इतिहास /अध्यात्म

पुग्नैपर्ने पर्वतः आकाशमा उड्नेदेखि पानीमा गुड्नेसम्म

पर्वत । नेपालको चौंथो सानो जिल्ला भइकन पनि पर्वत पर्यटकका लागि उपार छ। पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रूपमा चिनिन्छ। उचाईका हिसावले समुन्द्री सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखि ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ। पर्वत पर्यटकीय नगरी पोखराबाट सबैभन्दा नजिकको जिल्ला हो। मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको मिलनबिन्दु हो। पोखरा आउने र पोखराबाट मुस्ताङ…विस्तृत समाचार »

यी हुन् गुल्मीका घुम्नै पर्ने ठाउँहरू

संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिन्छ । सामरिक महत्व बोकेको हालको गुल्मी जिल्लामा लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । गुल्मी जिल्ला नेपालको पर्यटकीय क्षेत्रको रूपमा अत्यन्त्यै सम्भावना बोकेको जिल्ला हो । चारधाम मध्ये एकधाम रुरु क्षेत्र प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र हो । पौराणिक काल देखी पवित्र…विस्तृत समाचार »

सुन्दर सुदुरका सानहरू

२३ माघ, काठमाडौँ । पर्यटनका हिसाबले सुदूरका जिल्लामा थुप्रै धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन्। शुक्लाफाँटा र खप्तड पर्यटकहरूको रोजाईमा पर्न थालेको छ। अपि बेस क्याम्प, बडिमालिका र रामारोशन पनि उत्तिकै मनमोहक छ। कलकल बग्ने कर्णाली , महाकाली नदि , घोडा घोडी ताल , सुर्मा ताल र विभिन्न झरनाहरु सुदुरका सानहरू हुन् । मालिका , पाटन , बडिमालिका , खप्तड जस्ता धार्मिक पौराणिक धरोहरहरु…विस्तृत समाचार »

नेपालमा सबैभन्दा ठूलो

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल  दक्षिण एसियाली भूपरिवेष्ठित राष्ट्र हो । नेपालको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको…विस्तृत समाचार »

भोट युद्धको बेला जंगबहादुरले तराईका जनतालाई लेखेको पत्र

२७ भदौ, काठमाडौं । भोटतिर लडाइँ हुन लागेकाले देश बचाउनुपर्नेमा जोड दिंदै जङ्गबहादुरले विगतमा सरकारको नोक्सान गराएर भए पनि जनतालाई सुख–सुविधाको व्यवस्था गरेको, अब देशलाई परेका बेला सहयोग गर्नुपर्ने भनी आह्वान गरेका थिए। भोटसँगको युद्धका लागि प्रधानमन्त्री जङ्गबहादुर राणाले पूर्वदेखि सुदूरपश्चिमसम्मका उत्तरी सीमा नाकाहरूमा ठूला खाद्य गोदामघर बनाई अन्नको जोहो र युद्धका खरखजानाको बन्दोबस्त गरेर फौज खटाइसकेका थिए । त्यसपछि उनले चितवनदेखि महोत्तरीसम्मका सन्त, महन्त, फौजदार,…विस्तृत समाचार »

कम्युनिष्ट नेता स्वः निर्मल लामाको आत्मकथा :म तामाङ्गको छोरो कसरी मस्तराम भएँ ?

म मस्तराम ! भारत स्वतन्त्र भएको थिएन । अङ्ग्रेजको उपनिवेशकै रुपमा थियो । दार्जिलिङको मुख्य उत्पादन चिया थियो । त्यहाँ दुई–चार सय परिवारले काम गर्न ठूल्ठूला चियाबारीहरु थिए । चियाबारीहरुमा अङ्ग्रेज साहेब रहन्थ्यो । अहिले बुझ्दा साहेब भनेको ‘म्यानेजर’ सरहको मान्छे रहेछ । म्यानेजरको दबदबा झन्डैझन्डै राणाशाही र निरङ्कुश पञ्चायतको जस्तो थियो । त्यहाँ काम गर्ने मानिसहरु कोही बोल्न, केही गर्न नसक्ने अवस्थामा थिए ।…विस्तृत समाचार »

​नेपालमा गोर्खा पल्टन राख्न प्रस्ताव गर्ने बेलायतलाई चन्द्र शमशेरले दिएका थिए यस्तो जवाफ

ब्रिटिश इण्डियाका परराष्ट्र सचिवले नेपालका महाराज चन्द्रशमशेरसँग लामो परिसंवाद गरेका थिए । प्रथम विश्वयुद्धमा ब्रिटिशलाई ठूलो धनराशी र जनशक्तिको सहायता गरेका चन्द्रशमशेरले अघि जंगबहादुरले नयाँ मुलुक पाएजस्तै चाहेको जमिन फिर्ता पाउँला भन्ने आशाभरोसा राखेका थिए । त्यसैले पनि उनले विश्वयुद्धमा ब्रिटिशलाई मन फुकाएर सहायता दिएका थिए । उनले आफ्ना छोरा–भतिजाहरू बबरशमशेर, केशरशमशेर र पद्मशमशेरको नेतृत्वमा करिब सत्र हजार तालिमी नेपाली पल्टन पठाएका थिए । त्यस…विस्तृत समाचार »

भारतीय राजनेताहरुको गोप्य प्रेम प्रसङ्ग : कसैको घरबार उजाडियो, कोही अविवाहित बसे

जब मामिला निजी जीवनको गोपनीयताको आउँछ तब भारतीय राजनीतिज्ञ संसारकै सबैभन्दा ठूला तानाशाहामा बदलिन्छन् । राजनेताहरुले एक अर्काको जति नै विरोध गरे पनि अरुको प्रेम प्रसंग, विवाहेत्तर सम्बन्ध तथा तथाकथित ‘दोस्रो महिला’ का बारेमा सार्वजनिक चर्चा नगर्ने एक खालको अघोषित सम्झौता भएजस्तो देखिन्छ ।  एक दुईवटा अपवादलाई छोडेर भारतीय राजनीतिज्ञले यो परम्परालाई निर्वाहा पनि गरेका छन् । यसको एउटा कारण हुन सक्छ हर कोही सिसाको…विस्तृत समाचार »

मंगलबार देखि सुरू हुँदैछ मलमास : हो मलमास ? के गर्न हुन्छ, के गर्न हुँदैन ?

मलमासको बेला शुभकार्य गर्न हुँदैन भन्ने  प्रचलन छ । भर्खर बिहाह गरेका दुलाहा दुलही पनि संगै बस्न नहुने भन्ने प्रचलन अनुरूप मलमास छल्न श्रीमान र श्रीमति छुट्टै बस्ने गर्दछन् । यो वर्ष पनि जेष्ठ १ गते अर्थात् मंगलबारदेखि मलमास सुरू हुँदैछ । मंगलबार बेलुका ५ बजेर ५३ बाट प्रतिपदा शुरू भएसंगै अधिक मास पनि प्रारम्भ हुने र जेष्ठ ३१ गते प्रातः २ बजे औंशी समाप्त…विस्तृत समाचार »

तपाईं कुन ‘वाद’मा विश्वास गर्नुहुन्छ ? यस्ता छन् १७ ‘वाद’का अर्थ

हरेक राजनीतिक दल र व्यक्तिले आफूलाई कुनै न कुनै वादसँग जोडेका हुन्छन् । वाद आस्था र विश्वास हो । अर्को अर्थमा यो सिद्वान्त, प्रणाली र प्रयोग पनि हो । वादले नै समाजलाई कुनै निश्चित दिशातर्फ डो¥याएको हुन्छ । तर, समाजले, व्यक्तिले अंगालेका वाद आफैँमा पूर्ण र स्थायी हुँदैनन् । मानिसको आवश्यकता, चाहना र परिवेशले नयाँ–नयाँ वादलाई  जन्म दिइरहेको हुन्छ । विशेष गरेर राजनीतिक विचार, आन्दोलन…विस्तृत समाचार »

global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग समकक्षीझैं वार्ता गरेको नेकपा प्रवक्ता श्रेष्ठको आरोप

९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्। 

महाभारतको उदाहरण दिँदै विष्णु रिजालले भने– नेकपाको चाल ‘खोइ के, खोइ के’

८ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता विष्णु रिजालले दुई अध्यक्षको कार्यशैलीले थप अन्यौलता उत्पन्न भएको बताएका छन्। पछिल्लो समय पार्टीभित्र देखिएको विवादलाई लिएर दुई अध्यक्षका छुट्टाछुट्टै विज्ञप्ति र निर्देशनले पार्टीको अवस्था पनि ‘खोइ के, खोइ के’ भन्ने अवस्थामा पुगेको उनको भनाई छ।

नेकपा कर्णालीमा लफडा : दुई अध्यक्षका फरक–फरक पत्राचार, झन् बल्झियो विवाद

८ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलभित्र सुरु भएको किचलो झन् बल्झिएको छ। प्रदेशमा भएको विवाद सुल्झाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएका दुई अध्यक्षले नै पार्टीको प्रदेश कमिटीका नेताहरुलाई फरक–फरक निर्देशनसहितको पत्र पठाएपछि झनै अन्योल बढेको हो।

अन्तर्राष्ट्रिय

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट, कम्तीमा १८ को मृत्यु

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ : पुटिन

८ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन्। विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ।

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top