मनोरन्जन

दैनिक गहुँत सेवन गर्छन अक्षय कुमार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक गहुँत पिउने गरेको खुलासा गरेका छन् । इन टु द वाइल्ड कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक इन्स्टाग्राम लाइभ सेसनमा अक्षयले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका हुन्। ग्रिल्स, अक्षय कुमार र उनको बेलबटमका को–स्टार हुमा कुरैशीसँग एक इन्स्टाग्राम लाइभ सेसनमा सहभागी भएका थिए । द वाइल्ड स्पेशल एपिसोडको शूटिंगको बारेमा कुरा गर्दै जाँदा हुमाले हात्तीको गोबरबाट…विस्तृत समाचार »

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

२३ भदौ, एजेन्सी ।  बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेको छ। मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ। उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो।  उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ। चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने छ।विस्तृत समाचार »

डिशहोमको द स्ट्रिङस्मा टप १० प्रतिस्पर्धी छनौट

 डिशहोमले सुरु गरेको डिजिटल रेष्ट्रो इंलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्स् को दोस्रो राउण्ड सुरु भएको छ । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका थिए । जस अन्तरगत १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनौट भएका छन् । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनौट गरेका…विस्तृत समाचार »

सञ्जय दत्तका लागि प्रार्थना गर्नु होला, अफवाह नफैलाउनुः मान्यता दत्त

२९ साउन, काठमाडौं । फोक्सोको क्यान्सरबाट पीडित भएका बलिउड अभिनेता सञ्जय दत्तकी श्रीमती मान्यता दत्तले कुनै पनि प्रकारको अफवाह नफैलाउन र त्यसको पछि नलाग्न अपिल गरेकी छन् । उनले बुधबार एक वक्तव्य जारी गरेर सञ्जय दत्तको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘म सञ्जुका फ्यानसँग आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारको अफवाह वा अड्कलको पछि…विस्तृत समाचार »

सुशान्तको खाताबाट ५० करोड निकालिएको खुलासा, प्रहरीबीच तनाब

एजेन्सी ।  पछिल्ला चार वर्षमा बलिउड अभिनेता सुशान्त सिंहको बैंक एकाउन्टबाट ५० करोड रूपैयाँ निकालिएको खुल्न आएको छ । बिहार प्रहरीले सबै पैसा निकालिएको विषयमा  अनुसन्धान अगाडि बढाउने बताएको छ । मुम्बई प्रहरीले यस्ता महत्वपूर्ण कुरालाई दबाउने काम गरेको विहार प्रहरीको आरोप छ ।  सिंहकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गर्न बिहार प्रहरी मुम्बई गएपछि दुबै राज्यका प्रहरीबीच अहिले वाकयुद्ध चलेको  बिहार प्रहरीका प्रमुख गुप्तेश्वर पाण्डेले…विस्तृत समाचार »

सञ्जय आचार्यको संगितमा ‘सधैं साथ.....’ बोलको गित बजारमा,

संगीतकार सञ्जय आचार्यको ‘सधैं साथ.....’बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक शिव परियारले स्वर दिएका छन् भने शब्द रचना दिपक पाठकले गरेका छन् । हालै मात्र युट्वमार्फत सार्वजनिक भएको उक्त गीतलाई धेरैले रूचाएका छन्े ।  निकै मार्मिक रहेको ५ मिनेट लामो उक्त गीतमा संगीत क्षेत्रमा भर्खरै प्रवेश गरेका आचार्यले निकै मेहनतका साथ सानदार प्रस्तुती दिएका छन् । आचार्य हाल  अष्ट्रेलियामा बस्दै आएका छन् ।…विस्तृत समाचार »

​राजेश हमालले भनेः मानवताका लागि दिपाश्रीलाई माफी दिनुपर्छ

काठमाडौँ ।  महानायक राजेश हमालले  कलाकार दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई माफी दिन पनि आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मानवताका लागि उनलाई माफी दिनुपर्छ ।’ केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका विषयलाई लक्षित गर्दै हमालले यस्तो आग्रह गरेका हुन । मंगलबार राती फेसबुकमार्फत आफ्नो धारणा राख्दै  उनले भनेका छन् यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक…विस्तृत समाचार »

बच्चन परिवार : बाबु–छोरालाई कोरोना देखियो, सासु–बुहारीलाई भने देखिएन

२८ असार, काठमाडौं । ऐश्वर्या राय बच्चन र उनकी सासु आमा जया बच्चनमा कोरोना भाइरसको संक्रमण नदेखिएको मुम्बईका मेयर किशोरी पडनकरले बताएका छन्। बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएपछि उनीहरुका श्रीमती जया र एश्वर्यामा कोरोना भाइरसको परीक्षण गरिएको थियो। बलिउडकै चर्चित कलाकार रहेका जया बच्चन र ऐश्वर्यामा कोरोना नदेखिएको पडनकारलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। यद्यपी कोरोना नदेखिए…विस्तृत समाचार »

अनिता चलाउनेको तीज गीतमा प्रिज्मा–प्रिन्सीसँग सागर लम्साल ‘बले’को नृत्य

काठमाडौं । गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्षजस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा अनिताले स्वर दिएकी छन् । गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि–बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर…विस्तृत समाचार »

भारतका चर्चित हाँस्य कलाकार जगदीपको निधन

२५ असार, काठमाडौँ । ‘सुरमा भोपाली’ नामले चर्चित भारतका हाँस्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा  मुम्बईस्थित निवासमा निधन भएको हो । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् । जगदीपले ४ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top