norvic
global ime bank

मनोरन्जन

​राज कुन्द्राका लागि शिल्पाले काटिन् कपाल

काठमाडौं । पोनोग्राफी प्रकरणमा राज कुन्द्रा जेल परेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीको वैवाहिक सम्बन्धका विषयमा अनेक अड्कलबाजी भइरहेका थिए ।  राज जेल परेपछि शिल्पाले सम्बन्धविच्छेद गर्न सक्ने भनेर चर्चा चलिरहेको समयमा शिल्पाले राजका लागि कपाल नै खौरिएकी छन् । उनले पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन् । उनले सेयर गरेको भिडियोमा कपाल खौरिएको देख्न सकिन्छ ।  उनले टाउकोको तल्लो भागको कपाल खौरिएकी…विस्तृत समाचार »

​करिश्माले भेटिन् एमाले अध्यक्ष ओलीलाई

४ कात्तिक, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भेटेको जानकारी गराएकी हुन् । तस्बिरसहित स्टाटस् लेख्दै अभिनेत्री मानन्धरले अध्यक्ष ओलीको विचार सुन्दा आनन्द लागेको बताएकी छन् । अध्यक्ष ओलीसँग मानन्धरसहित गायीकासमेत रहेकी राष्ट्रियसभा सदस्य कोमल वली र हास्य कलाकार जितु नेपाल पनि थिए । केही साता अघि मानन्धरले ओलीले आफूलाई फोन…विस्तृत समाचार »

‘तिमी मेरै थियौ र भेटियौ नि’ भिडियो रिलिज

काठमाडौं । चर्चित संञ्चारकर्मी शारदा थापाको शब्द तथा स्वरमा बुद्ध सायमीको संगीत रहेको गीत ‘तिमी मेरै थियौ र भेटीयौ नी’  को म्युजिक भिडियोे सार्वजनिक भएको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन भने वीरेन्द्र भट्टको सिनेम्याटोग्राफीमा अविनाश डिसीले सम्पादन गरेका छन् ।   प्रेम भावमा डुबेको गीत तिमी मेरै थियौ र भेटियौ नी गीतको  म्युजिक भिडियो  नगरकोटमा छांयाकन गरिएको छ । म्युजिक भिडियोमा  स्वयंम…विस्तृत समाचार »

​वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ । एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् । विवाह समारोह आयोजना गरिएको…विस्तृत समाचार »

​आर्यनले छापापछि आई लेन्स कभरमा लुकाएका थिए ड्रग्स, कसैले सेनेटरी प्याडमा

१८ असोज, काठमाडौं । समुद्रको बीचमा जारी क्रुज ड्रग्स पार्टीमा अभिनेता शाहरुख खानका छोरा आर्यन खानसमेत ८ जनाको गिरफ्तारीपछि केही  नयाँ तथ्य सार्वजनिक भएका छन् ।  क्रुजमा भएका एनसीबी टीमले छापाको घोषणा गर्नेबित्तिकै ड्रग्स पार्टी गरिरहेका आरोपीले ड्रग्सलाई यस्तो स्थानमा लुकाए जहाँ एनसीबीको समूहको आँखा पर्न मुश्किल थियो । कसैले ड्रग्सलाई लेन्सको डिब्बामा राखे त कतिले सेनेटरी प्याडको बीचमा लुकाए । एनसीबी स्रोतका अनुसार आर्यन…विस्तृत समाचार »

​१० करोड खर्च गरेर बिवाह, ५० करोड दिएर डिभोर्स

काठमाडौं । केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग हुने निर्णय गरेको जानकारी दिएकी छिन् ।सामन्थाले मिडियासँग यो बिषयमा प्राइभेसी दिनका लागि आग्रह समेत गरेकी छिन् । सामन्थाले सामाजिक संजालमार्फत…विस्तृत समाचार »

​सकियो करिश्माको प्लस टु परीक्षा, गरिन् ब्याचलरमा भेट्ने बाचा

१० असोज, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कक्षा १२ को परीक्षा सकिएको जानकारी दिएकी छन् । प्लस टु पछि करिश्माले अध्ययन अगाडि बढाउलिन् त ? । धेरैमा उब्जिएको प्रश्न हो यो । जसको जवाफ समेत उनले सामाजिक सञ्जालमा कक्षा १२ लाई ‘गुड बाइ’ भन्दै ब्याचलरमा भेट्ने बाचा गर्दै गरेकी छन् । करिश्मा…विस्तृत समाचार »

​हेलिकोप्टरबाट ओर्लिएपछि इन्दिरा जोशीलाई प्रेमीको विवाह प्रस्ताव

८ असोज, काठमाडौं ।  गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।  इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र…विस्तृत समाचार »

​हास्यकलाकार “हुर हुर”को निर्देशनमा बनेको “उकुसमुकुस”बुधबार साँझदेखि प्रशारण हुँदै

काठमाडौं । हास्यश्रृङ्खला तथा हास्य सामग्रीकादर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलको हास्य टेलिचलचित्र“उकुस मुकुस”बुधबार साँझदेखि प्रशारण हुने भएको छ । हास्यकलाकार दिलिपतामाङ “हुर हुर” को कथा तथा निर्देशनमातयार भएको हास्यश्रृङ्खला युट्युबच्यानल ‘आमाअग्नीकुमारी’ बाट असोज ६ गते बुधबार साँझ७ बजेदेखि प्रशारण सुरु हुने भएको हो ।  गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको श्रृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् । केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्यश्रृङ्लाको…विस्तृत समाचार »

​अभिनेत्री प्रियंकाले दिइन छोरीलाई जन्म

काठमाडौं । अभिनेत्री प्रियंका कार्की छोरीकी आमा बनेकी छन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग छोरी बोकेको तस्वीर सार्वजनिक गरेकी छन् । उनले ‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ भन्दै क्याप्सन लेखेकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंकाले गत चैत २० गते आफ्नो बेबीबम्प सार्वजनिक गरेकी थिइन् । प्रियंका र…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top