आयोजना १९ बर्ष…विस्तृत समाचार »

कल वाइपास आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग

२५, साउन, काठमाडौं । मुलुकमा कल वाइपासको अभियोगमा अहिलेसम्म १३५ पक्राउ परेका छन् । कल वाइपासका कारण राज्यलाई अर्बौं क्षति पुगेको भन्दै यी आरोपितहरूसँग ११ अर्ब ४८ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पछिल्लो ७ वर्षको अवधिमा पक्राउ गरेका १ सय ४ नेपाली र ३१ विदेशीबाट ११ अर्ब ४८ करोड ४२ लाख ६ हजार सय ७४ रुपैयाँ…विस्तृत समाचार »

अतिवादी सोचका कारण जलविद्युतमा उल्लेख्य लगानी आउन सकेन्

२४ साउन,काठमाडौँ । मुलुकभित्रै लगानी जुट्न नसक्ने र वैदेशिक लगानी पनि भित्र्याउन नहुने भन्ने दुई अतिवादी सोचका कारण नेपालको जलविद्युत् क्षेत्रमा उल्लेख्य लगानी आउन नसकेको आज आयोजित कार्यक्रमका वक्ताहले जोड दिएका छन् । राष्ट्रिय सरोकार अभियानले आयोजना गरेको ‘नेपालको जलस्रोत विकासमा अरुण तेस्रोको निर्माण किन र कसरी ’ विषयको अन्तरक्रियाका सहभागीले प्रष्ट नीति तथा योजनाको अभावमा मुलुक सधैँ अँध्यारो रहनुपर्ने अवस्थामा रहेको उल्लेख गरे ।मुलुकभित्रै पनि…विस्तृत समाचार »

रैराङ हाइड्रोको १४ लाख कित्ता आइपिओ आउँदै

२४ साउन काठमाडौ । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले एस क्यापिटल लिमिटेडसँग शेयर निष्काशन सम्झौता समेत गरिसकेको छ । शेयर निष्कासन सम्बन्धी सम्झौतामा एस क्यापिटलको तर्फबाट प्रबन्ध संचालक पुर्णचन्द्र दहाल…विस्तृत समाचार »

विराटनगरमा घर जग्गा कर चार गुणाले बृद्धि

२३ साउन , विराटनगर ।  विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । दस्तुर बढाइएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।  न्यूनतम सुविधासमेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाड सेक्ने गरी घरजग्गा कर बढाएपछि यो अव्यावहारिक निर्णयको सर्वत्र आलोचना हुन थालेको छ । दश धुर जग्गामा एकतले पिलर हालेको घरको बढीमा चार सयसम्म कर तिरेका…विस्तृत समाचार »

माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट बिजुली खेर जाने

२३ साउन, काठमाडौं । समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ ।  सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको हो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने १३२…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top