राजनीति
नाकासंगै वार्ता पनि बन्द
१४,माघ,काठमाण्डौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच ५ माघयता संवाद टुटेको छ । बालुवाटारमा तीन दल र मोर्चाबीच शीर्ष तहको वार्तामा प्रधानमन्त्री केपी ओली आक्रोशित रूपमा प्रस्तुत भएपछि वार्ता भाँडिएको थियो । प्रधानमन्त्री ओली र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीबीच भनाभनसमेत भएको थियो । त्यसपछि वार्ता भएन, दलहरूले ९ माघमा संविधान संशोधन गरे । ‘संविधान संशोधनपछि मोर्चासँग संवाद भएको छैन,’ उपप्रधानमन्त्री तथा सरकारी कार्यदलका सदस्य…विस्तृत समाचार »
राहत दुरुपयोग गर्ने आइएनजिओलाई कारबाही नगर्न ‘एमाले दबाब’
१४,माघ,काठमाडौं । भूकम्पपीडितका नाममा अर्बौं रकम उठाएर दुरुपयोग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजिओलाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलासा भएको छ । एमाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नै आइएनजिओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी अधिकारीहरुको दाबी छ ।
आइएनजिओको नियमन अघि बढाउन खोजेका समाजकल्याण मन्त्रालयका एक अधिकारीले भने, ‘आइएनजिओलाई सहायता दुरुपयोगबारे छलफल गर्न बोलाउनै नहुने अवस्था छ, प्रधानमन्त्रीनिकट उच्च तहको नेताको…विस्तृत समाचार »
झलनाथ प्रतिष्ठानलाई कानुनविना एक करोड
१४,माघ,काठमाण्डौं । बिपी कोइरालादेखि मनमोहन अधिकारीसम्म सामान्यतया दिवंगत नेताका नाममा प्रतिष्ठानहरू छन् । तर, झलनाथ खनाल प्रतिष्ठान जीवित नेताको नाममा रहेको एउटा उदाहरणीय प्रतिष्ठान हो । त्यो प्रतिष्ठानका लागि निर्देशिका बनाएरै दिन सकिने भए पनि स्वास्थ्य मन्त्रालयले कानुन मिचेर पैसा दिन थालेको छ ।
एक वर्षअघि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो । सर्पदंशको औषधि अनुसन्धान र प्रचारप्रसारका लागि सो प्रतिष्ठानलाई एक करोड…विस्तृत समाचार »
इलाममा कांग्रेस सभापतिमा पाँचजना भिड्ने
१३,माघ,इलाम । नेपाली कांग्रेसको आशन्न १३औँ महाधिवेशन नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तातिँदै गएको छ । जिल्ला सभापतिका लागि पूर्वसभापति तथा महासमिति सदस्य हिमालय कर्माचार्य, होम दुलाल, भेषराज आचार्य, वर्तमान कोषाध्यक्ष डम्बर खड्का र बेनुपराज प्रसाईंले उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्ला, क्षेत्रीय सभापति तथा विभिन्न पदमा उम्मेदवार घोषणा गरी नेता गाउँगाउँका क्रियाशील कार्यकर्तालाई आफ्नो पक्षमा पार्न लागिपरेका
छन् ।
क्षेत्रीय सभापतिमा क्षेत्र नं…विस्तृत समाचार »
स्थानीय चुनावका लागि सरकारले तयारी थालिसक्यो : मन्त्री थापा
१३ ,माघ, बिराटनगर। उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको चुनावका लागि सरकारले तयारी थालिसकेको दावी गरेका छन् ।
विराटनगरमा पूर्वाञ्चलका १६ जिल्ला र ५२ नगरपालिकाको अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री थापाले सरकारले स्थानीय निकायको चुनावका लागि राजनीतिक परामर्श गरिरहेको बताए ।
सरकार र सत्तारुढ पार्टी चुनावका लागि तयार भइसकेकाले प्रमुख प्रतिपक्षी र अरु दलसँग छलफल गरी मिति तोकिने दावी उनले दावी…विस्तृत समाचार »
सरकारले फेरि गर्दैछ सचिव सरुवाको तयारी, कानुनमन्त्रीका कारण न्याय सेवा प्रभावित
१३ माघ काठमाडौ । चार सचिवको बढुवा र पदस्थापन गरेको हप्ता दिन नबित्दै सरकारले फेरि सचिव सरुवाको तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकबाट सचिव सरुवाको निर्णय गराउने तयारीमा केही मन्त्रीहरू रहेका छन् । तर, मुख्यसचिव सोमलाल सुवेदीले भने सचिव सरुवाको एजेन्डाबारे आफूलाई थाहा नभएको बताएका छन् ।
स्रोतअनुसार, सूचना तथा सञ्चार मन्त्रालयको रिक्त पदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेश थपलियालाई…विस्तृत समाचार »
सम्पूर्ण माओवाद समर्थकबिच एकता हुन्छ :शर्मा
१३ माघ दैलेख । एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले मोहन वैद्य नेतृत्वको माओवादीसहित सम्पूर्ण माओवाद समर्थकबिच एकता हुने बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी पत्रकार संघ दैलेखले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले फागुन १ अघि नै एकता गर्ने गरी प्रयास भइरहेको बताउनुभयो । संसदको लेखा समितिका सभापति र एमाओवादीका ६ नम्बर प्रदेशका इञ्चार्जसमेत रहनु भएका नेता प्रभाकरले राष्ट्रिय सहमतिको सरकारमा…विस्तृत समाचार »
कांग्रेसको ९७ सदस्यीय कार्यसमिति वनाउन प्रस्ताव
१३,माघ ,काठमाडौं । कांग्रेस संस्थापन पक्षले तीन उपसभापतिसहित ९७ सदस्यी केन्द्रीय कार्यसमिति बनाउने प्रस्तावसहितको विधान मस्यौदा तीन शीर्ष नेतालाई बुझाएको छ ।
संगठन विभाग प्रमुखसमेत रहेका आनन्द ढुंगाना संयोजकत्वमा गठिन विधान समितिमा पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या बढाउने विषयमा सहमति नजुटेपटि संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको फरक मतसहितको प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाइएको हो ।
विधान समितिमा रहेका देउवा पक्षीय सदस्यले पार्टीको आवश्यकताभन्दा व्यक्ति…विस्तृत समाचार »
चित्रवहादुरको पदीय हैसियतमाथि कांग्रेसको प्रश्न
१३,माघ,काठमाडौं । प्रमुख विपक्षी कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको सरकारी प्रस्तावका विपक्षमा मतदान गर्ने उपप्रधान एवं गरिवि निवारण मन्त्री चित्रबहादुर केसीको पदीय हैसियतमाथि प्रश्न उठाएका छन् ।
सरकारमा बसेर सरकारी प्रस्तावको विपक्षमा मतदान गर्नु लोकतान्त्रिक र संसदीय व्यवस्था सुहाउँदो नभएको भन्दै लेखकले संसद्मा प्रश्न उठाएका हुन् ।
संविधानमा पहिलो संशोधन विधेयकमाथि शनिबार संसद्मा भएको मतदानका क्रममा केसीले विपक्षमा मतदान गरेका थिए ।
‘कानुनमन्त्री सरकारको…विस्तृत समाचार »
मधेसी मोर्चामा दुई धार
१३,माघ,काठमाडौं । महिनायता जारी मधेस आन्दोलनको मुख्यवाहक मधेसी मोर्चाभित्र असमझदारी चुलिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद््द चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’ को वकालत गरिरहेका छन् भने सद्भावना अध्यक्ष राजेन्द्र महतो ‘मधेसी महागठबन्धन’ को वकालत गरिरहेका छन् ।
दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा यादवले राजनीतिक प्रतिवेदनमै मधेस–पहाड जोड्ने गरी संघीय गठबन्धन गठन गर्नुपर्ने प्रस्ताव गरे । अघिल्लो…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
