राजनीति

काँग्रेस महाधिवेशनमा भित्तेलेखन र पोस्टर प्रयोग नगरिने

१३, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसको महाधिवेशनको प्रचारप्रसारका लागि पार्टीले भित्तेलेखन र पोस्टर प्रयोग नगर्ने भएको छ । यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि सहर बजारलाई कुरुप र फोहर बनाउने खालका प्रचारका उपाय नअपनाउने निर्णय गरिएको काँग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचार समितिका सदस्य बद्री पाण्डेले बताए ।   दलहरुले गर्ने भित्तेलेखन र पोस्टरिङले सार्वजनिकस्थल फोहर र प्रदूषित देखिने निष्कर्ष निकाल्दै…विस्तृत समाचार »

काँग्रेस महाधिवेशनमा १७ देशका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने

१३, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा विदेशस्थित १७ देशका जनसम्पर्क समितिका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने भएका छन् ।महाधिवेशनमा अमेरिका, स्पेन, डेनमार्क, बेल्जियम, भारत, हङकङ, मकाउ, अस्ट्रेलिया, बेलायत, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, पोर्चुगल, जापान, नेदरल्यान्ड, दक्षिण कोरिया र जर्मनी गरी १७ देशका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए ।  “भारतबाट १४ र अरू १६ मुलुकबाट सातजना…विस्तृत समाचार »

कांग्रेसको महाधिवेशनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

१३,फागुन,काठमाण्डौं । नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनको अवसरका नेपाल स्वास्थ्यकर्मी सङ्घ र नेपाल प्रजातन्त्रवादी चिकित्सक सङ्घले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।  नेपाल स्वास्थ्यकर्मी सङ्घका सहअध्यक्ष ओमप्रसाद उपाध्यायका अनुसार महाधिवेशनको उद्घाटनसत्र आगामी फागुन २० देखि २३ गतेसम्म निःशुल्क स्वास्थ्योपचार र औषधि पनि वितरण गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “महाधिवेशन उद्घाटनको दिन खुलामञ्चमा र बाँकी दिन भृकुटीमण्डपमा शिविर सञ्चालन हुनेछ ।” …विस्तृत समाचार »

जुम्लालाई ६ नं प्रदेशको सुन्दर सहर बनाइने

१३,फागुन,जुम्ला । एनेकपा माओवादी का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जुम्लालाई प्रदेश नं ६ को सुन्दर सहर निर्माण गर्ने योजना तयार गरिएको बताउनुभएको छ ।  आन्तरिक पार्टी निर्माणको सन्दर्भमा बुधवार जुम्ला आइपुग्नुभएका नेता शर्माले पत्रकार भेटघाट कार्यक्रममा कुरा गर्दै आफ्नो पार्टीले प्रदेश नं ६ को सबै कुरालाई समेटेर कार्य योजना निर्माण गरेको जनाउनुभयो । प्रदेश नं ६ का इन्चार्जसमेत रहनुभएका नेता शर्माले भर्खरै मात्र यो प्रदेशको…विस्तृत समाचार »

संस्थापन पक्षबाट एउटै उम्मेदवार बनाउन दबाब

१३,फागुन,काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन पक्षबाट एउटै उम्मेदवार बनाउन दबाब पर्न थालेको छ । सभापति सुशील कोइरालाको निधनसँगै संस्थापन पक्षकै आधा दर्जन नेता सभापति प्रत्याशी बन्ने बताउन थालेपछि पूर्व जिल्ला सभापतिले दबाब बढाएका हुन् । संस्थापन पक्षबाट नै कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सशांक कोइराला र सुजाता कोइरालाले सभापति प्रत्याशीका रुपमा सक्रियता बढाएपछि पूर्व…विस्तृत समाचार »

माग सम्बोधन नगरे मधेसमा फेरि आन्दोलन

१३ ,फागुन,वीरगन्ज । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनका क्रममा भएको दमन र मानवअधिकार उल्लङ्घन घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउनुपर्ने बताउनुभएको छ ।  पार्टीद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्तासँगको छलफल कार्यक्रममा उहा“ले मधेसकेन्द्रित दलहरुले उठाएका मागलाई सम्बोधन नगरेसम्म सशक्त आन्दोलन जारी राख्ने बताउनुभयो ।  अध्यक्ष झाले अहिले आन्दोलनको स्वरुपमात्र परिवर्तन गरिएको छ भन्दै आन्दोलनको थप कार्यक्रमबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको छिट्टै बस्ने…विस्तृत समाचार »

ट्विटरमा आए शेरबहादुर देउवा

१२, फागुन काठमाडौँ ।  नेपाली कांग्रेसको सभापति पदका प्रत्यासी शेरबहादुर देउवा सामाजिक सञ्जाल ट्विटरमा आवद्ध भएका छन्। कांग्रेस महाधिवेशन नजिकिरहेको बेला देउवा ट्विटरमाआएका हुन्। नेपाली कांग्रेसका महाधिवेसनमा फाुगन २०–२३ सम्म काठमाडौंमा हुदैँछ । पछिल्लो समय नेताहरू समाजिक सञ्जालमा क्रियाशील हुने क्रम बढ्दो छ।  विस्तृत समाचार »

मुम्बईको औद्योगिक क्षेत्रमा प्रधानमन्त्री

१२ फागुन,भारत । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिनुभयो ।  उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे अवगत गराउनुभएको थियो ।  युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी…विस्तृत समाचार »

कांग्रेसमा पदाधिकारी बढाउने संस्थापनको तयारी

१२,फागुन,काठमाडौं । कांग्रेसको संस्थापन पक्ष वरिष्ठ नेता शेरबहादुर देउवा समूहको विरोधका बाबजुद पदाधिकारी संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा लाने तयारीमा जुटेको छ । सभापतिका लागि आकांक्षीहरुको व्यवस्थापन गर्न संस्थापन पक्ष विधान संशोधनमार्फत पदाधिकारी संख्या बढाउने प्रयासमा लागेको हो । पार्टी प्रवक्ता दिलेन्द्र बडूका अनुसार, बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी थप गर्ने सहितको विधान संशोधन मस्यौदा छलफलका लागि पेस हुनेछ । पदाधिकारी बढाउने विषयमा संस्थापन…विस्तृत समाचार »

३७ लाख ऋणमा डुब्यो मधेसी मोर्चा

१२,फागुन,काठमाडौं  । तराई –मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ । नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचाररतका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको हो । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आन्दोलन क्रममा घाइतेलाई खर्च दिने प्रतिबद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top