स्वास्थ्य / जीवनशैली

सुन्तलाको बोक्रा फाल्दैहुनुहुन्छ,पर्खनुस !

सुन्तला भनेपछि सवैको मुख रासउछ । झन चिसो महीनाको घाम तापेर सुन्तला खानुको मज्जा पनि वेग्लै हुन्छ ।  सुन्तलामा प्रशस्तै भिटामिन सि लगायतका पोषण तत्वहरु पाइन्छन् । प्राय हामी सवैको वानी छ,सुन्तला खाने तर बोक्रा फालिदिने । हामी  सुन्तलाको बोक्रा छोडाएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । तर त्यही फालिएको बोक्राले हाम्रो ज्यान वचाउन सक्छ । सुन्तलाको बोक्रा खाइँदैन मात्र होइन यसको अरु काममा पनि प्रयोग…विस्तृत समाचार »

स्वाइन फ्लुबाट तनहुँमा मुस्लिम युवकको मुत्यु

२,माघ,तनहुँ । तनहुंका एक मुस्लिम युवकको स्वाइन फ्लुबाट मृत्यु भएको छ । व्यास–२ डाङ्ग्रेखोल्सी निवासी ३६ वर्षीय युसुफ मियाँको स्वाइन फ्लुका कारण मुत्यु भएको छिमेकीले जानकारी दिएका छन् ।  दुई हप्ता अघि देखि ज्वरोले थलिएका युसुफलाई गत शनिवार मणिपाल शिक्षण अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि मंगलवार हेलिकोप्टरमा राखि ग्रान्डि अस्पताल काठमाडौं लगिएको थियो । ग्राण्डीबाट पनि टिचिङ अस्पताल लगि उपचार भइरहेकोमा शुक्रवार विहान टिचिङ…विस्तृत समाचार »

जाजरकोटमा मैनबत्तीको साहारमा उपचार

२ माघ, जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरेको छ । विद्युतको नियमित र भरपर्दो सुविधा नहुँदा १५ शय्याको यस अस्पतालमा उपचार गर्न आउने बिरामी मर्कामा रहेको नागरिक दैनिकमा न्युज छ । अस्पतालमा सोला जडान गरिए पनि ब्याट्री भोल्टेज पर्याप्त छैन । सोलारबाट पयाप्त भोल्टेज नभएपछि मैनबत्ती बालेर बिरामीको उपचार गर्नुपरेको अस्पतालकी अनमी नारायणी शाहले बताइन ।विस्तृत समाचार »

चुरोट पिउनुहुन्छ ? दिमागको पत्र पातलो होला

चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ ।   युनिभर्सिटी अफ इडनबर्कका वैज्ञानिकहरुले हालै सार्वजनिक गरेको नयाँ अनुसन्धानअनुसार चुरोटले दिमागको बाहिरी पत्रलाई पातलो बनाउँछ । वृद्धावस्थासँगै दिमागको पत्र पातलो हँुदै जानु स्वाभाविक हो । तर चुरोट पिउने मानिसहरुको दिमागी…विस्तृत समाचार »

स्वास्थ्य परीक्षण सम्पन्न

२८,पुस,वीरगंज ।  लायन्स क्लवका संस्थापक मेल्विन जोन्सको ९९ औ जन्मदिनको उपलक्ष्यमा लायन्स क्लव अफ वीरगंज सेन्टरलको आयोजनामा जनजाति प्रावि वीरगंजमा सोमबार जेनरल हेल्थ चेकअप कार्यक्रम सम्पन्न भएको छ । ८० छात्र र २५ छात्राको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई आवश्यक ताकत, जुकाको औषधि तथा बिस्कुट आदि समेत बितरण गरिएको थियो । आशाराम अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा अशोक दासले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा…विस्तृत समाचार »

महाकुम्भमा सिएमए संघले निशुल्क प्राथमिक उपचार शिविर संचालन गर्ने

पुस,अत्तरिया । गोदावरीधाम क्षेत्रमा माघ १ गते बाट लाग्ने सहस्त्र महाकुम्भ मेलामा निशुल्क प्राथमिक उपचार शिविर संचालन हुने भएको छ । नेपाल सिएमए संघको आयोजनामा निशुल्क प्राथमिक उपचार शिविर संचालन हुने भएको हो । मेला अवधिभर सञ्चालन हुने प्राथमिक उपचार शिविर कुण्ड आसपासको क्षेत्रमा संचालन हुने नेपाल सिएमए संघको केन्द्रिय अध्यक्ष गणेश साँउदले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा कसैलाई चोटपटक लागेको खण्डमा प्राथमिक उपचारका साथै…विस्तृत समाचार »

रत्ननगरमा आँखा अस्पताल

२६,पुस,चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । अस्पतालले लामो समयको प्रयासपछि सो केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको शनिबार चितवन क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।  नेपाल नेत्रज्योति सङ्घ चितवन र भरतपुर आँखा अस्पतालको सहयोगमा सञ्चालनमा ल्याइएको सो केन्द्रबाट विशेषज्ञसहितका सेवा दिइने बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले बताउनुभयो…विस्तृत समाचार »

स्याङ्जा ३२ औं खुल्ला दिसामुक्त जिल्ला घोषण

२६,पुस,स्याङ्जा । स्याङ्जा शनिबार ३२ औं जिल्लाको रुपमा खल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । नेपाल सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले स्याङ्जालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।       घोषणा कार्यक्रमलाई भब्य बनाउनका लागि विगत १ महिनादेखि जिल्ला विकास समिति अन्र्तगत गठन भएका मुल समिति र उपसमितिहरुले काम गरेका थिए । झाँकी सहित साँस्कृतिक समूहको सहभागितामा भब्य ¥याली समेत गरेर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा…विस्तृत समाचार »

​स्वास्थ्यकर्मी अभावले सेवामा समस्या

२५,पुस,धादिङ । जिल्लामा रहेको ग्रामीणस्तरका स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा परिणत भएपछि आवश्यक जनशक्ति जिल्लामा उपलब्ध नहुँदा उपचार सेवामा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताउनुभयो । ग्रामीण तहमा रहेका स्वास्थ्य चौकीमा कार्य गर्ने हेल्थ असिस्टेन्ट २५ जना, अहेब ६२ जना, अनमी ६१ जना अभाव रहेको प्रमुख मल्लको भनाइ छ । भूकम्पले क्षतविक्षत भएको जिल्लाको…विस्तृत समाचार »

जिल्ला अस्पतालको भवन निर्माण सुरु

२४,पुस,नुवाकोट । जिल्ला अस्पताल त्रिशूलीको भवन निर्माण कोरिया संस्था कोइकाले सुरु गरेको छ ।  पचास श्यया रहेको जिल्ला अस्पतालका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कोइकाले निर्माण सुरु गरेको त्रिशूली अस्पताल विकास समितिले जनाएको छ । भूकम्पका कारण हाल जिल्ला अस्पताल त्रिशूली टेन्टबाट सञ्चालन भइरहेको छ ।  यस्तै भूकम्पबाट क्षति भएको नुवाकोटको केही स्वास्थ्य संस्था जर्मन नियोग जिआइजेटले निर्माण गर्ने भएको छ । जर्मन नियोगले सिक्रे…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top