राजनीति

कांग्रेसका पूर्वमन्त्री, सांसद र केन्द्रीय नेता वडामै पराजित

१९,माघ,काठमाण्डौं । १३औँ महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र नगरका कार्यकर्ताले असफल बनाइदिएका छन् । जिल्ला, केन्द्रको राजनीतिमा राम्रै प्रभाव बनाएका केही नेता, पूर्वसांसद र  पूर्वमन्त्री महाधिवेशनसम्म पुग्ने भर्‍याङको रूपमा रहेको बुथ प्रतिनिधि हुनबाटसमेत वञ्चित भएका छन् । केन्द्रीय सदस्यले प्रस्तावक पाएनन् वर्तमान…विस्तृत समाचार »

बझाङमा सँस्थापन पक्षका १ जना मात्र विजयी

डिबी बिष्ट ,१८ माघ ,बझाङ बझाङ जिल्लामा भएको नेपाली काँगे्रसको १३ औँ नगर अधिबेसनमा १ जना मात्र संस्थापक पक्ष विजयी भएका छन ।  सभापतीमा १०६ मतले राजेन्द्र खड्कालाई पराजित गर्दै हिरेन्द्र छत्याल विजयी भएका हुन ।  १७ गते देखी सन्चालन भएको नेपाली काँग्रेशको १३ औँ नगर अधिबेसन आज सम्पन्न भएको छ । संस्थापन पक्ष र देउवा पक्ष विच उम्मेदारमा विबाद भए पछि चुनाब भएको होे…विस्तृत समाचार »

कांग्रेसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत

१८,माघ,मुगु । नेपाली कांग्रेसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् । नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा  गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापतिमा निर्वाचित…विस्तृत समाचार »

कांग्रेसका को कति पावरफुल ?

१८,माघ,काठमाडौं ।  कांग्रेसमा अन्ततः सुशील कोइराला र शेरबहादुर देउवाकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । गाउँ र नगरका निर्वाचनमा कोइराला र देउवा खेमाबीचमै प्रतिस्पर्धा हुनु र रामचन्द्र पौडेलको अलग अस्तित्व कतै नदेखिनुले त्यसको संकेत गरेको हो । महाधिवेशनको पहिलो चरणमा गाउँ र नगरको चुनाव हुँदा दुवै पक्ष एकले अर्कोसँग सशंकित भएका छन् । ०७२ माघ २२ गते क्षेत्रीय अधिवेशनबाट महासमिति र महाधिवेशन प्रतिनिधि चयनपछि कसको…विस्तृत समाचार »

राजदूतबारे नयाँ नीति : काम चित्त नबुझे फिर्ता बोलाइने

१८,माघ,काठमाडौं ।  विदेशस्थित नेपाली राजदूतहरुको काम दुई वर्षसम्म चित्तबुझ्दो नभए सरकारले फिर्ता बोलाउन सक्ने नयाँ नीति कार्यान्वयनमा आएको छ । परराष्ट्रमन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको राजदूतहरुको कार्यसम्पादन मूल्यांकनसम्बन्धी नयाँ पद्धतिअनुसार राजदूतहरुको भूमिका चित्त नबुझे दुई वर्षपछि फिर्ता बोलाउन सकिनेछ । हालसम्म राजदूतको भूमिका चित्त नबुझे फिर्ता नै बोलाउन सक्ने लिखित प्रावधान थिएन । यसअघि सरकारले विभिन्न बहानामा राजदूत फिर्ता बोलाउने गरेको भए पनि लिखित व्यवस्था भने…विस्तृत समाचार »

सरकारले नै टेर्दैन संसदीय समितिलाई

१८,माघ,काठमाण्डौं ।  सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको इस्क्विचिङ सुरुङ खोल्न लाग्ने खर्च भेरिएसन अर्डर स्वीकृत गर्दा अनियमितता भएको ठहर गर्‍यो । १७ मंसिर ०७१ को बैठकले निर्णय प्रक्रियामा संलग्न पदाधिकारी र ठेकेदार चाइना गेजुवा गु्रप अफ कम्पनिजलाई १० दिनभित्र कारबाही गर्न सरकारलाई निर्देशन दियो । भेरिएसन अर्डरको एक अर्ब नौ करोड रुपैयाँ भुक्तानी नदिन पनि समितिको निर्देशन थियो । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागबाट…विस्तृत समाचार »

सरकारलाई गरेका सिफारिस कार्यान्वयन भएनन्

१७,माघ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार उल्लङ्घनका घटनाहरुमा न्यायका लागि आयोगले सरकारलाई गरेका सिफारिस कार्यान्वयनमा नआएको गुनासो गरेका छन् । खाद्य अधिकारवादी संस्था फियान नेपालको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न पटक–पटक आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए । अध्यक्ष शर्माले भने, ‘जनकपुरको गोदार घटनालगायतमा दोषीहरुमाथि कारवाहीका लागि सिफारिस गर्दा पनि सरकारले त्यसप्रति…विस्तृत समाचार »

राजनीतिक संयन्त्रको बिहानको बैठक बिना निष्कर्ष सकियो

  १७, माघ, काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबार बिहानको बैठकले ठोस निर्णय गर्न सकेन । बैठकमा सरकारको कामकारवाही प्रभावकारी बनाउने विषयमा छलफल भएको र बेलुका पाँच बजे फेरि बैठक बस्ने नेताहरुले बताएका छन् । सिंहदरबारमा बिहान बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको र बेलुका बस्ने बैठकमा ठोस निर्णयको प्रयास हुने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ ।…विस्तृत समाचार »

घोराइ नगर समितीको सभापतिमा बुढाथोकी विजयी

१७ माघ ,काठमाडौ । नेपाली कांग्रेस घोराही नगर समितिको  सभापतिमा काँग्रेस नेता खुमबहादुर खड्का पक्षधर यूवा व्यवसायि मनोज बुढाथोकी निर्वाचित भएका छन् ।बुढाथोकी ३ सय ८ मत सहित निर्वाचित भएका हुन । शनिवार भएको निर्वाचनमा बुढाथोकीले रमेश पाण्डेय र भरतमणि शर्मालाई पछाडी पार्दै विजय हासिल गरेका हुन । बुढाथोकीले पाण्डेलाइ ४८ मत अन्तरले पराजित गरेका हुन । घोराही नगरमा काँग्रेसका कुलमतदाता संख्या ८ सय ३८ रहेकोमा…विस्तृत समाचार »

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

१७ ,माघ,काठमाडौ । भारतबाट पटक पटक औपचारिक र अनौपचारिक निम्तो पाएका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारी गर्न कूटनीतिक र औपचारिक सक्रियता तीव्र हुँदै गएको बताइएको छ। आगामी फेब्रुअरी महिनाको १९ देखि २३ सम्म भारत भ्रमण हुने गरी दुवै देशका सम्बन्धित निकायहरुले गृहकार्य गरिरहेको बुझिएको छ। उक्त भ्रमणले दुई देशबीच उत्पन्न असमझदारी कम गर्ने जानकारहरुको विश्वास छ।विस्तृत समाचार »

global ime

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो 

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

२४ पुस काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ। विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्।

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

२३ पुस काठमाडौ । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए। सुरूदेखि नै  चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top