स्वास्थ्य / जीवनशैली

​बाँकेमा अझै १२ प्रतिशत बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिन बाँकी

२४,पुस,बाँके । बाँकेमा अझै १२ प्रतिशत बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिन बाँकी रहेको पाइएको छ । ८८ प्रतिशत बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।  खोप लगाउन बाँकी १२ प्रतिशत बालबालिकालाई लक्षित गरी यही माघ २४ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्लामा त्यसका लागि ५१४ वटा खोप केन्द्र तोकिने छ । ९ महिनादेखि ५ वर्षमुनिका ६७ हजार…विस्तृत समाचार »

शीघ्रपतन रोग कि मानसिक समस्या ?

शीघ्रपतन पुरुषमा देखिने सबैभन्दा ठुलो यौन समस्या हो । सेक्समा समयपुर्व नै स्खलित हुनुलाई शीघ्रपतन भनिन्छ । यसलाई पुरुषको कामोत्तेजनाको इच्छा र सन्तुष्टिको दुरी पनि भनिन्छ । सम्भोगको दुई देखि तीन मिनेट भित्र विर्य स्खलित हुनुलाई शीघ्रपतन भन्न सकिँदैन । लिङ्ग उत्तेजना हुनासाथ वा साधारण घर्षण हुँदाहुँदै स्खलित भएर जानुलाई शीघ्रपतन भनिन्छ । यस्तो समस्या भएका व्यक्ति स्त्रिको नग्न शरीर देख्ने वित्तिकै वा स्त्रिलाई स्पर्श…विस्तृत समाचार »

भक्तपुर अस्पतालमा मुटुरोग उपचार सेवा सुरु

२३,पुस,भक्तपुर । भक्तपुर अस्पतालले जिल्लाका मुटु रोगका बिरामीलाई लक्षित गरी मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरेको छ ।  अस्पतालले प्रत्येक दिन मुटु रोगको परीक्षण सेवा सुरु गरेको हो । सेवा सुरु गरेपछि बिरामीको चाप बढेको अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सामान्य मुटु रोगको परीक्षण गर्न पनि अन्यत्र जानुपर्ने भक्तपुरका बिरामीलाई अब मुटु रोगको परीक्षण एवम् उपचारका लागि भक्तपुरकै सरकारी अस्पतालले सेवा सुरु गरेको…विस्तृत समाचार »

स्वास्थ्यकर्मीको अभावमा उपचार प्रभावित

२२,पुस,जाजरकोट। जाजरकोटको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा रिक्त रहेको दरबन्दी लामो समयदेखि पूरा हुन नसक्दा उपचार सेवा प्रभावित भएको छ । विसं २०५७ मा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा एक मेडिकल अधिकृतको दरबन्दी भए पनि स्थापनाकालदेखि नै चिकित्सक पुग्न सकेका छैनन् । एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट, तीन अनमीसहितको दरबन्दी पनि लामो समयदेखि रिक्त छ । दुई कार्यालय सहायकको दरबन्दी भए पनि हाल एकजनाको पनि पदपूर्ति…विस्तृत समाचार »

नाकाबन्दीले राजधानीको छिमेकी जिल्लामै औषधिको अभाव

१९,पुस,धादिङ । भूकम्पले गर्दा सास्ती खेप्न बाध्य धादिङबासी भारतीय नाकाबन्दीले गर्दा औषधि अभाव भोग्न थालेका छन् ।  जाडो समय सुरु भएसँगै अत्यावश्यक मात्रामा चाहिने औषधि नभएपछि जिल्लामा औषधिको अभाव भएको हो । जाडो समयमा अत्यावश्यक पर्ने एन्बिायोटिक तथा अन्य औषधि अभाव भएकाले स्वास्थ्य उपचारमा समेत प्रभाव परेको जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले जानकारी दिनुभयो ।  चिसोे बढेसँगै अत्याधिक मात्रामा चाहिने एमोक्सासिलिन, आँखामा राख्ने सिफ्रो, दमका…विस्तृत समाचार »

सिटामोलसम्म छैन डोल्पामा सरकारी अस्पतालमा

रामचन्द्र न्यौपाने ,२१,पुस,डोल्पा ।  उच्च हिमाली जिल्ला डोल्पामा यतिखेर अत्याधिक चिसो बढेको छ ।मंसिर महिनाको सुरुवात भए संगै डोल्पाका हिमाली पाटनहरुमा हिमपात सुरुहुने गर्दछ भने चिसोपनि बढ्ने गर्दछ ।  हिमाली भेगमा भएको हिमपात संगै बडेको चिसोले गर्दा डोल्पाको जनजीन प्रभाबित भएको छ भने बिरामिपर्नेहरुको सङ्ख्यापनि दिनप्रतिदिन बढ्दै गएको छ । डोल्पाको उत्तरी क्षेत्र र नजिकैका डाँडाहरुमा भएको हिमपातले गर्दा चिसो बडेर त्रिपुराकोट,पहाडा,काईगँउ,लिकु, लगाएतका दर्जनौगा बि का…विस्तृत समाचार »

सुदूरपश्चिमका तीन लाख ७६ हजार बालबालिकालाई खोप दिइने

२०,पुस,कैलाली ।  चौथो चरणको दादुरा–रुबेला खोप अभियान ०७२÷७३ अन्तर्गत सुदूरपश्चिमाञ्चलका जन्मेदेखि पाँच वर्षमुनिका झन्डै तीन लाख ७६ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप दिइने भएको छ ।  आइतबार आयोजित अभिमुखीकरण कार्यक्रममा दादुरा–रुबेला खोप अभियानका संयोजक डा जगतनारायण गिरीले खोप अभियानका क्रममा सुदूरपश्चिमाञ्चलका नौ महिनादेखि पाँच वर्षसम्मका तीन लाख ७६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोपसमेत दिइन लागिएको जानकारी दिनुभयो । खोप पाउनेमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा एक लाख…विस्तृत समाचार »

प्राणघातक बन्दै लोकल मदिरा

२०,पुस,महोत्तरी ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लोकल मदिरा प्राणघातक बन्दै गएको छ ।  जलेश्वर नगरपालिका– ४ मा जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएर करिब एक दर्जन अवैध मदिरा सञ्चालन भइरहेका छन् भने वडा नं १, २, ५ र ६ मा पनि दर्जनभन्दा बढी लोकल मदिरा भट्टी सञ्चालनमा रहेको छ ।  मल, लागुऔषध, कमसल सक्खर र खराव खाद्य वस्तुको मिश्रणबाट जलेश्वरमा अवैध रुपमा तयार पारिने लोकल मदिराबाट पछिल्लो…विस्तृत समाचार »

अन्डा दिवसमा बिरामीलाई अन्डा वितरण

१७,पुस,चितवन । तेस्रो राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल अन्डा उत्पादक सङ्घले आज भरतपुर अस्पतालका बिरामी, कुरुवा र सर्वसाधारणलाई अन्डा वितरण गरेको छ । अस्पताल परिसरमा अन्डाको महत्वको विषयमा आयोजित कार्यक्रममा अन्डा वितरण गरिएको हो । सो अवसरमा पाँच हजारवटा अन्डा वितरण गरिएको थियो ।  कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले अन्डा मानव स्वास्थ्यका लागि महत्वपूर्ण पोषक भएकाले उपयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।  सो अवसरमा…विस्तृत समाचार »

माहाकाली पुगेर राष्ट्रव्यापी सरसफाई अभियान सकियो

१७,पुस,कञ्चनपुर । स्वच्छताका लागि एकजुट होऔ साबुन पानीले मिचि मिचि हात धोऔ भन्ने मुल नाराका साथ पुर्ब पश्चिम राजमार्ग सरसफाइ अभियान सप्ताहब्यापी कार्याक्रम कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्रि कुन्ति शाहीले सरसफाइले समाजको सभ्यतालाइ दर्शाउने भएकोले हरेक बस्ती बस्ती र टोलटोल सफाइ हुनुपर्ने बताउनुभएको छ । सरसफाइ अभियान राज्य र सरकारी कार्यालयको मात्र नभइ हरेक नागरिकको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top