अन्तर्राष्ट्रिय

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट, कम्तीमा १८ को मृत्यु

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे । विस्फोटमा परी घाइते भएकालाई अस्पताल लगिएको छ भने मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । विस्फोटको जिम्मा सामाजिक…विस्तृत समाचार »

रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ : पुटिन

८ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन्। विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ। अमेरिका र चीनबीच चर्को विवाद भइरहँदा बिहीबार पुटिनले चीनसँग सैन्य गठबन्धनको सम्भावना भएको बताएका हुन्। पुटिनले रुस शक्तिशाली राष्ट्र भएकाले कुनै गठबन्धनको आवश्यकता नभएकोमा जोड दिँदै उनले…विस्तृत समाचार »

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्। तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्। राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो। ह्वाइट हाउसका अन्य कर्मचारीमा…विस्तृत समाचार »

आफ्नो राजीनामा माग्दै एक ठाउँ उभिने विपक्षीहरुलाई इमरानले भने– डाँकुहरुको एकता

२६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरूद्ध पाकिस्तानका विपक्षी दलहरू यतिबेला एकजुट भएका छन्। आफूविरूद्ध एकजुट भएका विपक्षी दलहरूको एकतालाई इमरान खानले भने ‘डाँकुहरूको एकता’को संज्ञा दिएका छन् । असोज ५ गते पाकिस्तानमा पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरूले गठबन्धनको घोषणा गर्दै इमरानको राजीनामा माग गर्दै उनीविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए।  उनीहरूले २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै आन्दोलनमा जाने घोषणा गरेका…विस्तृत समाचार »

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

१७ असोज, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ४२ जनाको मृत्यु भएको छ ।   शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय…विस्तृत समाचार »

अमेरिकी राष्ट्रपतीय बहसमा दुई उम्मेदवारको भिडन्त : बाइडेनले जोकर भन्दा ट्रम्पले के भने ?

१४ असोज, काठमाडौं । अमेरिकामा आगामी नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय निर्वाचन अगाडि बुधबार पहिलो प्रत्यक्ष बहसको आयोजना गरिएको थियो। ओहियो राज्यको क्लिभल्याण्ड शहरमा आयोजित बहसमा पहिलोपटक रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेनबीच आरोप र प्रत्यारोप भएको थियो। ९० मिनेटमा दुई नेताले स्वास्थ, न्याय, नश्लिय भेदभाव, अर्थव्यवस्था जस्ता अलग–अलग विषयमा अभिव्यक्ति दिँदै एक अर्काको कडा रुपमा आलोचना गरेका…विस्तृत समाचार »

लद्दाखमा चीनविरुद्ध भारतको भव्य सैन्य तयारी (भिडियोसहित)

१२ असोज, काठमाडौं । भारत र चीनको सीमा लद्दाखमा दुई देशबीच केही महिनायता तनाव बढिरहेको छ। खासगरी गत जुन १५ मा गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडपभएपछि वैमनस्यता चुलिएको हो। त्यस झडपमा आफ्ना २० सैनिक मारिएको भारतले जानकारी गराइसकेको भए पनि चीनले आफ्नातर्फ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन। ​उक्त झडपछि भारत र चीनका सैनिकबीच पटकपटक वार्ता गरी सीमामा शान्ति…विस्तृत समाचार »

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’ हालैका दिनमा पूर्वी…विस्तृत समाचार »

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्। ट्रम्पलाई एक पत्रकारले प्रश्न गरेका थिए– ‘चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोई बाइडेनसँग चुनाव हार्नुभयो…विस्तृत समाचार »

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ। फाइल ​ चीनको प्रचार…विस्तृत समाचार »

global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग समकक्षीझैं वार्ता गरेको नेकपा प्रवक्ता श्रेष्ठको आरोप

९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्। 

महाभारतको उदाहरण दिँदै विष्णु रिजालले भने– नेकपाको चाल ‘खोइ के, खोइ के’

८ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता विष्णु रिजालले दुई अध्यक्षको कार्यशैलीले थप अन्यौलता उत्पन्न भएको बताएका छन्। पछिल्लो समय पार्टीभित्र देखिएको विवादलाई लिएर दुई अध्यक्षका छुट्टाछुट्टै विज्ञप्ति र निर्देशनले पार्टीको अवस्था पनि ‘खोइ के, खोइ के’ भन्ने अवस्थामा पुगेको उनको भनाई छ।

नेकपा कर्णालीमा लफडा : दुई अध्यक्षका फरक–फरक पत्राचार, झन् बल्झियो विवाद

८ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलभित्र सुरु भएको किचलो झन् बल्झिएको छ। प्रदेशमा भएको विवाद सुल्झाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएका दुई अध्यक्षले नै पार्टीको प्रदेश कमिटीका नेताहरुलाई फरक–फरक निर्देशनसहितको पत्र पठाएपछि झनै अन्योल बढेको हो।

अन्तर्राष्ट्रिय

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट, कम्तीमा १८ को मृत्यु

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ : पुटिन

८ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन्। विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ।

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top