अन्तर्राष्ट्रिय

एक वर्षभित्रै ४० लाख मानिसमा जिका भाइरस फैलने चेतावनी

१५,माघ ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले एक वर्ष भित्रमा अमेरीकी महादेशका ३० देखि ४० लाख मानिसमा जिका भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिदै सर्तक रहन भनेको छ । संगठनले धेरैजसोलाई संक्रमणको लक्षण नदेखिएपनि शिशुको मस्तिष्कमा असर पर्ने बताएको छ । जिका भाइरसको महामारी फैलिँदै गएपछि डब्लुएचओले आपतकालिन समूह गठन गरेको छ । समूहको आउँदो सोमबार बस्ने बैठकमा जिका भाइरसलाई पनि इबोलाको जस्तै अन्तर्राष्ट्रिय आपतकानलिन अवस्था घोषणा…विस्तृत समाचार »

आप्रवासी सवार डुंगा दुर्घटना, २४ जना समुद्रमा हराए

१५,माघ । ग्रीसमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा २४ जना समुद्रमा हराएका छन्। टर्कीबाट आप्रवासी लिएर ग्रीसको सेमास द्वीपतर्फ जाँदै गरेको डुंगा दुर्घटना हुँदा उनीहरु डुबेका हुन् । तीमध्ये केही बालबालिकासमेत रहेको बताइएको छ । अधिकारीहरुले डुंगा दुर्घटनामा परेका १० जनाको जीवितै उद्धार गरिएको वताइएको छ भनेअन्यको खोजी भइरहेको छ । यसअघि बुधबार पनि एक डुंगा दुर्घटना हुँदा दुई बालबालिकासहित सात जना आप्रवासीको मृत्यु भएको…विस्तृत समाचार »

भारतको झारखण्डमा माओवादीले थापेको बारुदी सुरुङमा ७ प्रहरीको मृत्यु

१४,माघ,काठमाण्डौं । भारतको झारखण्डमा नक्सालवादीले बिछ्याएको बारुदी सुरुङ बिस्फोट हुँदा सात जना प्रहरीको मृत्यु भएको छ । झारखण्डको पलामु जिल्लामा नक्सालवादीले बिछ्याएको बारुदी सुरुङमा परेर सात जना प्रहरीको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । पलामु जिल्लाको छतरपुर प्रहरी चौकी रहेको कालापहाडमा बिस्फोट भएको हो । घटनामा ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई हेलिकप्टर मार्फत उपचारका लागि राँची लगिएको छ । कालापहाडमा…विस्तृत समाचार »

उत्तर कोरिया मिसाइल प्रक्षेपणको तयारीमा रहेको स्याटलाइट तस्बिरको खुलासा

१४ माघ उत्तर कोरिया लामो दुरीको बेलिस्टिक मिसाइल प्रक्षेपण गर्ने तयारीमा रहेको स्याटलाइट तस्बिरको विश्लेषणले देखाएको छ । जापानको क्योदो समाचार एजेन्सीले एक सरकारी सुत्रका आधारमा उत्तर कोरिया मिसाइल प्रक्षेपणमा रहेको जनाएको छ । एजेन्सीका अनुसार पश्चिमी डोँगचांग परमाणू स्थलबाट एक हप्ताभित्र मिसाइल प्रक्षेपण गर्न सक्ने अनुमान उक्त स्याटलाइट फोटोबाट लगाउन सकिने भनेको छ । रिपोर्टमा स्याटलाइट फोटो विश्लेषण कसले गरेको हो भनेर सुत्रको बारेमा…विस्तृत समाचार »

३ सय २९ जनाको ज्यान लिने रेयात क्यानडा जेलबाट रिहा

१४ माघ एयर इण्डियाको विमान विष्फोटका एक मात्र दोषी इन्द्रजीत रेयात क्यानडाको जेलबाट रिहा भएका छन । सन १९८५मा एयर इण्डियाकोबिमानमा भएको विष्फोटमा परी ३ सय २९ जनाले ज्यान गुमाएका थिए । प्यारोल बोर्ड अफ क्यानडाका प्रवक्ताले रेयातको रिहाइ भएको पुष्टि गरेका छन । २००३ मा रिपुदम सिंह मल्लिक र अजायब सिँह बागरीको सुनुवाइमा अदालतको सामुन्ने झुटो बयान दिएको भनी २०१० मा रेयाललाइ दोषी ठहराइएको…विस्तृत समाचार »

एरिट्रिया सरकारले ल्यायो आफ्नो देशका पुरुषले अनिवार्य रुपमा दुई महिलासँग विवाह गर्नुपर्ने निय

    माघ १४ – अफ्रिकी मुलुक एरिट्रिया सरकारले आफ्नो देशका पुरुषले अनिवार्य रुपमा कम्तिमा दुई महिलासँग विवाह गर्नुपर्ने नियम ल्याएको खबर सार्वजनिक गरेको छ । एरिट्रिया सरकारले यसरी बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय गर्ने व्यवस्था सहितको नियम ल्याएको नाइजेरियाको अनलाइन समाचार संस्था व्हिसलरले जनाएको छ । इथियोपियासँगको युद्धको क्रममा देशका धेरै पुरुषको ज्यान गएको र अहिले महिला धेरै तर पुरुष कम भएकाले एक पुरुषले…विस्तृत समाचार »

जिका भाइरसको खोप सार्वजनिक रुपमा पाउन १० बर्ष पछि पाइने

१४,माघ काठमाडौं। अमेरिकी मुलुकमा महामारीको रुपमा फैलिएको जिका भाइरसविरुद्धको खोप सार्वजनिक रुपमा उपलब्ध हुन अझै दश वर्ष लाग्न सक्ने वैज्ञानिकहरुले बताएपछि थप त्रास फैलिएको छ ।  जिका भाइरसविरुद्धको खोपका विषयमा अनुसन्धानरत अमेरिकी वैज्ञानिकले खोप बनाएर सार्वजनिक प्रयोगमा ल्याउन अझै एक दशक लाग्न सक्ने बताए ।  यस भाइरसले गर्भमा रहेको शिशुका मस्तिष्कमा नकारात्मक असर पार्ने गर्दछ । यसबाट मस्तिष्कको पूर्ण विकास नभएको शिशु जन्मिने तथा मृत्यु…विस्तृत समाचार »

राष्ट्रसंघ महासचिवले आतंकवादलाई बढावा दिएको इजरायलको आरोप

१३,माघ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले आतंकवादलाई बढावा दिएको आरोप लगाएका छन् ।  इजरायल र प्यालेस्टाइनबिच चलिरहेको द्वन्द्वका विषयमा राष्ट्रसंघ महासचिव वानले प्यालेस्टाइनी नागरिकको उदाहरण दिँदै आफ्नो खोसिएको क्षेत्र फेरि प्राप्त गर्न चाहनु मानव स्वभाव नै रहेको बताएका थिए ।  राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा महासचिव वानले प्यलोस्टाइनीद्वारा इजरायली नागरिकमाथि हालै भएका आक्रमणको निन्दा पनि गर्नु भएको थियो । राष्ट्रसंघ…विस्तृत समाचार »

यसरी जालो फैलाउदैछ आइएसले भारतमा

१३,माघ । शक्तिशाली अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस ले भारतमा आफ्नो संजाल विस्तार गर्न चाहेको खुलासा भएको छ । सो संगठनले यसका लागि ३० हजार भारतीयसँग सम्पर्क गरिसकेको बताइएको छ ।  समाचार एजेन्सीहरुका अनुसार आइएसले समवेदनशील सरकारी डाटालाई निशाना बनाउन चाहेको छ । यसका लागि आइएसले भारतीय ह्याकरसँग सम्पर्क गर्दै मोटो रकमको प्रस्तावसमेत गरेको बताइन्छ । आइएसले सो कार्यका लागि प्रत्येक ह्याकरलाई १० हजार…विस्तृत समाचार »

बम राखेको धम्की आएपछि बेलायतका १४ विद्यालय खाली

१३,माघ  । बम राखिएको धम्की आएपछि बेलायतका विभिन्न स्थानमा रहेका १४ वटा विद्यालय खाली गरिएको छ । मंगलबार बिहान वेस्ट मिडल्यान्डसका ६, लन्डनका चार र कार्नवालका चार विद्यालयमा बम राखिएको धम्की आएपछि खाली गरिएको हो । ट्वीटरमार्फत एक संगठनले विद्यालयहरुमा बम राखेको धम्की दिएको हो । राष्ट्रिय प्रहरी परिषदुले यो धम्कीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । परिषद्ले यो घटना आतंकवादसँग सम्बन्धित रहेको कुनै जानकारी नआएको भए पनि…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top