अन्तर्राष्ट्रिय

ताइवान भुकम्पमा मर्नेको सङ्ख्या ३४

२५ माघ ,काठमाडौ ।  चीनका राष्ट्रपति सि जिङपिङले दक्षिण ताइवानमा आएको भुकम्पबाट पिडितप्रति संवेदना प्रकट गरेका छन । भुकम्पका कारण मर्नेको सङ्ख्या ३४ पुगेको छ ।  शनिवार विहान ३ बजेर ५७ मिनेटमा  ६ दशमलव ७ रेकटर स्केलको भुकम्प गएको थियो । सो भुकम्पमा परि १७ जनाको मृत्यू गएको थियो । अहिले सो सङ्ख्या बढेर ३४ पुगेको छ । राष्ट्रपति शीले मृतककप्रति संवेदना प्रकट गरेका छन साथै कुनैपनि सहयोगको…विस्तृत समाचार »

ओसामा बिन लादेन जिवितै

२५, माघ काठमाडौँ । अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका छन् । मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल बहामसमा रहेको दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्नोडेनले लादेन जिवित रहेको आफूसँग यथेष्ट प्रमाण रहेको दाबीसमेत…विस्तृत समाचार »

कतारमा कांग्रेसको समानान्तर समिति बन्ने मोडमा

दिल कुमार श्रेष्ठ, दोहा । कतारमा  नेपाली कांग्रेसको समानान्तर समिति बन्ने निश्चित जस्तै भएको छ । जनसम्पर्क समिति कतारले नेपाली कांग्रेसको १३ औ महाधिवेशनकोलागि ७ जना प्रतिनिधि चुनिने प्रक्रियामा मनलाग्दी गरेको भन्दै असन्तुष्टि पक्षले विरोध जनाएको छ । नेपाली कांग्रेसको १३ औ महाधिवेशनको लागि कतारबाट जाने प्रतिनिधिमा मधेसी मुलका प्रतिनिधिहरुलाई स्थान नदिएको उनिहरुको गुनासो छ । साथै प्रतिनिधि चयनको लागि कुनै सूचना प्रवाह नगरी संगठनका…विस्तृत समाचार »

रकेट प्रक्षेपण बारे सुरक्षा परिषदद्वारा उत्तर कोरियाको भत्र्सना

२५,माघ । उत्तर कोरियाले लामो दूरीको रकेट प्रक्षेपण गरेकोमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले कडा भत्र्सना गरेको छ । अमेरिका, जापान र दक्षिण कोरियाले आपत्ति जनाउँदै सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग गरेपछि बसेको सुरक्षा परिषदको आपतकालीन बैठकले उत्तर कोरियाली कदमको आलोचना भएको हो ।  बैठकपछि परिषदले उत्तर कोरियाविरुद्ध चाँडै नयाँ प्रतिबन्धको प्रस्ताव पारित गरिने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि समन्था पावरले उत्तर कोरियामाथि…विस्तृत समाचार »

बेलायतमा आज खतरनाक इमाजोन नामक आँधी आउन सक्ने

२५,माघ,काठमाडौं । बेलायतमा इमाजोन नामक डरलाग्दो आँधी आउन सक्ने भन्दै त्यहाँका सर्वसाधारणलाई चेतावनी दिइएको छ । बेलायती मौसमविद्हरुले तीब्र गतिमा हावा चल्नुका साथै भारी बर्षा हुनसक्ने अनुमान गर्दै सर्वसाधारणलाई सचेत तुल्याएका हुन् । आँधीबाट बेलायतको दक्षिण पश्चिमी शहरका साथै वेल्स शहर बढी प्रभावित हुने अनुमान गरिएको छ । आँधी आजै दिउँसोसम्म रहने र विस्तारै कम हुँदै जाने मौसमविदहरुले जनाएका छन् । उनीहरुले रेल र सडक…विस्तृत समाचार »

विमानको मूख्य भागमा परेको प्वाल बम विस्फोटका प्रमुख कारण

२४,माघ,काठमाडौं । गत मंगलवार सोमालियाली विमानको मूख्य भागमा परेको प्वाल बम विस्फोटका कारण भएको पुष्टि भएको छ । मोगादिशु विमानस्थलबाट उडेको उक्त यात्रु विमानको मूख्य भागमा परेको प्वाल विस्फोटको कारण भएको अधिकारीहरुले बताए ।  डाल्लो एयरलाइन्सको विमानमा बम विष्फोट गराइँदा प्वाल परेको सोमालियाली यातायात मन्त्री अली अहमद जामकले जानकारी दिएका हुन् । विस्फोट भएर एयरबस ३२१ विमानमा प्वाल पर्दा एक यात्रुको खसेर मृत्यु भएको थियो भने दुई…विस्तृत समाचार »

उत्तरद्धारा क्षेप्यास्त्र परीक्षण

२४,माघ २४ । उत्तर कोरियाले फेरी एकपटक लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तरले प्रक्षेपण गरेको क्षेप्यास्त्र प्रतिबन्धी मिसाइल रहेको जनाइएको छ । उत्तरले गएको हप्ता लामो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्रकोा क्षमता बढाउने चाँडै नै भूउपग्रह प्रक्षेपण गर्ने जानकारी संयुक्त  राष्ट्रसंघलाई गराइसकेको थियो ।  उत्तरले आफ्नो देशको उत्तर पश्चिमी क्षेत्रबाट परीक्षण गरेको क्षेप्यास्त्र जापानको दक्षिणी ओकिनावा द्विप भएर गएको थियो । क्षेप्यास्त्र परीक्षणको…विस्तृत समाचार »

अमेरिकी सैनिकले कैदी बन्दीलाई यातना दिने गरेको खुलासा

२४,माघ । अमेरिकी रक्षा मन्त्रालय पेन्टनगनले इराक र अफगानिस्तानमा खटिएका अमेरिकी सैनिकले कैदी बन्दीलाई दिएको यातना सहितको फोटो सार्वजनिक भएको छ ।  मानव अधिकार संगठन अमेरिकन सिविल लिवर्टीज युनियनले जारी गरेको सूचनाको आधारमा गरिएको छानबिनका क्रममा तस्वीर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको तस्वीरमा अधिकांश बन्दीको मुख छोप्न लगाई यातना दिइएको र खुट्टा र हातमा चोटै चोट देख्न सकिन्छ ।  यसअघि सन् २००४ मा इराकको…विस्तृत समाचार »

ताइवानमा भूकम्पबाट पाँचको मृत्यु, च्यापिएका ३० को उद्वार जारी

२३,माघ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी पाँच जनाको ज्यान गएको छ। शनिबार बिहानीपख ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि पाँचको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेका छन्।  शनिबार बिहान गएको ६।४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो। सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको…विस्तृत समाचार »

भारतको गुजरातमा यात्रु बस दुर्घटना हुदा ४२ जनाको मृत्यु

२३,माघ । भारतको गुजरातमा यात्रु बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य १८ जना घाइते भएका छन्।  शुक्रवार राति नवसारीबाट ६० जना यात्रु लिएर उकाइका लागि छुटेको बस गुजरातको नवसारीमा पूर्णा नदीको पुलबाट खस्दा ४२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।   घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top