मुख्य खबर
आज काठमाडौंका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने
३ माघ काठमाडौ । आज (शनिबार) काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली बन्द गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार नियमित मर्मत सम्भारका लागि भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुँवर कोलोनी, मनकामना टोल र ग्रिनल्यान्ड चोकमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म बिजली काटिनेछ।
यस्तै सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीलाघर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिहान ११ बजेदेखि…विस्तृत समाचार »
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु
२ माघ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार सुनुवाइ सुरु भएको छ। सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दैछन् । यसअघि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइ समयाभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबारको इजलासमा रिट निवेदकतर्फबाट बहस गर्ने अधिवक्ताहरुले मुद्दाको फैसला पूर्ण बृहत् इजलाशबाट हुनुपर्ने जिकिर गरेका थिए…विस्तृत समाचार »
आगामी तीन दिनसम्म मौसम बदली हुने
२ माघ, काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी…विस्तृत समाचार »
बाक्लो हुस्सुले आन्तरिक उडानमा असर
२ माघ, काठमाडौं । बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हुस्सु नखुलेसम्म विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना छैन ।
अन्तर्राष्ट्रिय उडान भने खासै समस्या नभएको उनले बताए । आन्तरिकतर्फ दैनिक औसत ९० हाराहारी उडान हुने गरेकोमा हुस्सु लाग्न थालेपछि भिजिबिलिटी अभावमा दिनैपिच्छेजस्तो…विस्तृत समाचार »
आज माघे संक्रान्तिको दिन रिडिमा माघी नुहाउनेको घुइचो
१ माघ, काठमाडौं । तीन जिल्लाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्तिको अवसरमा माघी नुहाउनेको भीड लागेको छ ।
गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा नुहाउनेको भीड लागेको हो । कोरोना महामारीका कारण यो वर्ष रिडीमा नलागेकोरुरुक्षेत्र गाउँपालिका-१ का वडाअध्यक्ष रामलाल बिश्वकर्माले बताए । तर, रिडीस्थित कालीकगण्डकी क्षेत्रमा स्नान गर्ने श्रदालु भक्तजनको भने भीड लागेको उनको भनाइ छ । …विस्तृत समाचार »
जग्गाधनीलाई थाहै नदिई अर्काको नाममा जग्गा पास गर्ने व्यक्ति पक्राउ
१ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा पास गरिएको खुलासा भएको छ ।
रावतको वीरेन्द्रनगर–८, शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको पाइएको हो । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेको तथ्य प्रकाशमा आएको छ । यद्यपि, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको…विस्तृत समाचार »
माघे संक्रान्तिमा तरुल किन्नेको भिड, कति छ तरुलको भाउ ?
२९ पुस, काठमाडौं । माघे संक्रान्तिलाई कन्दमुल खाने पर्वका रुपमा मनाइन्छ । पुसको पाके माघमा खाने भन्ने परम्पराले पुसको अन्तिममा माघे सक्रान्तिलाई तरुल जोहो गर्नेको आफ्नै दैनिकी हुन्छ । यस पर्वमा काठमाडौँलगायत देशैभरका बजारमा सिमल तरुल, हात्ती पाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुलको माग बढी हुन्छ ।
देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भिड…विस्तृत समाचार »
घरायसी विवादमा बाबुले लगाए घरमा आगो, दुई छोराको मृत्यु एक घाइते
२९ पुस, काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा घरायसी विवादका कारण बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।
नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मृत्यु भएको हो । विष सेवन गरेर बटाला पनि गम्भीरावस्थामा रहेको प्रहरीले जनाएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र…विस्तृत समाचार »
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु
२९ पुस काठमाडौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ।
सर्वोच्चले सुनुवाईका लागि बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको इजलास गठन गरेको छ।
मल्लबाहेक बाँकी सबै न्यायाधीश यसअघिको इजलासमा पनि सहभागी थिए भने मल्ललाई न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा बुधबार इजलासमा लगिएको हो। न्यायाधीश कार्की केपी शर्मा ओली अघिल्लोपटक…विस्तृत समाचार »
ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
२९ पुस विराटनगर । ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोरङको कानेपोखरी गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बेलुका गाँउपालिका ७ मा भएको सडक दुर्घटनामा मोटरसाइकल चालक ३३ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो। प्रहरीका अनुसार गाँउपालिकाको जहदा मोडमा रंगेली जानेक्रममा को.१ ६९९७ नम्बरको ट्रयाक्टर र को.१७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।
दुर्घटनासँगै घाइते भएका मोटरसाइकल चालक गुरुगलाई पथरी अस्पतालमा…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
