अर्थ

जति फोन गर्‍यो, त्यती रकम फिर्ता पाइने

२७, असोज काठमाडौँ ।  एनसेलले पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ ।  यो योजना अन्तर्गत एनसेलका प्रिपेड मोबाइ प्रयोगकर्ताले प्रत्येक दिन निश्चित रकम बराबरको मुख्य ब्यालेन्स प्रयोग गर्दा त्यती नै रकम बराबरको बोनस ब्यालेन्स पाउने भएका छन् ।  यो योजना आजदेखि लागु हुने छ ।  यसका लागि प्रिपेड मोबाइल प्रयोगकर्ताले १७१२४ मा डायल गर्नु पर्नेछ ।विस्तृत समाचार »

ठूलो परिमाणमा इन्धन भित्रिदै

२७, असोज काठमाडौँ ।  नेपाल–भारत सिमाको वीरगन्ज–रक्सौलबाहेकका सबै  नाकाहरुमा अवरोध हटेपछि ठूलो परिमाणमा इन्धन भित्रिएको छ ।  भारतीय पक्षले भन्सार जाँचपास सहज बनाएसँगै देशका मुख्य नाकाबाट इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । पूर्वका दुवै नाकाबाट इन्धन र सवारी साधन सहज रुपमा आउन थालेका छन् । विराटनगरको रानी भन्सारबाट मंगलबार राती २ सय १७ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । मंगलबार रातिसम्म रानी भन्सारबाट…विस्तृत समाचार »

खुल्यो विराटनगर रानी भन्सार

२६, असोज काठमाडौँ ।  विराटनगरको रानी भन्सार नाका मंगलबार दिउँसोदेखि खुलेको छ । नाका खुलेसँगै  ग्यास बुलेट तथा पेट्रोल डिजल बोकेका ट्रयांकर नेपाल भित्रिएका छन् । यसैगरि भन्सार नाकाबाटा  निर्वाधरुपमा मालबाहक समान भित्रिन थालेका छन् ।  विहार विधान चुनावका कारण सोमबारदेखि रानी भन्सार भएर मालबाहक गाडीहरु नेपाल प्रवेशमा भारतीय पक्षले रोक लगाएको थियो । यता केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएसँगै नाकाबन्दी खोल्ने भारतले प्रतिबद्धता…विस्तृत समाचार »

​सरकारी लक्ष्यले यसरी खाँदैछ हावा, एकीकृत लक्ष्यमा १ अर्ब निर्यात् रहेकोमा उल्टै आयात

२६ असोज, काठमाडौं । नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा परेको अदुवाको आयात नाइजेरिया लगायत ६ देशबाट गरिएको छ ।  सरकारले १३ औं योजनामा वाषिर्क एक अर्ब रुपैयाँभन्दा धेरैको अदुवा निर्यात गर्ने नीति लिएकै बेला उल्टै करोडौंको आयात भइरहेको छ । नेपालले अफिकी गरिब देश नाइजेरियालगायत भारत, चीन, अमेरिका, बेल्जियम, अस्ट्रेलिया, थाइल्यान्डलगायत देशबाट अदुवा आयात गरेको  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार ती…विस्तृत समाचार »

काभ्रेका भुकम्प पिडितलाई रोटरीक्लवको ४० वटा घर तथा ८ सय जनालाई पिउने पानी

गत बैशाखमा गएको विनाशकारी भुकम्पबाट प्रभावित काभ्रेको काशिखण्ड नगरपालिकाका स्थानीयलाई रोटरी ई क्लव अफ नेपाल डिष्ट्रक्ट ३२९२ र रोटरी क्लव अफ बुकिट कियरा सनराइज डिष्ट्रक्ट ३३०० मलेशियाले ४० वटा घर निर्माण गरिदिएका छन् । नगरपालिकाको वडा नम्बर ३ मा रहेको दलसिंगेमा दुई वटा रोटरीले सहकार्य गरि ८ सय घरधुरीका लागि १० वटा फिल्टर प्लाण्ट पनि निर्माण गरेका हुन् । नआइतबार एक कार्यक्रमका बिच क्लवले ती संरचनाहरु…विस्तृत समाचार »

फ्लोरीकल्चर सहकारीमा सुदन आचार्य

२५, असोज काठमाडौँ ।  पुष्प ब्यबशायमा आबद्ध भएका ब्यबशायीहरुको संस्था फ्लोरीकल्चर सहकारी संस्था लिमिटेडमा मधु सुदन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।  राजधानीमा सम्पन्न ६ औं साधारण सभाले आचार्य सहितको नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित गरेको हो । साधारण सभाले उपाध्यक्षमा कुमार कसजु श्रेष्ठ, सचिबमा दिलिप बादे, कोषाध्यक्षमा संजिब कार्की र सदस्यहरुमा रामजी कुवर, भोजराज तिमल्सिना, मिन बहादुर तामाङ, बिशाल खड्का, राजु शाही, शुसिल…विस्तृत समाचार »

आफ्नो ब्यापार गुम्ने डरले आइओसीले निगममा टेण्डर हाल्यो

२५ असोज  काठमाडौ । नेपालमा इन्धन हाहाकार मच्चाउन तेल नदिएको इण्डियन आयल कार्पोरेशन पनि पेट्रोलिय आपुर्तिका लागि नेपाल आयल निगमले गरेको ग्लोबल टेण्डरमा सहभागि भएको छ । भारतले अघोषित नाकाबन्दी लगाएर आपूर्तिमा व्यवधान सिर्जना गरिरहेकै अवस्थामा आइओसीले निगमको ग्लोबल टेण्डरमा सहभागिता जनाएको आयल निगम स्रोतको भनाइ छ ।  आइओसीले आइतबार निगमलाई इमेलमार्फत पत्र पठाउँदै ग्लोबल टेण्डरमा भाग लिने जनाएको बतायएको छ ।  गत साता निगमले पेट्रोलियम…विस्तृत समाचार »

नाकाबन्दीमा लचक हुँदै भारत, बिदाको दिनमा ४३ ट्यांकर इन्धन भरियो

२४ असोज, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले आइतबार दिनभरमा ४३ ट्याकंरमा तेल भरिदिएको छ । आईओसीले आइतबार दुईवटा डिपोबाट मात्र तेल दिएपनि अन्य दिनभन्दा बढी तेल लोड दिएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । आईओसीले भारतमा सार्वजनिक विदा भएपनि सिलगुढी र गोन्डाको डिपोमा तेल लोड दिएको हो । गोन्डा डिपोले २६ ट्याकंर र सिलगुढीमा १७ ट्यांकरमा तेल भरिएको छ । गोन्डा नेपालगञ्ज…विस्तृत समाचार »

माहान पर्वको अवसर जेएमईको बाहार, प्रत्येक ग्राहकलाई उपहार

२४, असोज काठमाडौं ।   विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको जापान मनी एक्सप्रेस (जेएमई)ले दशै, तिहार तथा छठ पर्वको अवसरमा ग्राहाकलाई लक्षित गरेर विशेष उपहार योजना सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत जेएमईले रेमिट्यान्स भुक्तानी लिने प्रत्येक ग्राहकलाई पक्का उपहार अन्तर्गत रु एक सयको रिचार्ज कार्ड प्रदान गर्ने जनाएको छ । यस्तै सान्त्वना पुरस्कार स्वरुप जनालाई टि–सर्ट र भित्ते घडि दिइने तथा वम्पर उपहारमा…विस्तृत समाचार »

भारतीय आयल कर्पोरशन भन्यो, तेल लिन आऊ

२४, असोज काठमाडौँ ।  इन्धन आयातका लागि ग्लोबल टेण्डर आहृवान गरेपछि भारतीय आयल कर्पोरशनले   नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेर तेल लिन आऊन डाकेका छन् । अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन बताएका छन् ।  आईओसीका अधिकारीले अघिल्लो हप्ता  तेल दिने भन्दै बोलाएर नेपाली ट्यांकरहरु डीपोमा पुगेपछि १० प्रतिशत मात्रैमा लोड दिएर झुक्याएपछि अहिले नेपाल आयल निगमले शंका गरेको…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

५ असोज, काठमाडौं । नेकपाको सचिवालय समितिको बैठक आज (सोमबार) पनि बस्दै छ। नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ। ​हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो। 


नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top