अर्थ

किसानलाई ५३ लाख बढीको अनुदान रकम वित्तरण

२८ जेठ, पाल्पा । जिल्ला पशुसेवा कार्यालयले किसानलाई ५३ लाख ३० हजार बराबरको अनुदान रकम वितरण गरेको छ ।   फार्म सुदृढिकरण कार्यक्रमअन्तर्गत सो रकम वित्तरण गरिएको हो ।  युवा लक्षित विशेष गरी पशु उत्पादन र फार्म सुदृढीकरण कार्यक्रमअन्तर्गत आव २०७२/७३ मा गाई फार्मका लागि रु ६ लाख, पाँचवटा बङ्गुर फार्म र बाख्रा फार्मका लागि रु पाँच लाख, युवालक्षित बाख्रापालनतर्फ आठवटा व्यावसायिक फार्मका लागि रु…विस्तृत समाचार »

प्रभु बैंकको झण्डै साढे तिन लाख शेयर लिलाम, कसले सकार्ला सो शेयर ?

२८ जेठ, काठमाडौँ। प्रभु बैंकले झण्डै साढे तीन लाख कित्ता शेयर लिलाममा राखेको छ । उसले  हकप्रदमा आबेदन नपरेका सो सङ्ख्याका शेयर लिलाममा राखेको हो ।   प्रभुले गत चैत्र २८ गतेसम्म खुला गरेको २० प्रतिशत हकप्रदमा आबेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार, २७१ कित्ता र सर्वसाधारण समूहको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा ३ लाख ४१ हजार ८८६ कित्ता लिलाममा…विस्तृत समाचार »

चालु आवमा सबै नगरपालिकामा शौर्य सडकबत्ति बाल्ने सरकारको तयारी

२७ जेठ, काठमाडौँ । सरकारले चालु आवमा सबै नगरपालिकामा शौर्य बती कार्यक्रम आरम्भ गरेको छ । शहरी सुरक्षा र शहरी शौन्दर्य अभिबृद्धि गर्ने उदेश्यले मन्त्रीपरिषदबाट शौर्य सडक बती सञ्चालन कार्यक्रम  सञ्चालन कार्यविधि  २०७२ स्विकृत गरी सो कार्यक्रम आरम्भ गरेको हो । ९६ ओटा नगरपालिकाबाट  करिब २ अर्ब  १५ करोड रकम अनुदान उपलब्ध भएमा करिब ३ अर्ब  ३८ करोड  रकमबाट  ४४ हजार सौर्य सडकबत्ति बाल्ने प्रतिबद्धता…विस्तृत समाचार »

तारे होटल प्रति लगानीकर्ता आकर्षित , हालसम्म ६० अर्ब रुपैया लगानीको घोषणा

२७ जेठ , काठमाडौँ । नेपालमा होटलमा लगानी गर्नेक्रम विस्तारै बढ्दै गएको छ । लगानीकर्ताहरु होटल व्यवसायतिर आकर्षित बनेका छन् । नयाँ संविधान जारी भएसँगै विभिन्न क्षेत्रमा लगानीगर्न लगानीकर्ताहरु हौसिए जस्तै पर्यटन विकासको लागि पनि लगानी आकर्षित बनेको छ । त्यसमा पनि तारे होटलप्रति लगानीहरु धमाधम भइरहेको छ  । पर्यटनको संभावनालाई मध्यनजर गर्दै नेपालमा हालसम्म १८ वटा नयाँ पाँचतारे होटल बन्ने  लगभग निश्चित  छ । …विस्तृत समाचार »

ठुला परियोजनामा बेलायती लगानी भित्र्याउन डिएफआडीसँग ओलीको आग्रह

२६ जेठ, काठमाडौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्र्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । प्रम ओलीले स.विधान बनेसँगै देशमा लगानी गर्ने वातावरण भएकाले नेपालमा लगानी गर्न नडराउन अन्र्तराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।   को विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले संविधान जारीपश्चात मुलुकमा लगानीमैत्री वातावरण बनेकाले लगानीका लागि आह्वान गरे ।  प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड…विस्तृत समाचार »

​घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा श्याम गिरी

२६ जेठ काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औँ राष्ट्रिय महाधिवेशनले श्याम गिरीको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन भएको छ । २३औँ राष्ट्रिय महाधिवेशन तथा २०औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका गिरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष गिरीले आगामी दिनमा सामूहिक रुपमा लघु, घरेलु तथा साना उद्योगीको हितमा काम गर्ने बताए।  महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमेशप्रसाद सिंह,…विस्तृत समाचार »

​प्राइम बैंकले विराटलक्ष्मी र कन्ट्री डेभलपमेण्ट बैंक किन्ने

२५ जेठ काठमाडौं ।  प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्ने भएको छ । प्राइम र यी दुई विकास बैंकबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।   प्राइम बैंकका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक श्याम बहादुर श्रेष्ठ, विराटलक्ष्मीका तर्फबाट अध्यक्ष माधव प्रसाद कोइराला तथा कन्ट्रीका तर्फबाट संचालक समितिका अध्यक्ष इन्द्र नारायण भैलले एक्विजिसनको समझदारी–पत्रमा हस्ताक्षर…विस्तृत समाचार »

अग्रिम करकट्टीदर नघटाए इन्टरनेटको मुल्य बढ्ने

२४ जेठ , काठमाडौँ । सरकारद्धारा प्रस्तुत बजेटप्रति इन्टरनेट सेवा प्रदायक संघ असन्तुष्ट बनेको छ । आव २०७३/७४ को  बजेटले इन्टरनेट व्याण्डविथ खरिद गर्दा लाग्ने अग्रिम करको दर बढाएको भन्दै रोष प्रकट गरेको छ । यदि सरकारले सो मुल्यबृद्धि फिार्ता नलिने हो भने  इन्टरनेट मुल्यबृद्धि शुल्क उपभोक्ताबाट असुल्नुको विकल्प नभएको संघले जनाएको छ ।  इन्टरनेट सेवा प्रदायक सँघले अग्रिम कर कट्टीदर ५ प्रतिशतबाट बढाएर १०…विस्तृत समाचार »

हिमालमा नै हिउँ नभएपछि यार्सागुम्बा लोप हुने खतरा बढ्दै

रामचन्द्र न्यौपाने/२४ जेठ, त्रिपुराकोट डोल्पा । बढ्दो खडेरीको प्रभाब हिमाली यार्सागुम्बा पाटनतिरपनि देखिएको छ । खडेरीले नदिनाला मात्रै सुकेका छैनन् यिनका मुहानको रुपमा रहेका हिमालकै खोला नाला पनि सुक्न थालेका छन् । खडेरी बढ्दै गएपछि डोल्पाको भोक्पा,भाङ्का,सागबारी लगाएतका यार्सागुम्बा पाटनमा रहेका खोलाहरु सुख्खा छन् ।  खडेरीकै कारण माझफाल गाविसमा पर्ने रुपपानी,साईक्वारी,पोखेपानी लगाएतका यार्सागुम्बाहरुमा पनि खोलाहरु सुकेपछि खानेपानीको समस्या भएको स्थानिय विनोद कठायतले बताए । पहिला…विस्तृत समाचार »

सर्वसाधारणलाई ‘झुक्याउने’ यो कस्तो ‘सुन’

रामचन्द्र न्यौपाने, २३ जेठ, डोल्पा ।  वहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनकार्य डोल्पामा शुरु भएको छ,यसकोलागि डोल्पामात्र नभई बिभिन्न जिल्लाहरुबाट पनि हजारौँ सर्बसाधारणहरु डोल्पा आएर यार्सागुम्बा संकलन गरिरहेकाछन् । जीउदोँ सुनको रुपमा चिनिने यार्सागुम्बा संकलनकोलागि हिमाली पाटनपुग्ने सबैले यार्सा प्राप्तगर्ने भाग्य प्राप्त गर्दैनन् । दिनभरको कडा मिहेनत पछिमात्र चार पाँच वटा भेटिने गरेको भोक्पा यार्सागुम्बा पाटनमा पुगेका संकलकहरुले बताए ।  यार्सागुम्बाको मुल्य मंहगो भएकाले यार्सा भेटाएपछि सुन भेटाएसरीलाग्ने…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top