मनोरन्जन

नेहा र आदित्यको आउँदो भ्यालेन्टाइन डे को दिन विवाह

काठमाडौं । बलिउड गायिका नेहा कक्कड र गायक आदित्य नाराणयको विवाहको चर्चालाई  लिएर बलिउड तातेको छ । नेहा र आदित्यले आउँदो ‘भ्यालेन्टाइन डे’को दिन बिवाह गर्ने भएका छन् । जसको चर्चा बलिउडमा व्यापक रुपमा भइरहेको छ भने उत्तिकै रुपमा भारतीय सञ्चार माध्यमहरुले स्थान दिइरहेका छन् । विवाहको कुरा उठेसँगै आदित्यका बुवा उदित नारायणले नेहा कक्कडलाई आफ्नो बुहारी बनाउन सम्पूर्ण परिवारका साथ् इन्डियन आइडलको मन्चमा पुगेका…विस्तृत समाचार »

रिसमा झोंकमा प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी आस्थाले मागिन माफी

२ माघ, काठमाडौं । गायिका आस्था राउतले पश्चिम रिम्बी माघे मेलामा प्रस्तुतिका लागि सिक्किम जाने क्रममा आफू प्रहरीको दुर्व्यवहारमा परेको दाबी गरिन् । प्रहरीले आफूलाई दुव्र्यवहार गरेको बताउँदै उनले एउटा भिडियो आफ्नो पेजमा पोस्ट गरिन् । तीन मिनेटभन्दा लामो भिडियोमा आफूलाई प्रहरीले असभ्य भाषा बोलेर दुब्र्यवहार गरेको कुरा उल्लेख गरिन् । भिडियो हेरेपछि लाग्छ आस्था दुर्व्यवहारमा परेकी हुन् । प्रहरीले उनलाई असभ्य बोलेको हो ।…विस्तृत समाचार »

सलमान खानले दिए ‘दबंग ३’का भिलेनलाई कार उपहार

काठमाडौं । बलिउड नायक सलमान खानले फिल्म‘दबंग ३’का भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन् ।  सलमान आफै सुदिपको घरमा पुगेर बीएमडब्लु एम ५ उपहार दिएका हुन् । फिल्म ‘दबंग ३’ले बक्स अफिसमा १५० करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । किच्चुले लेखेका छन ‘तपाइसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाई राम्रो काम गर्नुहुन्छ ।  सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका…विस्तृत समाचार »

बिग बोसको एक्स कन्टेस्टेस्ट नेहाले गरिन विवाह

काठमाडौं । बिग बोसको एक्स कन्टेस्टेस्ट नेहा पेंडसे अहिले विवाहको कारण निकै चर्चामा छिन् । लामो समय देखि प्रेमी शार्दुल सिंह बयाससंग प्रेममा रहेकि अभिनेत्री नेहा विवाहको सम्बन्धमा बाधिएकि छिन् । सोसल मिडियामा नेहाको विवाहको तस्विर भाइरल भएको छ । नेहाको विवाहको तस्विर उनको साथिले सार्वजानिक गरेको हो । उनले केहि समय अगाडि दिएको अन्तर्वातामा आफुले मराठी रितिरीवाजमा विवाह गर्ने बताएकी थिइन् । नेहाका पछि…विस्तृत समाचार »

‘कैले भेट्ने खै २’ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल

काठमाडौं । अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वरको गीत ‘कैले भेट्ने खै २’ युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ । ’न्यास्रो’ शीर्षकको यो गीतको भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकास लामिछानेको अभिनय छ । युट्युबमा हेर्ने दर्शकका लागि लक्षित गरिने गीतहरुमा अचेल संवाद र कथाले प्राथमिकता पाइरहेको छ । ‘कैले भेट्ने खै २’ मा पनि यही शैली अपनाइएको छ । यो…विस्तृत समाचार »

नेपालमा कलाकारिता गरेरै नाम र दाम कमाउने आधार बनिसक्यो : हरिवंश आचार्य

१७ पुस, काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् । बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताएका हुन् ।  कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने…विस्तृत समाचार »

’गूड न्यज’ ले ६ दिनमै कमायो एक सय सत्र करोड

१७ पुस, काठमाडौं । बलिउड अभिनेता अक्षयकुमार,करिना कपूर अभिनित फिल्म ’गूड न्युज’ले राम्रो कमाई गरिरहेको छ । ’गूड न्यज’ले रिलिज डेट देखी नै राम्रो ब्यापार गर्दै आइरहेको थियो । भारतिय मिडियाका अनुसार फिल्म गूड न्युजले पहिलो दिनमा १७ करोड ५६ लाख, दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, आइतबार २५ करोड ६५ लाख, सोमबार १३ करोड ४१ लाख र मंगलबार १६ करोड २० लाखको ब्यापार…विस्तृत समाचार »

शाहरुख खानले नयाँ फिल्म नल्याए आत्महत्या गर्ने, फ्यानको धम्की

 काठमाडौं । बलिउडका ’किङ’ अर्थात् शाहरूख खानलाइ धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनका एक फ्यानले नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्ने धम्कीसहितको ट्वीट गरेका छन् ।    पछिल्लो समय आनन्द एल रायको ’जिरो’ पछि शाहरूखले कुनै फिल्म साइन गरेका छैनन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शाहरूखका फ्यान उनको आगामी फिल्मको प्रतीक्षामा छन् । उनको ५४ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरूलाई उनले चाँडै नयाँ फिल्म लिएर…विस्तृत समाचार »

२०१९ मा डेब्यु गरेका ६ बलिउड अभिनेत्री

काठमाडौं । वर्ष २०१९ सकिएसँगै भोलीबाट नयाँ वर्ष लाग्दैछ । बलिउडमा यो वर्ष केही नयाँ अनुहार समेत देखिएका छन् । जुन अनुहारमा बलिउडले आशा समेत गरेको छ । यी हुन् वर्ष २०१९ मा बलिउड डेब्यु गरेका ६ अभिनेत्रीहरु ।  अनन्य पाण्डे   चंकी पाण्डेकी छोरी अनन्य पाण्डेले यो वर्ष दुई फिल्म दिएकी छन् । ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यु गरेकी अनन्यको दोस्रो फिल्म…विस्तृत समाचार »

अक्षय कुमारको गुड न्यूजले बक्स अफिसमा धमाका मच्चयो, दुई दिनमा कति कमायो ?

१३ पुस, काठमाडौं । अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो भने दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्ती कलेक्सन गरेको छ । अक्षय कुमारको फिल्मले कमाईको मामलामा सलमान खानको ‘दबंग थ्री’ लाई कडा टक्कर दिनुका साथै पछि पारेको छ । बक्स…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top