अन्तर्राष्ट्रिय

आँखामा प्याज हालेर रोएका थिए ओबामा

२८, पुस वाशिङ्गटन । व्हाइट हाउसमा गत साता सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति रोएका थिए । आँशु निकाल्नका लागि उनले प्याजको रस प्रयोग गरेका थिए । यो गैरअमेरिका वा गैरअमेरिकीले लगाएको आरोप होइन, अमेरिकाकै फक्स न्युज च्यानलले ओबामाका बारेमा यो दावी गरेको हो । ओबामा व्हाइट हाउसमा ५ जनवरी राति गन कन्ट्रोल नीति घोषणा गर्ने कार्यक्रममा बोलेका थिए । उनले तीन वर्षअघि कनेक्टिकटको न्यु टाउनस्थित…विस्तृत समाचार »

शक्तिशाली बम विष्फोटमा परी १० जना ठहरै

२८ पुस, काठमाडौं । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी कम्तिमा १० जनाको मृृत्यु भएको पुष्टि भएको छ । विस्फोट ऐतिहासिक रुपमा महत्वपूर्ण पर्यटन केन्द्र सुल्तानअहमतमा भएको अधिकारीहरुले बताएका छन् । विस्फोट कसले गराएको भन्ने खुलेको छैन । तर, केही स्थानीयले भने आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका छन् । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ ।विस्तृत समाचार »

आफै सफा हुने गज्जबको स्मार्ट ट्वाइलेट

२८,पुस– अमेरिकाको लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा आफै सफा हुने इन्टिलेजेन्ट ट्वाइलेटले सबैको ध्यान तान्यो । जनवरी ५ देखि ८ सम्म भएको एक प्रर्दशनी शोमा आफै सफा हुने स्मार्ट ट्वाइलेट प्रदर्शनमा राखिएको थियो । कुनै व्यक्ति ट्वाइलेटको नजिक जाने बित्तिकै आफै खुल्ने र हरेक पटक फ्लस भएर आफै सफा हुने गर्दछ । स्तै यो ट्वाइलेटको अर्को विशेषता भनेको तातो पानीले दिसा पनि आफै धोइदिनु…विस्तृत समाचार »

आइएसद्वरा इराकको सपिङ मलमा गोली वर्साइयो, १८ जनाको हत्या

२८,पुस । इस्लामिक अतिवादी संगठन आइएसले इराकको बग्दादस्थित एक सपिङ मलमा गोली वर्साएर १८ जनाको हत्या गरेको छ । बग्दादको अल जदेदा इलाकामा रहेको सपिङ मलमा रहेका शिया मुश्लिमहरुलाई लक्षित गरी गरिएको आक्रमणमा कयौ घाइते भएका छन् । सपिङ मलमा हतियारसहित प्रवेश गरेका आइएसका कार्यकर्तासँग इराकी सुरक्षाकर्मीले गरेको जवाफी कारबाहीका दुई आईएस कार्यकर्ताले आफैंलाई बिस्फोट गराएका थिए ।  उनीहरुका साथमा रहेको हतियार सुरक्षाकर्मीले बरामद गरेको छ…विस्तृत समाचार »

स्पेनकी अधिराजकुमारी क्रिष्टिना पहिलो पटक अदालतमा

२८,पुस ।  स्पेनकी अधिराजकुमारी क्रिष्टिना सुनुवाईका लागि पहिलोपटक अदालत पुगेकी छन् । मुद्दा सामना गर्दै अदालत पुग्ने उनी स्पेनको पहिलो शाही सदस्य समते बनेकी छन् । पति इनाकी उर्डाङगारिनको अवैध धनको दुरुपयोग र मूद्रा छली जस्ता कार्यमा संलग्न रहेको भन्दै उनी विरुद्ध मुद्दा चलेको हो । अधिराजकुमारी क्रिष्टिना, उनका पति उर्डाङ्गारिनसँगै अन्य १६ जनामाथि सोही विषयमा मुद्धा चलेको छ । तर उनीहरु सबैले आफूहरु निर्दोष रहेको…विस्तृत समाचार »

तालिवान मुद्दाका विषयमा अफगानिस्तान पाकिस्तान, चीन र अमेरिकाले इस्लामावादमा वार्ता गर्दै

२७,पुस । अफगानिस्तान, पाकिस्तान, चीन र अमेरिकाले आज पाकिस्तानको इस्लामावादमा तालिवान मुद्दाका विषयमा वार्ता गर्दै छन् । चार देशका प्रतिनिधि सम्मिलित वार्ता टोलीले तालिवानसँग रोकिएको शान्ति वार्ता फेरि शुरु गर्ने विषयमा छलफल हुने छ । तालिवानले गत वर्षदेखि अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाउँदै लगेको छ । सन् २०१४ को डिसेम्बरमा विदेशी सेना फर्किएपछि अफगानिस्तानको सुरक्षा फौजले तालिवानसँग संघर्ष गर्दै आएको छ ।  विस्तृत समाचार »

८० करोड डलरको चिठ्ठा आज खुल्दै

२७, पुस काठमाडौँ ।  अमेरिकामा ८० करोड डलरको  ‘पावर बल’ चिठ्ठा आज खुल्दै छ ।  अमेरिकी इतिहासमै सबैभन्दा ठूलो रकमको चिठ्ठा खुल्ने दिन नजिकिदै गर्दा त्यहाँ यो  चिठ्ठाका विषयमा धेरै वहस भएका छन् ।  हालसम्मकै ठूलो रकमको चिठ्ठा भएकाले ‘पावर बल’ किन्नेको संख्या ह्वात्तै बढेको छ ।  अमेरिकाका बिभिन्न राज्यहरुमा सरकारले सञ्चालन गर्ने पावर बल र मेगामिलियन चिठ्ठा केन्द्र सरकार मातहतको निकाय लोटरी कमिसनले गर्छ…विस्तृत समाचार »

अरब लिगका विदेश मन्त्रीद्धारा इरानको कडा निन्दा

२७,पुस ।  अरब लिगका विदेश मन्त्रीले इरानको कडा शब्दमा निन्दा गरेका छन् । केही दिन अघि इरानको राजधानी तेहरानमा रहेको साउदी अरबको दूतावासमा भएको आक्रमणको विषयमा अरब लिगका विदेशमन्त्रीले इरानको निन्दा गरेका हुन् । साउदी दूतावासमा भएको आक्रमण बारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा बसेको अरब लिगका विदेशमन्त्रीको आपतकालिन बैठकले घटनाको घोर निन्दा गरेको हो । अरब लिगका विदेश मन्त्रीले इरानका अधिकारीले साउदी दूतावासमा सुरक्षा…विस्तृत समाचार »

अफगानिस्तानमा ४० जना तालिवान लडाकुको मृत्यु

पुस ,२७। अफगानिस्तानको सुरक्षा फौजले दरक्वाद जिल्लालाई तालिवानी लडाकुको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।  ताजकिस्तानको सीमामा रहेको छ । एक प्रान्तीय प्रवक्ताको भनाई उल्लेख गर्दै बीबीसीले दरक्वाद जिल्लालाई मुक्त गर्ने क्रममा गरिएको कारबाहीमा ४० जना तालिवानी लडाकु मारिएको जनाएको छ । यसैबीच अफगानिस्तान, पाकिस्तान, चीन र अमेरिकाले आज पाकिस्तानको इस्लामावादमा तालिवान मुद्दाका विषयमा वार्ता गर्दै छन् । चार देशका प्रतिनिधि सम्मिलित वार्ता टोलीले…विस्तृत समाचार »

जर्मनीमा महिला यौन शोषण बढयो, सरकार तनावमा

पुस २७,काठमाडौं । नयाँ वर्ष सन् २०१६ को शुरुवातसँगै जर्मनीमा महिला यौन शोषणको शिकार भएकाको संख्या बढ्दै गएपछि सरकार तनावमा छ ।  सुरुमा जर्मनीको कोलोन शहरका ८० महिलाले आफूहरुमाथि यौन शोषण भएको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएकोमा हाल त्यो संख्या बढेर ५ सय पुगेको छ । उनीहरुले आफूहरु सामूहिक बलात्कारको शिकार भएको बताएका छन् । एकपछि अर्को गर्दै यौन शोषणका घटना सार्वजनिक हुन थालेपछि जर्मन सरकार अप्ठेरोमा…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ ।
अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो ।महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको 

तत्काल सत्ता नछाडे म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

अमेरिकाले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै अन्यथा ‘उचित कदम’ चाल्ने चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यानमारकी नेत्री आङ सान सुचीसहित अन्य नेतालाई गिरफ्तार गरेर देशको शासन हातमा लिएकामा त्यहाँका सेनाविरुद्ध गम्भीर आपत्ति प्रकट गरेका हुन्। बीबीसीका अनुसार बाइडेनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् र अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन्। यसैबीच म्यानमारमा भएको 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top