अर्थ

लुम्बिनी बैंकमा तीन करोडको कर्जाकाण्ड

२९, मंसिर काठमाडौँ ।  सञ्चालक तथा व्यवस्थापन प्रमुखको मिलेमतोमा लुम्बिनी बैंकमा तीन करोड रुपैयाँ कर्जामा अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । बैंकले विसं २०६९ सालमा देउराली बिस्कुुट इण्डष्ट्रिज प्रालिलाई झण्डै तीन करोड रुपैयाँको हाराहारीमा कर्जा दिएको थियो । कर्जा लिएपश्चात् सो उद्योग तीन महिना पनि नचलीकन बन्द भएको थियो ।  उक्त उद्योगमा त्यो समयदेखि नै लुम्बिनी बैंकका सञ्चालकहरुको संलग्नता खुलेको थियो । प्रत्यक्षरुपमा बैंकको…विस्तृत समाचार »

४ सय रुपैयाँले सस्तियो सुनको मूल्य

२९, मंसिर काठमाडौँ ।  साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ४ सय रुपैयाँ सस्तिएको छ । मंगलबार छापावाला सुन प्रतितोला ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला ४८ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । मंगलबार तेजावी सुन प्रतितोला ४८ हजार २ सय ५० रुपैयाँमा कारोवार भयो । मंगलबार चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको…विस्तृत समाचार »

गभर्नरले भने बैंकले ऋण नदिए ४४११२५० मा फोन गर्नुस्

२८, मंसिर काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवा जनशक्तिलाई कृषि पेशामै केन्द्रीत गर्ने गरी सरकारी कार्ययोजनाहरु आउने बताएका छन् । कृषि विकासका लागि सञ्चार अभियान’ विषयक कार्यक्रममा गर्भनर नेपालले कृषि व्यवसाय सञ्चालन गर्न बैंकले ऋण दिन तयार नभए ४४११२५० मा फोन गर्न समेत आग्रह गरेका छन् । उनले कृषि व्यवसायकालागि ऋण नदिने बैंकलाई कारबाही गर्ने चेतावनी दिए । युवाहरुलाई कृषिमै लाग्न…विस्तृत समाचार »

मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड, मल्टिब्राण्ड मोबाइल सोरुम संचालन

२८, मंसिर काठमाडौँ ।   लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ ।  मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्ब मिस नेपाल सृष्टि श्रेष्ठ, चर्चित गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएस का प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।  मंसिर २८ गते सोमबारबाट संचालनमा…विस्तृत समाचार »

सस्तियो पेट्रोलियम पदार्थ, ल्हासामा सुन छ कान मेरो बुच्चै

२८ मंसिर, काठमाडौं ।  ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान यतिवेला नेपालीहरुका लागि ठ्याक्कै मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यन्त सस्तो हुँदा नेपालले भने भारतको नाकाबन्दीका कारण यो सुविधा उपभोग गर्न पाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सात वर्षयताकै न्यून विन्दुमा पुग्दा नेपालीले भने इतिहासमै उच्च मूल्यमा कालोबजारीमार्फत पेट्रोलियम किनिरहेका छन् । अन्तर्राष्ट्रिय ऊर्जा नियोग आईईएका अनुसार कच्चा…विस्तृत समाचार »

तल्लो मोदी जलविद्युत् आयोजना चार महिनापछि सञ्चालन

२८, मंसिर पर्वत ।  मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाबाट चार महिनापछि विद्युत् उत्पादन सुरु भएको छ । साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत गरिएपछि आइतबार साँझदेखि विद्युत् उत्पादन सञ्चालन भएको हो । मुलुकभर इन्धन अभाव र विद्युत्भार कटौतीको मार खेपिरहेको अवस्थामा आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा थपिएको छ…विस्तृत समाचार »

खाना पकाउने ग्यास नेपालमै यसरी उत्पादन भइरहेको छ

२७ मंसिर, काठमाडौं ।भारतीय नाकाबन्दीका कारण सारा नेपालीको चुलो निम्यो ग्यास अभावका कारण । अझै पनि नेपालीहरु संकटमा रहेका छन् । तर नेपालमै ग्यास उत्पादन गरेर सिलिन्डरमा भरी खाना पकाउनेहरु पनि बढ्दै गएका छन् । इच्छा शक्ति भयो भने असम्भव केही छैन भन्ने कुरा सुनसरीमा देखिएको छ ।  सुनसरीको धरानमा गाईको मलमुत्रबाट बायोग्यास उत्पादन सुरु गरिएको छ । स्थानीय व्यवसायी घनेन्द्र कार्की र लोकबहादुर खापुङले…विस्तृत समाचार »

इन्धन अभाव कारण म्याग्दीमा निर्माणाधीन तीन जलविद्युत् आयोजना ठप्प

२७, म्याग्दी, मंसिर  ।  भारतले लगाएतको नाकाबन्दी सँगै इन्धन अभाव भएका कारण  म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ ।  म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम इन्धन अभावमा ठप्प भएको हो ।  उत्तरी म्याग्दीको…विस्तृत समाचार »

एनटिसी मोबाइलमा एमपोस/इसेवाबाट टपअप गर्दा १० प्रतिशत बोनस पाइने

२६, मंसिर काठमाडौँ ।  नेपाल टेलिकमका ग्राहकले रिचार्ज गर्दा समस्या आएको गुनासो गरिरहेका बेला नेपाल टेलिकमले एमपोस प्रविधिबाट प्रयोग गर्दा आकर्षक बोनस योजना ल्याएको छ । टेलिकमले शनिवार एक विज्ञप्ती जारी गर्दै जिएसएम/ सिडिएमए रिचार्जकार्ड, ईलोक्टोनिक्स रिचार्ज र एमपोस रिचार्जमा आकर्षक बोनस योजना ल्याएको जनाएको छ । अबदेखि नेपाल टेलिकमका ग्राहकले एमपोसमार्फत् मोबाइल टपअप गर्दा अथवा रिचार्ज गर्दा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । एमपोस्…विस्तृत समाचार »

एलएलसी प्रशिक्षार्थीलाई डिसहोमले पढाउने

२६ मंसिर, काठमाडौं ।डाइरेक्ट टु होम प्रविधिमार्फत् नेपालीहरुलाई गुणस्तरिय टेलिभिजन देखाइरहेको  डिशहोमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । डिसहोमले मंसिर २९ गतेदेखि एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्ने व्यवस्था मिलाएको छ ।  एसएलसीमा फेल हुने मध्ये ९० प्रतिशत विद्यार्थि गणित, विज्ञान तथा अंग्रेजीका पाइएकाले यसलाई घटाउन भन्दै…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै

४ असोज, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।  यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा 

​अब नेपाल समृद्धिको दौडमा अगाडि बढ्नेछ : प्रचण्ड

३ असोज, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।  संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए ।  ‘राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top