अन्तर्राष्ट्रिय

राष्ट्रपतिको हैसियतले ओबामाको पहिलो मस्जिद भ्रमण तय

१७ माघ , काठमाडौ । अमेरिका धार्मिक स्वतन्त्रता भएको र सबै धर्मलाइ आफुले समान व्यवहार गर्ने भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा मस्जिद जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति बनेपछि उनी पहिलोपटक मस्जिद जादैछन । उनि अमेरिकाको बाल्टिमोर स्थित मस्जिद जान लागेका हुन। अमेरिकामा मुस्लिम बिरोधी आवाज बढ्दै गएकाले सो आवाजलाइ शान्त पार्न राष्ट्रपति मस्जित जान लागेको ह्वाइट हाउसका एक  अधिकारीले सञ्चार माध्यमलाइ जानकारी दिए…विस्तृत समाचार »

​ सिरियामा भोकमरीका कारण १६ जनाको मृत्यु

१७ ,माघ सिरियाको मडायामा भोकमरीका कारण १६ जनाको मृत्यु भएको छ ।  यो महिनाको सुरुमा राहत सामग्री बोकेर संयुक्त राष्ट्रसंघका गाडी गएपछि पनि मडायामा १६ जना भोकमरीका कारण मृत्युको मुखमा पुगेको परोपकारी संस्था मेडिसिन सान्स फ्रन्टियर्स एमएसएफले जनाएको छ । मडायामा अझै ३३ जना मानिस भोकमरीका कारण ज्यान जाने अवस्थामा  रहेको एमएसएफले जनाएको छ । गएको हप्ता मडायाका बासिन्दालाई त्यहाँबाट अन्यत्र सारिएको थियो । त्यसक्रम…विस्तृत समाचार »

कोलम्बियाका दुई हजार गर्भवती महिला जिका भाइरसको संक्रमित

१७,माघ,काठमाडौं । कोलम्बियाका २ हजार गर्भवती महिला जिका भाइरस संक्रमितको सिकार भएको छ । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थाले जनाए अनुसार कोलोम्बियाका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको हो । ती महिलाबाट जन्मने शिशुको टाउको सानो हुने र सुस्त मनस्थितिको हुने निश्चित भएको कोलोम्बियाको स्वास्थ्य संस्थाको ठहर छ । विकसित शिशुका कारण गर्भपतन समेत गर्न नमिल्ने भएकाले जिका भाइरस संक्रमित महिलाहरु चिन्तित भएका…विस्तृत समाचार »

फेरी आप्रवासी चढेको डुंगा दुर्घटना, ३९ जनाको मृत्यु

१७,माघ,काठमाडौं । फेरी टर्कीबाट समुद्री मार्ग हुँदै ग्रिस प्रवेश गर्ने क्रममा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ । टर्कीको एजियन सागर पार गर्ने क्रममा डुंगा दुर्घटना हुँदा धेरै आप्रवासीको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरै बालबालिका रहेका छन्  । तर रक्षकले ६० जनाभन्दा बढीको उद्दार गरेका छन् । समुद्रमा डुबेको डुंगाको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुको दावी…विस्तृत समाचार »

अमेरिकाद्वारा चीनसागरमा गस्ती

१७,माघ,एजेन्सी । संयुक्त राज्य अमेरिकाको युद्ध जहाजले विवादित दक्षिण चीन सागरमा शनिबार गस्ती गरेको छ । उक्त क्षेत्र चीन, ताइवान र भियतनामले आफ्नो जलक्षेत्र भएको दाबी गर्दै आएको भाग हो । त्यस जलक्षेत्रमा उनीहरुको दाबीलाई चुनौती दिन अमेरिकी युद्धक विमानले गस्ती गरेको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकालगायत अन्य देशको त्यस क्षत्रेमा अधिकार नभएको उनीहरुको अडान थियो ।अमेरिकाको उक्त विरोध चीनप्रति लक्षित भएको वाल स्ट्रिट…विस्तृत समाचार »

सिरियामा जारी यूद्ध अन्त्य गर्ने पहल भएमा विपक्षी गठबन्धन वार्तामा सहभागी हुने

१६ माघ, काठमाडौ ।  सिरियाको प्रमुख विपक्षी गठबन्धनले जेनेभामा राष्ट्रसंघको तत्वावधानमा देशमा जारी गृहयुद्ध अन्त्य गर्ने प्रयास भइरहेमा शान्ति वार्तामा सहभागी हुने बताएको छ ।  जेनेभामा सम्पन्न पहिलो दिनको वार्तामा सरकारी पक्षका प्रतिनिधिमात्र सहभागी भएपछि उत्पन्न अन्यौलका माझ उक्त खबर आएको हो । सिरियाका लागि राष्ट्रसंघीय दूतले वार्ताबाट मात्रै शान्ति स्थापना गर्न सकिने भन्दै सबै पक्षको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि प्रतीक्षा गरिएको उक्त…विस्तृत समाचार »

स्तनपानका कारण एक वर्षमा तीन खर्ब डलर जोगाउन सकिन्छ

१६,माघ ।  स्तनपान आमा तथा बच्चाको स्वास्थ्यसँगै विश्व अर्थतन्त्रका लागि पनि फाइदाजनक रहेको एक अध्ययनले दावी गरेको छ । बालबालिकालाई लामो समयसम्म स्तनपान गराउन सकिए एक वर्षमा विश्वभरमा तीन खर्ब अमेरिकी डलर जोगाउन सकिने अनुसन्धानकर्ताले दावी छ ।  ब्राजिलको फेडरल युनिभर्सिटी अफ पेलोटस अनुसन्धानकर्ताले गरेको अध्ययनमा स्तनपानको समय बढाउन सकिए प्रत्येक वर्ष ८ लाख बालबालिकाको ज्यान जोउन सकिने उल्लेख छ । यस्तै २० हजार महिलालाई…विस्तृत समाचार »

चिनमा खानीमा फसेका चारजना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार

   १६,माघ । चीनमा एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि चमत्कारीक रुपमा जीवितै उद्दार गरिएको छ ।चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका थिए । त्यसमध्ये अहिलेसम्म १५ जनाको उद्दार गरिएको छ ।…विस्तृत समाचार »

अस्ट्रेलियामा विमान दुर्घटना हुदा तीन जनाको मृत्यु

१५,माघ ।  अस्ट्रेलियामा विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मेलबर्नको दक्षिणी क्षेत्रमा सानो विमान दुर्घटना भएको  प्रहरीले जनाएको छ । भिक्टोरिया बेलारिने प्रायद्धिपका लागि उडेको ६ सिट क्षमताको विमान दुर्घटना भएको हो । विमान दुर्घटनाको कारण भने अझै खुलेको छैन । तर मौसमको खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ । विस्तृत समाचार »

मानवअधिकार संगठनहरुले गरे नरेन्द्र मोदीको चर्को आलोचना

१५,माघ,नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना चर्को गरेका छन् । अन्तर्राष्ट्रिय ह्युमन राइटस् वाच र एमनेस्टि इन्टरनेशनलले आफ्नो वार्षिक प्रतिवेदनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वको सरकारको कडा शब्दमा आलोचना  गरेका हुन् । ती संगठनले अल्पसंख्यकमाथिको हमला रोक्न नसकेको, नागरिक अधिकार संगठनमा रोक लगाएको भन्दै मोदी र उनको सरकारको विरोध समेत गरेका छन् ।  एमनेस्टि इन्टरनेशनलले ग्रीनपीस र फोर्ड…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top