राजनीति

शुक्रबार राति राजदूतलाई भेटेपछि कोइराला बदलिए

२४, असोज काठमाडौँ ।  कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रन्जित रेले शुक्रबार राति भेटेका थिए । केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको पार्टी उमेद्वार टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालाई प्रधानमन्त्रीमा पुन अघि सर्न आग्रह गरेको स्रोतको दाबी छ ।  त्यसअघि कोइराला प्रधानमन्त्रीमा उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने योजनामा थिए । भारतकै योजना अनुसार कोइराला एकाएक प्रधानमन्त्री बन्न अगाडि…विस्तृत समाचार »

अनिवार्य उपस्थित भई केपी ओलीलाई मतदान गर्न एमओवादीको ह्विप

२३, असोज काठमाडौँ । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चुनावमा अनिवार्य उपस्थित हुन र केपी शर्मा ओलीलाई मतदान गर्न ह्विप जारी गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले आइतबार अनिवार्य उपस्थित भए ओलीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  आइतबार संसदमा हुने प्रधानमन्त्रीको चुनावमा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।विस्तृत समाचार »

भारतले पैसाको खोलो बगाएपछि कोइरालालाई रातारात बहुमत जुट्दै

२३, असोज काठमाडौँ ।  एमाओवादी, राप्रपा नेपाल लगायतका दलले समर्थन गरेका कारण गणितीय हिसाब गर्दा एमाले उम्मेदवार केपी शर्मा ओलीको स्पष्ट बहुमत पुग्छ । तर राजनीतिमा अंक गणितले मात्र काम गर्दैन । राजनीतिको यही हरहिसाब यसपटक फेरि दोहोरिने सम्भावना बढेको छ । एमाओवादीका केही नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयको बिरोध गर्दै विज्ञप्ती निकालेपछि शनिबार दिउँसो नै यसको संकेत देखिसकेको थियो । विज्ञप्तीमा नाम भएका…विस्तृत समाचार »

कांग्रेस नेता पूर्णबहादुर खड्काले किन दिए राजीनामा

२३, असोज काठमाडौँ ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयप्रति असहमति जनाउँदै  सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएपछि खड्काले शनिवार राजिनामा दिएका हुन् ।  प्रधानमन्त्रीमा कोइरालाको उम्मेद्वारी दिने कांग्रेसको शनिबारको निर्णयप्रति  खड्काले आफ्नो ‘नोट अफ डिसेन्ट‘ लेखेका थिए । अरु दलसँग विगतमा भएका सहमति र सहकार्य कांग्रेसले तोडेकोले आफूले राजीनामा दिएको…विस्तृत समाचार »

नयाँ सरकारको उपप्रधानमन्त्री कमल थापा

२३ असोज, काठमाडौं ।  राप्रपा नेपालले प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेसँगै  अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । राप्रपा नेपालले अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । कमल थापा उपप्रधानमन्त्री बनाउनेगरि राप्रपा नेपालले ओलीलाई समर्थन गरेको स्रोत बताउँछ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैं ओलीको उम्मेदवारीमा समर्थक बसेका छन् । थापाले सरकारमा सम्मानजनक स्थान…विस्तृत समाचार »

प्रधानमन्त्री हुन ओलीले गरे १४ बुँदे सहमति

२३ असोज ,काठमाडौ ।सरकार गठनका क्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच १४ बुँदे सहमति भएको छ । सहमति पत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् । सरकार गठनका लागि एमाओवादीले अघि सारेको ८ बुँदे आधार पत्रलाई टेकेर १४ बुँदे सहमति भएको हो ।   यो राजनीतिक सहमति भएको र यसमा शक्ति बाँडफाँडको विषय नभएको जनाईएको…विस्तृत समाचार »

एमालेलाई समर्थन गरेसंगै एमाओवादीमा विवाद

२३ असोज, काठमाडौ ।बहुमतीय सरकार गठनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेसँगै एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ ।एमाओवादीका २९ नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् । साथै निर्शत एमालेलाई समर्थन गरेमा आफूहरुको विमती रहेको बताएका छन्। देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरेका…विस्तृत समाचार »

राजिनामा दिनेबित्तिकै कोइरालाको उम्मेदवारीः प्रस्तावक देउवा, समर्थक पौडेल

२३, असोज काठमाडौँ ।  नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार बनेका सुशील कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । बरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र उप सभापति रामचन्द्र पौडेलको समर्थनमा कोइरालाले उम्मेद्वारी दर्ता गराएका हुन् । यसअघि कोइरालाले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री पदको राजीनामा दिएका थिए । विस्तृत समाचार »

भारतको सहयोग बिनै प्रधानमन्त्री बन्ने भए केपी ओली, अहिलेसम्म केपीका ३२९ मत पक्का

२३, असोज काठमाडौँ ।  भारतको सहयोग बिनै केपी ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ । भारतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन न्वारनदेखिको बल लगाएपनि उनि आखिरमा प्रधानमन्त्री बन्ने पक्का भएको छ । केपीलाई प्रधानमन्त्री हुनबाट रोक्न भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी एबी माथुर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा काठमाडौँ आएका थिए । मोदीसहित भारतीय अधिकारीले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई हुन नदिने…विस्तृत समाचार »

अबको प्रधानमन्त्री केपी ओली

२३ असोज ,काठमांडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ ।व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् ।केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top