राजनीति

कांग्रेस बांकेमा संस्थापन पक्षकी किरण कोईराला निर्वाचित

८,फागुन,नेपालगञ्ज । ५१ प्रतिशत मत ल्याउन नसकेकाकारण स्थगीत भएको स्वर्गिय कांग्रेस सभापति सुशिल कोईरालाको गृह जिल्ला नेपाली कांग्रेस बांकेबाट भारी मत अन्तरले संस्थापन पक्षकी किरण कोईराला निर्वाचित हुनुभएको छ ।  माघ २५ गते भएको जिल्ला सभापति पदकालागि भएको निर्वाचनमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन स्थगीत भएको थियो । शुक्रवार सम्पन्न निर्वाचनमा संस्थापन पक्षधर उम्मेदवार तथा स्वर्गीय सुशिल कोईरालाकि भाई बुहारी किरण कोईरालाले ३ सय…विस्तृत समाचार »

व्यवस्थापन गर्न नसक्दा ललितपुरमा दुई जिशिअ

८,फागुन,ललितपुर ।  शिक्षा मन्त्रालयले व्यवस्थापन गर्न नसक्दा ललितपुरमा दुई जिल्ला शिक्षा अधिकारीले काम गर्नुपरेको छ । दुई जिशिअ भएका कारण आधिकारिक निर्णय कसले गर्ने भन्ने समस्या थपिएको छ । जिशिअका रुपमा काम गरिरहेका दिलनाथ पुरीको ठाउँमा रुकुमका जिशिअ निर्मल घिमिरेलाई कायममुकायम जिशिअका रुपमा सरुवा गरिएपछि दुईवटा जिशिअ भएका हुन् । मन्त्रालयको सरुवासम्बन्धी पत्र लिएर रुकुममा जिशिअ रहेका घिमिरे फागुन ५ गते ललितपुर जिल्ला शिक्षा कार्यालयमा…विस्तृत समाचार »

पारित भयो संघीय न्यायपालिकाको खाका

८,फागुन,काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्टले सर्वोच्च अदालतलाई सर्वाधिकार सम्पन्न अभिलेख अदालत बनाउने र जिल्ला एवं उच्च अदालतको संरचनासम्बन्धी कानुनको मस्यौदा पारित गर्दै रायसहित संसद्मा विधेयक पेस गर्न सरकारमा पठाएको छ प्रदेशमा सातवटा उच्च अदालत रहने गरी मुख्य न्यायाधीशसहित एक सय ७२ न्यायाधीशको दरबन्दी प्रस्ताव गरिएको छ । सर्वोच्च अदालतले सरकारको परामर्शमा कुनै जिल्ला अदालतको मुकाम अन्य कुनै ठाउँमा रहने गरी तोक्न सक्ने नयाँ व्यवस्था राखेको छ…विस्तृत समाचार »

वीरगन्जबाट कति आउदैछ इन्धन

८,फागुन,वीरगन्ज ।  नाकाबन्दी खुलेपछिको ११ दिनेको अवधिमा भारतबाट वीरगन्ज नाका हुँदै दुई करोड लिटरभन्दा बढी इन्धन नेपाल भित्रिएको छ । माघ २५ देखि फागुन ६ गतेसम्म डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टितेल गरी एक हजार एक सय ७१ ट्यांकरमा कुल दुई करोड १० लाख ५१ हजार लिटर इन्धन वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । मधेसी दलले वीरगन्ज रक्सौल नाकामा गरेको…विस्तृत समाचार »

भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुन्छ

७,फागुन,काठमाडौँ। सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभएको छ । काठमाण्डौंमा आयोजित कार्यक्रममा उहाँले दुई देशबीच विद्यमान असमझदारी हटाउन र भारतसँगको लामो समयदेखिको सम्बन्धलाई अझ सुमधुर एवम् सुदृढ बनाउन प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणमा विगतमा भएका समझदारीको कार्यान्वयनका मुद्दाले विशेष प्राथमिकता पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीच भएका सम्झौता जस्ताको…विस्तृत समाचार »

एमाओवादीले सरकारको कामको समीक्षा गर्दै

७,फागुन,काठमाडौँ ।  एकीकृत नेकपा माओवादीले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आज भएको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका पक्षमा केन्द्रित गर्ने र भूकम्पपछिको पुनः निर्माणलाई युद्धस्तरमा अगाडि बढाउने निर्णय गरेको छ ।  वर्तमान सरकार गठन भएपछि प्रभावकारी रुपमा काम हुन नसकेको जनगुनासो व्यक्त…विस्तृत समाचार »

६३ औ राष्टिय प्रजातन्त्र दिवस मनाईयो

७,फागुन,झापा । झापाको सदरमुकाम भद्रपुरमा ६३ औ राष्टिय प्रजातन्त्र दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ । प्रजातन्त्र दिवसको उपल्क्षयमा गठित झापा जिल्ला मुल समारोह समितिको आयोजनामा बिरामीलाई फलफुल वितरण गर्नुका साथै ¥याली प्रर्दशन गरी प्रवचन कार्यक्रम सम्पन्न गरेको हो । भद्रपुुर स्थित लेखनाथ चोकमा भई ¥यालीका साथ सदरमुकाम परिक्रममा गर्दै जिल्ला विकास समितिको सभाहलमा आएर सभामा परिणत भएको थियो । ¥यालीमा नेपाल स्काउट, नेपाल प्रहरी,…विस्तृत समाचार »

अबदेखि सिलिण्डर ग्यास र मागेजति तेल पाइने

७, फागुन काठमाडौँ ।  आपूर्तिमन्त्री गणेशमान पुनले अब  भरी सिलिण्डर खाना पकाउने ग्यास र मागेजति डिजेल–पेट्रोल सहजै पाउने दावी गरेका छन् ।  क्रान्तिकारी पत्रकार संघ चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पुनले सहजरुपमा इन्धन आपूर्ति मिलाउने वातावरण बनिसकेको दावी गरे । उनले भने “ ‘ढुक्क हुनुस्, दुई तीन दिनभित्र भरी सिलिण्डर ग्यास र मागेजति तेल पाउनुहुन्छ ” ।   उनले बजार अनुगमन गर्ने र इन्धनको कालोबजारी…विस्तृत समाचार »

कांग्रेस नेता खड्का र कोइराला प्रधानमन्त्रीसँग भारत नजाने

७, फागुन काठमाडौँ ।  प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका कांग्रेस नेता पूर्णवहादुर खड्का  र नेतृ सुजता कोइराला भारत नजाने भएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठक आउदो फागुन ११ गते मंगलबार बोलाईएपछि खड्काले भ्रमण स्थगित गरेको हुन । महाधिवशेनका तयारी र एजेण्डाका बिषयमा महत्वपूर्ण छलफल हुने भएकाले भ्रमणमा जान नसकिएको खड्काले बताए । सुजताले पनि आफूले भारत भ्रमण रद्ध गरेको बताएकी छिन् । विस्तृत समाचार »

काँग्रेस कैलालीको सभापतिमा शाह निर्वाचित

७,फागुन,धनगढी । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिलगायतका पदमा बिहीबार भएको निर्वाचनमा शाहले ४१६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो ।  सभापतिका अर्का उम्मेदवार भीम बडुवालले २५७ मत प्राप्त गर्नुभएको थियो । सभापतिमा उम्मेदवारी दिएका तीनजनाले पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि काँग्रेसको विधानअनुसार दोस्रो चरणको निर्वाचन गरिएको निर्वाचन…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top