मनोरन्जन

'सेन्टी भाइरस' र 'आमाले' जगाएको आश

काठमाडौं । लामो समयको अन्तरालपछि दुई नेपाली फिल्मले बक्स अफिसमा आशलाग्दो उपस्थिति देखाएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका धुर्मुस–सुन्तीको ‘सेन्टी भाइरस’ र दीपेन्द्र के खनालको ‘आमा’को पहिलो दिनको कलेक्सनले यो आश जगाएको हो । रामबाबु गुरुङ निर्दे्शित ‘सेन्टी भाइरस’को पहिलो दिनको कलेक्सन आकर्षक रह्यो । यो फिल्मले शुक्रबार मोफसलबाट ५३ लाख र उपत्यकाबाट ५९ लाख रुपैयाँ गरी कुल एक करोड १२ लाख कलेक्सन गरेको वितरकले…विस्तृत समाचार »

प्रेम पुजाको पोस्टर रिलीज

१० फागुन, काठमाडौँ । फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन ।  पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा अभिनेतालाई देखाइएको छ ।  आगामी विजया दशमीमा रिलीज गरिने जनाईएको यो फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । फिल्मको काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ…विस्तृत समाचार »

अमेरिकन आइडलमा नेपाली ठिटो (भिडियोसहित)

५ फागुन, काठमाडौं । अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छनोट भएका छन् । अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका उनी अघिल्लो चरणका लागि छनोट भएका हुन् । काठमाडौंमा जन्मिएका २१ वर्षीय दिवेशले अडिसनमा दुईवटा गीत गाएका थिए ।  सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए भने जर्जको आग्रहमा उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ बोलको…विस्तृत समाचार »

​नेहा कक्कड र कार्तिक कुशको गीतको भिडियोमा रिस्ता बस्नेत

२८ माघ, काठमाडौं । नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा उनले अभिनय गर्न लागेकी हुन् ।  सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस सेयर गर्दै आफुलाई नेहाको गीतमा काम गर्न पाएकोमा खुसी लागेको बताएकी छन् । रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्ने…विस्तृत समाचार »

बाराक र मिशेल ओबामाद्वारा निर्मित ‘अमेरिकन फ्याक्ट्री’ ओस्कार अवार्ड जित्न सफल

२७ माघ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मेशेल ओबामाको निर्माण कम्पनीले बनाएको चलचित्रले ओस्कार अवार्ड जितेको छ । बाराक एण्ड मिशेल ओबामाको प्रोडक्सन कम्पनी हाइयर ग्राउण्ड प्रोडक्सनले निर्माण गरेको वृतचित्र ‘अमेरिकन फ्याक्ट्री’ ले नेपाली समय अनुसार सोमबार बिहान भएको ओस्कार अवार्ड समारोहमा ‘बेस्ट डकुमेन्ट्री फिचर’ विधामा अवार्ड जितेको हो । अमेरिकाको ओहायो राज्यको डेटनमा रहेको उत्पादन कम्पनीको प्लान्टमा देखिएको सांस्कृतिक…विस्तृत समाचार »

चलचित्र प्रेमगीत ३ को पहिलो 'हात्ती ढुंगामा' बोलको गीत सार्वजनिक

काठमाडौं । चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ । हात्ती ढुंगामा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन् ।  प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित रहेको छ भने मनाङमा छायांकन गरिएको गीतको मुड, भिडियोमा प्रयोग भएका पहिरण र भेषभुषा फरक छन् । गीतमा कलाकार…विस्तृत समाचार »

स्पेनिस क्लब बार्सिलोनाले प्रियंका कार्कीको फोटो राख्दै लेख्यो; ‘वी लभ नेपाल’

प्रियंका बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न बार्सिलोना पुगेकी थिइन् ।   स्पेनिस क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा नेपाली नायिका प्रियंका कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल’ लेखेको छ । प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।विस्तृत समाचार »

श्रृंखला खतिवडा बिवाह गर्दै

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय चर्चामा आईरहन्छिन् । कहिले आफ्नु सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर धेरै चर्चा परिचर्चा हुने गर्दछ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।  हालै खतिवडाले बिवाह गर्ने कुरा बाहिरिएको छ ।खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी छिन् तर उनले आफ्नो सम्बन्ध बारे यसअघि कहिँ कतै खुलाएकी थिईनन् । पछिल्लो समय उनीहरुको प्रेम सम्बन्ध…विस्तृत समाचार »

रामकृष्ण ढकालको गीत ‘आकसकी चरी’ सार्वजनिक

१८ माघ, काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘आकसकी चरी’ बोलको गीतमा शब्द रचना चिरञ्जिवी भट्टको रहेको छ भने संगीत ज्योती प्रकाशले भरेका छन् । स्वर रामकृष्ण ढकालको छ । जिज्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई मुखरित गरेको छ । गोविन्द अन्जानले खिचेको भिडियो निर्देशन सुमन बैरागीले गरेका छन् । भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र…विस्तृत समाचार »

प्रियंका र आयुष्मान यही फागुनमा वैवाहीक सम्बन्धमा बाँधिदै

१७ माघ, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले यसै वर्ष बिहे गर्ने पक्का भएको छ ।  २ वर्ष अघि इन्गेजमेन्ट गरेका दुई जनाले आगामी फागुनमा विवाह गर्ने भएका हुन । उनीहरु फागुन १७ गते बैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । बिवाह अघिको पार्टी ब्याचलर पार्टी केही दिन अघि मात्रै थाइल्यान्डमा प्रियंकाले साथीहरुसँ मनाएकी थिइन् ।विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top