मुख्य खबर

डिल्लीबजार कारागारमा झडप

१० वैशाख, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने क्यान्टिनमा उधारोमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् । ‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो । क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो,’ ज्ञवालीले भने ।  अहिले कारागार…विस्तृत समाचार »

ट्रम्पको लहलहैमा मलेरियाको औषधी खाँदा अमेरिकामा ज्यान गुमाउने बढे

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न भन्दै सेवन गरिरहेको मलेरियाविरुद्धको औषधीबाट खाएका बिरामीले धमाधम ज्यान गुमाइरहेको एक अनुसन्धानले देखाएको छ।  ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए।  त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो। तर, विज्ञान शोध पत्रिका लेसेन्टले गरेको अध्ययनअनुसार जहाँ कोरोना संक्रमितलाई…विस्तृत समाचार »

एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक भत्ता नरोकः आयोग

१० जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह गरेको छ। आयोगले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट नेपाल समेत प्रभावित भएको अवस्थामा नेपाल सरकारबाट ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुलाई विगतदेखि प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको भन्ने सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। ‘सरकारको…विस्तृत समाचार »

भारतमा पिपिई अभाव भयो भन्ने डाक्टरलाई गरियो मानसिक अस्पतालमा भर्ना

१० जेठ, काठमाडौं । भारतका एक प्रख्यात डाक्टरले अप्रिल ३ मा सार्वजनिक रुपमा मास्क तथा पिपिईको अभाव रहेको भन्दै स्थानीय मिडियाहरुमा चिन्ता व्यक्त गरेका थिए। उक्त कार्य पछि सरकारले यस विषयमा छानबिन माग गर्यो। तर औपचारिक उजुरी दर्ता गर्नुको सट्टा सार्वजनिक रुपमा यसरी देखा पर्दा अन्य स्वास्थ्य सेवाकर्मीहरूको मनोबल बिगारेको भन्दै  डाक्टर सुधाकर रावलाई सरकारले निलम्बन गर्यो ।  उनले सार्वजनिक रुपमा ‘एउटै मास्क १५ दिनसम्म…विस्तृत समाचार »

निको भएर घर फर्किए बाँकेका २१ जना कोरोना संक्रमित

९ जेठ, नेपालगन्ज । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् । ‘आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट…विस्तृत समाचार »

विदेशबाट नागरिक ल्याउनेबारे मन्त्रिपरिषद् बैठकले गरेर कुनै निर्णय

जेठ, काठमाडौं । सरकारले विदेशबाट नागरिक ल्याउने सम्बन्धमा शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गरेको छैन । बैठकले विदेशका नेपाली भित्र्याउनेबारे कुनै निर्णय नगरेको स्रोतले बतायो ।  यसअघि नै उच्चस्तरीय समितिले भारतीय सीमाका २० वटा प्वाइन्टबाट नेपालीलाई प्रवेश गर्न दिने, उनीहरू सबैको रेकर्ड राख्ने र क्वारेन्टाइनमा राखेर आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने अनि नेगेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित पालिकाहरूमा पठाउने सुझाव दिएको थियो । त्यसरी जाँच गर्दा…विस्तृत समाचार »

लकडाउनमा भोकै भारतीय सडकमा मरेको कुकुर खाँदैछन् ! (भिडिओसहित)

९ जेठ, काठमाडौं । भारतीय नागरिक प्रद्युम्न सिंह नरुका राजस्थान राजमार्गमा गाडी लिएर जाँदै थिए। आफ्नो कारबाट उनले क्यामेरा सडकतिर झुकाए। जहाँ उनले एक दृश्य देखे। एक जना मानिस मरेको कुकुर खाइरहेका थिए।  यस घटनाबाट उनी निकै भावविह्वल भए। कोरोना भाइरसका कारण उब्जिएको भोकमरीले भारतलाई कसरी तहसनहस पार्दै छ भन्ने देखाउन उनले यो दृश्यलाई सामाजिक सञ्जालमा राखे ।  ​उनले त्यसमा भनेका छन्, ‘मानिस सडकमा कुकुरको…विस्तृत समाचार »

कपिलवस्तुमा थपिएका कोरोना संक्रमितमध्ये दुई जना पत्रकार

९ जेठ, बुटवल । कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार कपिलवस्तुमा भेटिएका थप नौ संक्रमितमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।  योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ। यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। आज थपिएका दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र…विस्तृत समाचार »

ट्रम्पले अन्ततः बाध्य भएर लगाए मास्क, तर पत्रकारले देख्लान् भनेर यस्तो गरे

९ जेठ, काठमाडौं । मास्क लगाउन लगातार अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः बाध्य भएर लगाएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार फोर्ड मोटर कम्पनीको मिसिगनस्थित प्लान्टको भ्रमण क्रममा ट्रम्पले केहीबेर मास्क लगाएका हुन्। तर उनी पत्रकारको नजरमा मास्क लगाएको अवस्थामा देखापरेनन् । उनले आफूलाई लुकाएका छन्। मिसिगनको रसनभिलस्थित मोटर उत्पादक कम्पनी फोर्डले हाल कोरोना भाइरस महामारीका कारण अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ। आफ्नो…विस्तृत समाचार »

भारतलाई राप्रपा अध्यक्ष थापाको जावाफः नेपाली भूमिको नेपालसँग प्रमाण छन्

८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सन् १८१६ को सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएका बलिया आधार नेपालसँग भएको बताएका छन्। ‘सन् १८१६ को सन्धिअनुसार काली नदीदेखि पूर्वका क्षेत्र नेपालका हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक काली नदीभन्दा पूर्वमा अवस्थित छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। सन् १९६२ पछि भारतले नेपालका यी भूभागमा सैन्य ब्यारेक र सडकहरु…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top