राजनीति

बाबुरामको प्रश्न– छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?

१ चैत, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसको प्रकोप फैलिएका कारण विद्यालययहरु तत्काल बन्द गर्न सुझाब दिएका छन्। भारतमा कोरोना फैलिएका भन्दै उनले खुला सीमा भएको नेपालले उच्च सतर्कता अपनाउनु पर्नेमा हेलचक्र्याइँ बढ्दै गएको बताएका छन्। भिडबाट कोरोना छिटो फैलिने भएका कारण विद्यालयहरु तत्काल बन्द गर्नुपर्नेमा कतिपय विद्यालय परीक्षाको बहानामा सञ्चालन हुँदै आएको उनको भनाइ छ।  सरकारले पनि परीक्षा…विस्तृत समाचार »

कोरोना भाइरसको उपचारका लागि छुट्टै अस्पताल आवश्यकः प्रधानमन्त्री

१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका छन्। मिर्गौला प्रत्यारोपणपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उक्त विषय उठाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘५० देखि १०० बेडको छुट्टै अस्पताल जरुरत पर्नसक्छ भन्नुभएको हो।’ कोरोना भाइरसको उपाचारार्थ…विस्तृत समाचार »

कांग्रेसमा सभापतिको उम्मेदवार बन्न नेताहरूको दौडधुप

३० फागुन, काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७७ साल फागुन महिनामा हुँदैछ । महाधिवेशनबाट पार्टी सभापतिको  उम्मेदवार बन्न आठजना नेताहरु  तयारीमा जुटेका छन् । वर्तमान सभापति शेरबहादुर देउवाले फेरि पार्टी सभापति हुनेगरी आफ्नो गतिविधि अगाडि बढाइरहेका छन् । तर, उनकै खेमाका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले भावी सभापतिमा चाहना राखेका छन् ।  १३औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा…विस्तृत समाचार »

कालापानीबाट भारतीय सेना हटाउन संकल्प प्रस्ताव

२९ फागुन, काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहेपनि समय अभावका कारण आजका लागि सारिएको हो। भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि…विस्तृत समाचार »

बास्कोटाको घरमा बम पड्काउनेलाई आतंककारी भन्दै प्रचण्डले दिए यस्तो चेतावनी

२८ फागुन, काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले  पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान गराइएको विस्फोटको घटनाको निन्दा गरेका छन् । अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् । उनले घटना आतंककारी समूहले गराएको टिप्पणीसमेत गरेका छन् । बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो। बाँस्कोटाको निर्माणाधीन घरमा आफूले बम विस्फोट गराएको नेत्रविक्रम…विस्तृत समाचार »

उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

२८ फागुन, काठमाडौँँ ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा चारवटै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।  विस्तृत समाचार »

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

२८ फागुन, काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र…विस्तृत समाचार »

कांग्रेस सभापति दौडमा कोइराला परिवार

२७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । त्यसका लागि कांग्रेसभित्र तिब्र तयारी सुरू भएको छ । नेताहरू कार्यकर्ता भेटघाटमा व्यस्त छन् । यसैबिच नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोइराला परिवारबाट तीन जना मध्ये कोही एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । नेता डा कोइरालाले भने, “कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही…विस्तृत समाचार »

कालोबजारी गर्नेलाई जेल हाल्ने मन्त्रीको चेतावनी

२७ फागुन, काठमाडौँ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यक कुराहरुमा कालोबजारी गर्नेलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्ने चेतावनी दिएका छन् । नेपालमा मात्र नभई विश्वमा नै सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कालोबजारी गरे सरकारले एक्सन लिने बताए ।  मन्त्री भट्टले सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको…विस्तृत समाचार »

तरुण दलद्धारा कालोबजारी रोक्न माग

२७ फागुन, काठमाडौँ । नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति र सम्पूर्ण सदस्यलाई निर्देशन समेत दिएका छन् । छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वका विभिन्न…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top