अन्तर्राष्ट्रिय

विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण, १२० बढीको मृत्यु

२८, कात्तिक काठमाडौँ ।  फ्रान्सको राजधानी पेरिसमा विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण भएको छ । शुक्रबार राति फ्रान्सका विभिन्न स्थानमा अन्धाधुन्द गोलाबारी र विस्फोट भएपछि १२० बढीको मृत्यु भएको छ ।   घटना लगतै फ्रान्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । देशका सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ । बन्धुकधारीहरुले मध्य पेरिसको बाटाकालान कन्सर्ट हलमा मात्र १०० बढीको हत्या…विस्तृत समाचार »

अमेरिकामा नेपाली विद्यार्थीलाई यस्तो सुविधा

२७, कात्तिक काठमाडौँ ।  भूकम्पपछि सिर्जित परिस्थितिलाई मध्यजनर गर्दै अमेरिकाले नेपाली विद्यार्थीहरुलाई काम गर्न सहज बनाएको छ । अमेरिकाले नेपाली विद्यार्थीहरुलाई  कोर्स लोड समेत कम गराएको छ । नेपाली विद्यार्थीहरुले सातामा २० घन्टाभन्दा बढी काम गर्न नपाउने तथा क्याम्पसभित्र मात्र काम गर्न पाउने नियमलाई परिमार्जित गदै अमेरिकाले  एफ १ भिसा लिएर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले क्याम्पस बाहिर काम गर्न आवेदन दिन सक्ने नियम बनाएको छ । …विस्तृत समाचार »

२५ वर्षपछि म्यानमारमा निर्वाचन

२२, कात्तिक काठमाडौँ ।  म्यानमारमा २५ वर्षपछि आज निर्वाचन हुदै छ । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दस वर्षदेखि सैनिक शासन सञ्चालित म्यानमामारमा सेनाले पहिलोपटक प्रजातान्त्रिक निर्वाचन गर्न लागेको हो । पूर्वसेनाप्रमुख तथा राष्ट्रपति थिन सिनसम्बद्ध युएसडीपी र प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीको एनएलडी पार्टीबीच प्रतिस्पर्धा हुदै छ । निर्वाचनमा ९० दलसम्बद्ध ६ सय उम्मेदवारले प्रतिस्पर्धामा गर्दै…विस्तृत समाचार »

मोदीलाई बडारिदियो नितिश गठबन्धनले

२२, कात्तिक विहार ।   विहार विधानसभा निर्वाचनमा निर्वतमान मुख्यमन्त्री नितिशकुमारको महागठबन्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई बडारिदिएको छ । विधानसभा निर्वाचनमा  प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टीको गठबन्धनले पराजय व्यहोरेको छ। कुल २ सय ४३ सिटमध्ये नितिशकुमारको महागठबन्धन १ सय २७ सिटमा अगाडि रहेको छ । यसैगरी भाजपा नेतृत्वको एनडिए गठबन्धनले ९० सिटमा अगाडि  छ। विहार विहाधसभा निर्वाचनमा भाजपा आफ्नो सहयोगी दल, लोजपा, रालोसपा…विस्तृत समाचार »

मोदीकै कारण पत्नीले पासपोर्ट पाइनन्

२१, कात्तिक काठमाडौँ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदा बेनलाई अधिकारीहरुले पासपोर्ट दिन अस्वीकार गरेका छन्। उनले गत महिना पासपोर्टका लागि निवेदन दिएकी थिइन, तर अधिकारीहरुले उनलाई विवाहको प्रमाणपत्र माग्दै पासपोर्ट दिन अस्वीकार गरेका हुन्। मोदीले उनलाई अहिले सम्म विवाहको प्रमाणपत्र दिएका छैनन् ।  अहमदावाद क्षेत्रीय पार्सपोर्ट अकिारी जेडए खान बेनको निवेदनमा आवश्यक कागजात नपुगेकाले उनलाई पासपोर्ट दिन अस्वीकार गरिएको बताए।  बेनका भाइ अशोक…विस्तृत समाचार »

यसरी समातिएका थिए कुख्यात डन छोटा राजन

२१, कात्तिक काठमाडौँ ।  कुख्यात डन छोटा राजन आफ्नो सक्कलि नाम बताउँदा इन्डोनेशियामा  पक्राउ परेको खुलेको छ । इन्डोनेशियाको बालीमा रहेका उनलाई सुरक्षाकर्मीले नाम सोधेपछि उनले नक्कलि नाम मोहन कुमारको ठाउमा सक्कली नाम राजेन्द्र सदाशिव बताएकाले उनलाइ पक्रन सजिलो भएको सीबीआईले जनाएको छ । यसअघि उनको फिंगर प्रिन्टको रेकर्ड लिदा पनि १८ प्वाइन्ट्स मा ११ प्वाइन्ट्स मिलेकाले प्रहरीले उनिमाथी निगरानी राख्दै आएको थियो । उनको…विस्तृत समाचार »

मलेसियाको जेलमा नेपालीको मृत्यु

२०, कात्तिक काठमाडौँ ।  वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामका युवकको मलेसियाको जेलमा मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर पाए।  मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । राईको…विस्तृत समाचार »

नाकाबन्दी समस्या अन्तर्राष्ट्रियकरण भएपछि भारतको यस्तो जबाफ

१९, कात्तिक काठमाडौँ ।  संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतले नेपालमा लगाइरहेको नाकाबन्दीका विषयमा जानकारी गराएपछि भारतले आन्तरिक राजनीतिका कारण समस्या सृजना भएको बताएको छ ।  जेनेभा बैठकमा भारतीय प्रतिनिधीले  नेपालले मधेस समुदायलाई वेवास्ता गरेको भन्दै  ध्यानाकर्षण गराएका थिए । भारतीय प्रतिनिधीले नेपालमा नयाँ संविधान जारी भएपछि ४५ जनाको मृत्यु भएको समेत दाबी गरेको छन् । साथै…विस्तृत समाचार »

विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु

१८, कात्तिक काठमाडौँ ।  दक्षिण सुडानको राजधानी जुवामा विमान दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । विमान माथिल्लो नाइल राज्यको पलोच्तर्फ जाँदै गरेको  अवस्थामा दुर्घटनामा परेको जनाएको छ । दुर्घटनाको समयमा विमानमा जमिनमा गरि कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । विमानमा रहेका चालक दलका एक सदस्य र एकजना बच्चा दुर्घटनामा बाँच्न सफल भएका छन् । विस्तृत समाचार »

बेलायतमा मोदीले जबाफ दिनुपर्नेछ

१८, कात्तिक काठमाडौँ।  नेपालमा नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत भ्रमणमा नेपालमा नाकाबन्दी लगाउनुको कारण खोल्नु पर्ने बाध्यता सिर्जना हुने देखिएको छ ।  भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमणकालागि १२ नोभेम्बरमा लन्डन जाँदै छन्  ।  भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन समेत गर्ने  छन् । नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ६५ हजार बढी कोरोना संक्रमित थपिए

२५ साउन, काठमाडौँ ।
भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै नयाँ रेकर्ड हो ।  भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को मृत्यु भएको छ । यस्तै हिजोमात्र ८ सय ५७ जनाको मृत्यु भएको छ । संक्रमित थपिएकामा सबैभन्दा धेरै महाराष्ट्रका छन् । त्यहाँ १२ हजार ८ सय २२ संक्रमित

केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ को मृत्यु, कम्तीमा १६० घाइते

२४ साउन, काठमाडौं । भारतको केरलामा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top