राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ
१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।
यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले…विस्तृत समाचार »
अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा
१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।
आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा हिँडेका मन्त्री पौडेललाई बुटवलबाट सैनामैनातर्फ जाने क्रममा कालो झण्डा देखाएका हुन्।
उनीहरुले पौडेलले मन्त्रीपदसँग प्रदेशको राजधानी साटेको भन्दै उनकाविरुद्ध नाराबाजीसमेत गरेका थिए।
प्रहरीले…विस्तृत समाचार »
चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई
८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल…विस्तृत समाचार »
कर्णालीमा ‘जबज’ को पक्षमा ओली पक्षको बृहत भेला, पाँच सय जनालाई निम्तो
६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्षसहित शीर्ष नेताहरुबीच वारपारको लडाइँ चलिरहेका बेला कर्णालीमा पूर्वएमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा शनिबार दिउँसो १२ बजे देखि भेला हुँदैछ। पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। निमन्त्रणा पत्रको नारामा भनएिको छ– जनताको बहुदलीय जनवाद–जिन्दावाद।
मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले भेला…विस्तृत समाचार »
महासचिव पौडेललाई भेटे लगत्तै नेम्वाङसँग नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको भेटवार्ता
५ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटेका छन् । पार्टी कार्यालयमा ओली पक्षका नेतासँग एकपछि अर्को गर्दै भेटिरहेका उनले ‘परिस्थिति गम्भीर’ रहेको प्रतिक्रिया दिएका छन्।
नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ। उक्त विवादका कारण कार्यकर्तासमेत विभाजित हुन…विस्तृत समाचार »
पार्टी विवादबारे प्रचण्डले महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलसँग धुम्बाराहीमा गरे छलफल
५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच पार्टी कार्यालयमा छलफल भएको छ। नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच तीब्र विवाद तथा शक्ति संघर्ष चलिरहेका बेला तीन नेताबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो।
कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो…विस्तृत समाचार »
‘दोस्रो पुस्ताका नेता बिभाजित टुकडीको कम्पनी कमान्डर बन्ने कि एकीकृत पार्टीको नेतृत्व गर्ने ?’
५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टीका दोस्रो पुस्ताका नेताको परीक्षण समयले गरिरहेको बताएका छन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेता बाँस्कोटाले दोस्रो पुस्ताका नेताको भूमिकामाथि प्रश्न उठाएका हुन्।
उनले दोस्रो पुस्ताका केही नेताहरुको नामै लिएर गुटगत निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमान्डरमा बन्ने कि सिँगो…विस्तृत समाचार »
नेकपाको स्थायी समिती बैठक १८ मंसिर र केन्द्रीय समिती बैठक २५ मंसिरमा तोकियो
३ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते र केन्द्रीय समिती बैठक मंसिर २५ गते बोलाइएको छ। बुधबार दिउँसो केहीबेर बसेको केन्द्रीय सचिवालय समिती बैठकले स्थायी समिती बैठक बोलाउने निर्णय गरेको थियो। केहीबेर बसेर स्थगित भएको सचिवालयको आगामी बैठक मंसिर १३ गते बोलाइएको छ।
यसअघि मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय समिती बैठक भने १० दिन पछि सारिएको हो।
पार्टीमा असन्तुष्ट…विस्तृत समाचार »
सचिवालय बैठकमा विष्णु पौडेलको प्रस्ताव– सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं
३ मंसिर, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन्। बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताएका थिए।
‘यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं र स्थायी समितिमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ पौडेलले बैठकमा भनेको…विस्तृत समाचार »
नेकपा सचिवालयको अर्को बैठक १० दिनपछि, ओलीले पनि राजनीतिक प्रतिवेदन पेश गर्ने
३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो।
अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
