मुख्य खबर

सबैभन्दा बढी कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि सम्मानको विषय: ट्रम्प

७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन्। ‘म यसलाई राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छ’, ह्वाइट हाउसमा उनले भने। कोरोना भाइरसको महामारी सुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को वैठक गरेका छन्। संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको…विस्तृत समाचार »

रोल्पा जिल्ला अस्पतालको आईसीयूमै मृत्यु भएका युवामा कोरोना नेगेटिभ

७ जेठ, रोल्पा । जिल्ला अस्पताल रोल्पाको आईसीयूमै ज्यान गुमाएका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। युवकको सोमवार आईसीयूमै मृत्यु भएको थियो।  उनको मिर्गौलामा खराबी देखिएछि अस्पताल भर्ना भएका थिए। केही कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि देखिएको थियो। तर, परीक्षणबाट उनमा कोरोना नभएको रिपोर्ट आएको छ। यस्तै, दाङमा रहेका क्वारेन्टाइनबाट…विस्तृत समाचार »

१० जनामा कोरोना भेटिएपछि झापा कचनकवलका पाँच वडा शिल

७ जेठ काठमाडौ । झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ। दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।पालिकामा सात वडा रहेका छन्।शनिबार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा…विस्तृत समाचार »

नेपालमा ३८ जिल्लामा पुग्यो कोरोना, कुन जिल्लामा कति संक्रमित (सूचीसहित)

७ जेठ काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या अहिलेसम्म ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यद्यपी यो तथ्याङ्कमा प्रश्न पनि उठाइएको छ । स्थायी ठेगाना राखे पनि व्यक्ति काठमाडौं उपत्यका वा अन्य ठाउँमा बसोबास गरिरहेको पाइएको छ । जिल्लागत हिसाबले संख्या थपिए पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढीरहेको छ । विभिन्न…विस्तृत समाचार »

काठमाडौंमा भित्रभित्रै फैलिएको छ कोरोना ! कालिमाटी वृत्तका दुई प्रहरीमा देखियो संक्रमण

७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको बताइएको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार बस्न दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९०…विस्तृत समाचार »

भरतपुर अस्पतालको आईसीयूमा बिरामीको मृत्यु, कोरोना परीक्षणका लागि नमुना प्रयोगशाला लगियो

६, जेठ, चितवन ।  चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल…विस्तृत समाचार »

मौसम पूर्वानुमानः नेपालमा अम्पुन चक्रवातको प्रभाव, वर्षाको सम्भावना

६ जेठ काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा बंगालको खाडीबाट आउँदै गरेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको जनाएको छ ।  यसैगरी, महाशाखाले हाल नेपालमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालका पूर्व र मध्यका केही भागमा आंशिक र सामान्य बदली भइरहेको छ भने पश्चिमी भूभागहरुका केही स्थानमा आंशिक बदली भइरहेको छ ।   महाशाखाले मंगलबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार आज…विस्तृत समाचार »

भारतमा झन् फैलिँदै कोरोना, एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिए

५ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या झन् बढिरहेको छ । गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो। भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ।  संक्रमितको संख्या एक्कासि बढेपछि भारतले दुई साताका लागि लकडाउन थपेको छ ।  विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने…विस्तृत समाचार »

सांसद श्रेष्ठ भन्छन्ः अपहरणको आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार छु

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफू माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्। प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए। उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम भयो।…विस्तृत समाचार »

सोमबार बिहान बारामा संक्रमित पत्रकार

५ जेठ, काठमाडौं । बारामा आज (सोमबार) बिहान कोरोना संक्रमण पुष्टि भएका व्यक्ति पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।  यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top