राजनीति
बाबुरामको नयाँ शक्तिमा २२ जना थपिए (सुचीसहित )
१२,माघ,काठमाण्डौं ।
बाबुराम भट्टराइ संयोजक रहेको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा आज थप २२ जना थप गरिएको छ । २ सय ६५ जनाको अन्तरिम परिषद् बनाउने तयारी गरिएकोमा यसअघि ३५ जनाको नाम सार्वजनिक गरिकएको थियो । दोस्रो लटमा थपिएका अधिकांश पूर्वमाओवादी नेता रहेका छन् ।
हेर्नुस् थपिएका परिषद् सदस्यहरु
१ कर्णध्वज केसी प्यूठान
२ कलामुद्दीन राइन् महोत्तरी
३ कल्पना धमला धादिङ
४ कुमार पौडेल …विस्तृत समाचार »
प्रधानमन्त्रीको नक्कली फेसवुक आईडीले हैरान
१२,माघ,काठमाण्डौं । प्रधानमन्त्री एवंम् अध्यक्ष केपी ओलीको नाममा फेसबुक सञ्चालनमा आएपछि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको कुनै फेसबुक पेज नरहेको स्पष्ट पारेको छ । प्रधानमन्त्री ओलीको भन्दै चलाइएको पेजमा जथाभावी पोष्ट हुन थालेपछि प्रेस सल्लाहकार प्रमोद दाहालले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । दाहालले प्रेस नोट जारी गरि भन्नुभएको छ– सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको नाममा फेक आईडी प्रयोग गरी फेसबुक सञ्चालन भईरहेकोमा हाम्रो गम्भीर ध्यानाकृष्ट…विस्तृत समाचार »
संसद बैठक लम्ब्याउने तयारी
१२ ,माघ ,काठमाडौ। गणपूरक संख्या नपुगेर स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १ बजे बस्ने बैठकमा विभिन्न विधेयक पेश हुने बुझिएको छ ।
यसअघि सोमबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आजका लागि स्थगित भएको थियो ।
यसैबीच, संसदको बैठक अलि लामो समयसम्मका लागि स्थगित गर्ने तयारी भएको छ । संसद सचिवालय स्रोतका अनुसार कांग्रेसको मागअनुसार माघको अन्त्यसम्म संसद बैठक स्थगित…विस्तृत समाचार »
गोइत कार्यकर्ता भन्दै चन्दाका लागि धम्क्याउने पक्राउ
१२,माघ लहान। जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइत समूहको कार्यकर्ता भन्दै व्यापारीसँग चन्दा सहयोग माग्ने र नदिए अपहरण गरी ज्यान गर्ने धम्की दिएको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक जनालाई पक्राउ गरेको छ ।
आफूलाई गोइत समूहका कार्यकर्ता भनी सिरहाको लहान नगरपालिकाका स्थानीय व्यवसायीसँग आर्थिक सहयोग माग्ने र नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिँदै आएका लहान नगरपालिका–८ निवासी विजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।व्यापारीसँग चन्दाका लागि…विस्तृत समाचार »
किन गर्दैछ एमाले काग्रेसको महाधिवेशन रोक्ने षड्यन्त्र
१२,माघ काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आफनो पार्टीको १३ औ महाधिवेशन रोक्ने षडयन्त्र गरेको आरोप लगाएको छ ।
सभामुख ओनसरी घर्तीको अगुवाइमा सोमबार सिंहबारमा राखेको प्रमुख पाँच दलका शिर्ष नेता र प्रमुख सचेतकको बैठकमा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले एमालेले आफनो पार्टीको महाधिवेशन रोक्ने षडयन्त्र गरेको आरोप लगाएको जानकारी स्रोतले दिएको छ ।
संसदीय नियमावली अनुमोदन गराउन प्रमुख…विस्तृत समाचार »
यसरी मिल्यो कांग्रेस लफडा
१२,माघ,काठमाण्डौं । क्रियाशील सदस्यताको विवाद मिलाउने र जिल्ला सभापति कतिपटक हुन पाउने भन्ने टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बिहान ९ बजेलाई डाकिएको थियो । आकस्मिक भन्दै डाकिएको बैठकमा भाग लिन अधिकांश केन्द्रीय सदस्य समयमै केन्द्रीय कार्यालय सानेपा पुगे । केन्द्रीय सदस्यका लागि भित्र बैठक हलमा होइन, बाहिरै आागनमा प्लास्टिकका कुर्सी राखिएको थियो । उनीहरूलाई त्यहीा बस्न भनियो ।
केन्द्रीय सदस्यहरू बाहिर चिया खाएर…विस्तृत समाचार »
नेपाल–भारतबीचको असमझदारी हट्दै : परराष्ट्रमन्त्री
११,माघ काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीचको असमझदारी हट्दै गएको दाबी गर्नुभएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा उहाले नेपालमा नयाँ संविधान जारी भएपछि चिसिएको सम्बन्धमा दुबैतर्फको प्रयासपछि न्यानोपन विकास भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा भारतीय राजदूत रणजित रायले संविधान संशोधन गरेर नेपाल सरकारले समस्या समाधानको दिशामा कदम चालेको र यसमा भारतको समर्थन रहेको बताउनुभयो ।
उहाले बाँकी रहेका समस्याहरुको पनि…विस्तृत समाचार »
डाक्टर केसीको माग चाहेर पनि पुरा गराउन सक्दिन : मन्त्री पोखरेल
११ , माघ काठमाडौं ।शिक्षामन्त्री गिरीराजमणी पोखरेलले डाक्टर गोविन्द केसीको माग आफूले चाहेर पनि पुरा गराउन नसक्ने बताउनुभएको छ ।
आफ्ना माग पुरा नभएको भन्दै गोविन्द केसीले अनसन बस्ने चेतावनी दिइरहेका बेला शिक्षा मन्त्री पोखरेलले कतिपय माग आफूले चाहेर पनि पुरा गर्न नसक्ने भएकाले समस्या भएको बताउनुभयो । उहाँले डाक्टर केसी अनशन बस्ने परिस्थितिको अन्त्य गराउन चाहेको बताउनुभएको छ ।
शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको…विस्तृत समाचार »
कोइरालाको स्वास्थ्य कमजोर, अक्सिन नछाड्न सल्लाह
११ माघ काठमाडौं । स्वास्थ्य स्थितिले साथ नदिएपछि कांग्रेस सभापति सुशील कोइराला जिल्ला भ्रमणमा निस्कन सकेका छैनन् । तर, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल भने जिल्ला भ्रमण तथा कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
जिल्ला भ्रमणमा जान नसके पनि कोइरालाले कार्यकर्तालाई आफ्नै निवासमा भेट्ने गरेका छन् ।भेटेर फर्कने कार्यकर्ताहरु सभापति कोइराला पुनः उम्मेदवार बन्ने कुरामा ढुक्क देखिन भने सकेका छैनन् ।…विस्तृत समाचार »
अध्यक्षकै पूत्रलाई मन्त्रीको एम्बुस !
११,माघ,काठमाडौं । पञ्चायककालदेखिका दुई प्रतिश्पर्धी हुन्, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द । थापाको निधन भइसकेको छ र उनले आफ्नै जीवनकालमा छोरा सुनीललाई मन्त्री बनाएरै छाडे । तर, प्रतिश्पर्धी चन्द अहिले राप्रपाको अध्यक्ष नै भएपनि उनले आफ्नो छोरालाई कसैगरेपनि मन्त्री बनाउन सकेका छैनन् । मुखैमा आएको मन्त्री पदपनि छोरा जयन्तले नपाउने अवस्था बन्दै गएको छ । जयन्तलाई मन्त्री बनाउन लोकेन्द्रले ठूलै राजनीतिक जुवा खेलेका थिए ।…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
