अन्तर्राष्ट्रिय

बम राखिएको धम्कीपछि विमान आकस्मिक अवतरण

५, पुस नैरोबी ।  विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको छ । विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको हो ।  उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात…विस्तृत समाचार »

“विपक्षीलाई सकाउन मोदी सरकारद्धारा सीबीआइ प्रयोग”

३, पुस काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति निकै आक्रामक देखिएका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले  सबै विपक्षीलाई सकाउन मोदीले सीबीआइ प्रयोग गरेको बताएका छन् । विपक्षी र सरकारको भनाइ नमान्ने जति सबैलाई निशानामा पार्न सरकारले निर्देशन दिएको सीबीआइकै एक अधिकारीलाई उद्धृत गर्दै केजरिवालले दाबी गरेका छन् । सीबीआइले दिल्ली मुख्यमन्त्रीको सचिवालयमा छापा मारेकोमा केजरिवालले राजनीतिकरुपमा आफूसँग पराजित भएपछि प्रधानमन्त्री मोदीले सीबीआइको शरण लिएर कायरतापूर्ण काम गरेको…विस्तृत समाचार »

क्षेप्यास्त्र किन्न मोदी रसिया जादै

३, पुस नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी हप्ता रसियाको औपचारिक भ्रमण जाने भएका छन् ।   मोदीको यो भ्रमण यही डिसेम्बर २३ देखि २५ सम्म हुने  बताइएको छ ।  भ्रमणको क्रममा भारतीय प्रधानमन्त्रीले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य उच्चस्तरीय रसियाली नेताहरुसँग भेटवार्ता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भेटवार्ताको क्रममा दुई देशबीच रक्षा सम्बन्धी सम्भौता हुने बताइएको छ । यस सम्झौताको…विस्तृत समाचार »

बेलायत पनि टुक्रदै

लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री जोन मेजरले यदि बेलायतले युरोपियन युनियनबाट अलग्गिने पक्षमा जनमत सङ्ग्रहमा मतदान भएमा देश टुक्रिन सक्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री मेजरले बीबीसी रेडियोलाई दिनुभएको अन्तरवार्तामा भन्नुभयो, “यदि बेलायतले युरोपियन युनियनबाट अलग्गिने वा नअलग्गिने भन्ने सन्दर्भमा जनमत सङ्ग्रह भएमा स्कटल्यान्डले बेलायतबाट स्वतन्त्र हुने पक्षमा निर्णय लिने संभावना रहनेछ ।” जनमत सङ्ग्रह भएमा युनाइटेड किङडम (यूके) टुक्रिने छ र यसको नराम्रो असर बेलायतलाई पर्नेछ…विस्तृत समाचार »

कारबाहीमा तीन हजार ४०० तालिवान मारिए

पाकिस्तान, १ पुस । पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा तालिवानहरुले अन्धाधुन्ध गोली हानी बालबालिकाको हत्या गरेको बुधबार वर्षदिन पूरा भएको छ । त्यस आक्रमणमा परी १५० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसमा प्राय बालबालिकाहरु नै परेका थिए । उक्त क्रुर आक्रमणमा परी कम्तीमा पनि १३४ जना बालबालिका मारिएका थिए । गत वर्षको डिसेम्बर १६ मा सो त्रासदीपूर्ण घटना भएको थियो । आज सो घटनाको एकवर्ष…विस्तृत समाचार »

फिलिपिन्समा बाढीबाट मृत्यु हुनेको सङ्ख्या एघार पुग्यो, बाढीको प्रकोप कायमै

मनिला, १ पुस । फिलिपिन्समा शक्तिशाली आँधीका कारण बुधबार मृत्यु हुनेको सङ्ख्या ११ पुगेको समाचार मा जनाइएको छ । बुधबारसम्म पनि त्यहाँ बाढीको प्रकोप कायमै रहेको जनाइएको छ । यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको भन्दै अधिकरीहरुले उद्वारकर्मीहरुलाई निकै सतर्क बनाएका थिए । प्राप्त पछिल्लो समाचारअनुसार बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको र अरु…विस्तृत समाचार »

आक्रमणको धम्की आएपछि एकहजार विद्यालय बन्द

१, पुस काठमाडौँ ।  आतंकवादीको हमलाको धम्की आएपछि अमेरिकाको लस एन्जलसका एक हजार भन्दा बढी सरकारी बिद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै सात लाख भन्दा बढी छात्र छात्रा प्रभावित भएका छन् । सामाजिक सञ्जाल मार्फत आतंकवादी हमलाको धम्की आएको भन्दै बिद्यालय बन्द गर्नुको बिकल्प नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।          धम्कीको समाचार फैलिएपछि लस एन्जलसका प्रत्येक विद्यालयमा खानतलास गरिएको…विस्तृत समाचार »

वर्षदिन अघिको त्रासदी सम्झिँदै भाग्यले बाँचेका बालबालिका

पाकिस्तान, २७ मङ्सिर । मुबासिर सबन विद्यालयको प्रेक्षालयमा थिए । उनी अरु केही साथीहरुका साथ विद्यालयको सो प्रेक्षालयमा उभिएका थिए । त्यसैबेला अकस्मात केही हतियारधारीहरु विद्यालय प्रवेश गरे र कतै पनि केही नहेरीकनै अन्धाधुन्ध बन्दुक पड्काउन थाले । बन्दुक उनीहरु उभिएतिरै तेर्साइएको थियो । उनको टाउकोको पछिल्लो भागबाट पहिलो गोली गयो । त्यसपछि अर्को गोली आयो र उनको देब्रे हात हँुदै गयो भने तेस्रो गोली…विस्तृत समाचार »

केजरीवालले भने मोदी कायर मनोरोगी हुन्

२९, मंसिर दिल्ली ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगी भनेका छन् । सीआईबीले आफ्नो कार्यालयमा छापा मारेको बताउँदै उनले मोदी कायर र मनोरोगी भएको बताएका हुन् । उनले भनेका छन् “ मेरो कार्यालयमा छापा मारिएको छ । राजेन्द्रको बहानामा सीएम अफिसको फाइल हेरिएको छ । मोदीजीले भनुन् कि उनी कुन फाइल चाहन्छन् ।” यस्तै उनले मोदीले राजनीतिक रुपमा सामना…विस्तृत समाचार »

आतङ्कवाद विरोधी सैनिक गठबन्धन निर्माण

रियाद, २९ मङ्सिर । साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ ।साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ । तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति, एसपिए समाचार समितिले जनाएको छ…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top