अर्थ

सरकारबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र

२३ जेठ डोटी  । युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्न सरकारबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ । कृृषि विकास बैंक मार्फत युवालाई लक्षित  गरेर प्रवाह गरिएको कर्जा असुल हुन सकेको छैन ।  आफूले गरेको लगानी डुब्दा तथा असुल नहुँदा यहाँका बैंक सङ्कटमा परेका छन् । सुदूरपश्चिमका ६ जिल्ला दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी र अछाममा प्रवाह गरिएको बिना धितोको कर्जा असुलीमा…विस्तृत समाचार »

वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै ३४ करोड बराबरको बचतपत्र निष्काशन

२३ जेठ, काठमाडौँ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले   ३४ करोड रुपैयाँ बराबरको बचतपत्र निष्काशन गरेको छ । वाषिर्क ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो । राष्ट्र बैंकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले असार २४ गतेसम्म किन्न पाउनेछन् । मुलुक…विस्तृत समाचार »

सोल्टीले दुई अर्ब आठ करोड पुँजी पुर्‍याउने, बोर्डसँग माग्यो स्विकृति

२३ जेठ , काठमाडौँ ।  सोल्टी होटलले पुँजी बृद्धि गर्ने भएको छ ।  सो  पुँजी बृद्धिका लागि उसले  ‍औद्योगिक प्रवर्धन वोर्डसँग स्वीकृति माग गरेको छ । सोल्टीमा विदेशी लगानीकर्ता होलिडे इन्स इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत सेयर लगानी छ । १० रुपैयाँ अंकित दरको सेयर रहेको होटलमा सर्वसाधारणमा  ३८.१७ प्रतिशत लगानी छ ।  सर्वसाधारणमा समेत सेयर रहेको होटलमा विदेशी लगानी रहेका कारण पुँजी बृद्धि गर्न वोर्डसँग स्वीकृति…विस्तृत समाचार »

​ देशकै ठुला उद्याेगिहरू कर तिर्दैनन् : दुगड र गोल्छा समूह कार्वाहिकाे कालोसूचीमा

२२ जेष्ठ, मोरङ । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो । दश वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ । कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देखिएका छन् । विराटनगर–८ स्थित…विस्तृत समाचार »

युवा स्वरोजगार कर्जा अलपत्र, लगानी डुब्दा बैंक संकटमा

२२ जेठ, डोटी ।  युवा तथा साना व्यवसायलाई प्रोत्साहन गर्नका निम्ति सरकारी निर्णयबाट बिना धितो वितरण गरिएको करोडौँको लगानी अलपत्र परेको छ ।  कृृषि विकास बैंकमार्फत युवा लक्षित गरेर प्रवाह गरिएको कर्जा असुल हुन नसकेको हो । लगानी डुब्दा तथा असुल नहुँदा यहाँका बैंक सङ्कटमा परेका छन् ।  सुदूरपश्चिमका छ जिल्ला दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी र अछाममा प्रवाह गरिएको बिना धितोको कर्जा असुलीमा बारम्बार…विस्तृत समाचार »

कार्यक्रम रोकिँदा योजना अलपत्र

२२ जेठ, जाजरकोट ।  खुमाउरे खोला सिँचाइ योजना खगेनकोट–९ का उपभोक्ता तेजबहादुर सिंह बाँकी रकम भुक्तानी लिन सदरमुकाम आउन थालेको दुई वर्ष बढी भइसक्यो । तर सिंहलाई जति पटक सदरमुकाम आए पनि रकम नभएको भन्दै जिल्ला प्राविधिक कार्यालयले खाली हात फर्काउने गरेको छ ।  उनको सिँचाइ योजना रु छ लाखमा सम्झौता भएको थियो । तेजबहादुरले अहिलेसम्म काम सबै पूरा गरे पनि प्राविधिक कार्यालयबाट रु एक…विस्तृत समाचार »

फ्रेस फुड ट्रेडर्सले ल्यायो मोटोपना घटाउने कोब्राम इस्टेट ओलिभ तेल

२१ जेठ, काठमाडौं । अष्ट्रेलियन कम्पनी कोब्राम इस्टेट ब्राण्डको ओलिभ तेल पहिलो पटक नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि आधिकारीक बिक्रेता फ्रेस फुड ट्रेडर्स कम्पनीले उक्त ब्रान्डका उत्पादन नेपाली बजारमा भित्र्याएको हो। कम्पनीले कोब्राम इस्टेट ओलिभ तेल दक्षिण एसियामै पहिलो पटक नेपालबाट बिक्री वितरण सुरु गर्न बजारमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ब्राण्डका उत्पादन नेपाल उद्योग…विस्तृत समाचार »

राष्ट्रिय वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकको यस्तो निर्देशन

२१ जेठ, धनगढी ।  भुक्तानी लिँदा बैंकले बनाएको रु एक लाखको प्याकेट (गड्डी)मा कम नोट प्राप्त भएको भन्ने घटनाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक धनगढीलाई निर्देशन दिइएको छ ।  राष्ट्रिय वाणिज्य बैंक धनगढी शाखाबाट केही दिनअघि भुक्तानी लिँदा बैंकले बनाएको रु एक लाखको प्याकेटमा हजार दरका पाँच नोट कम प्राप्त भएको गुनासोसहित स्थानीय सेवाग्राही फूलकुमारी चौधरीले उजुरी दिएपछि…विस्तृत समाचार »

सात कम्पनी खारेजीको प्रक्रियामा, हेर्नुस् कतै तपाइले लगानी गरेको कम्पनी त परेन ?

२१ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दर्ता भएर पनि सातओटा कम्पनी खारेजीको प्रक्रियामा पुगेका छन् । ती कम्पनीहरुले लामो समय सम्म दर्ता शुल्क तथा वार्षिक शुल्क नतिरेका  कारण खारेजी हुने भएका हुन् ।  लगानीकर्ताको हितलाई ध्यानमा राखि नेप्सेले लामो समयसम्म दर्ता खारेजी जगरेको भए पनि ती कम्पनीहरु सम्पर्कमा नआएका कारण नेप्सेले दर्ता खारेजीको प्रकृया अघि बढाएको हो । दोस्रो बजारमा शेयर कारोबार गराउन…विस्तृत समाचार »

विवादका कारण विकास निर्माण ठप्प, बजेट फ्रिज हुनसक्ने अवस्था

२० जेठ, बैतडी । जेठ महिना सकिन लाग्दासमेत बैतडीका  विभिन्न स्थानमा विकास निर्माण कार्यमा विवाद देखिँदा काम अगाडि बढ्न सकेको छैन् । जसले गर्दा बजेट फ्रिज हुने देखिएको छ । जिविसमार्फत सञ्चालन हुने योजनामा उपभोक्ता समिति गठनमै विवाद हुँदा काम अगाडि बढ्न नसकेको हो ।  उपभोक्ता समिति गठन नहुँदा ती ठाउँमा सम्झौता हुन नसकेको जिविसका योजना शाखाका नायब सुब्बा वीरसिंह महताले  जनाए। अहिले मोतीनगर–शङ्करपुर, देहीमाडौँ–दुर्गास्थान–सलेना र लोर्खा–सकार–कैलपाल…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top