राजनीति

तीन दलले मधेसी मोर्चालाई भन्यो, नाकाबन्दी किन ?

११, असोज काठमाडौँ ।  मधेस केन्द्रित दलहरुले नाका बन्द गरेर देशमा हाहाकार मच्चाईरहेका बेला तीन दलले सीमा क्षेत्रमा अवरोधको कारण मागेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले काठमाडौंमा हाहाकार मच्चिने गरी सीमा क्षेत्रमा अवरोध किन गरेको हो भनी स्पष्ट पार्न आग्रह गरेको हो । यस्तै तीन दलको बैठकले मोर्चाका माग के–के हुन् स्पष्टरुपमा राख्न  आग्रह गरेको छ…विस्तृत समाचार »

चिनियाँ नाका खोल्न पहल सुरु,प्रचण्ड र चिनियाँ राजदूतबिच लाजिम्पाटमा वार्ता

११ असोज भारतले नेपालमा नाकाबन्दी लगाएपछि एकीकृत नकेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग जोडिएका नेपाली नाका खोल्न पहल सुरु गरेका छन् । तत्काल नाकाबन्दी खोल्न भारतले आलटाल गरिरहेका बेला प्रचण्डले चिनियाँ राजदूत वु चिन्ताईलाई सोमबार विहान लाजिम्पाटस्थित निवासमा बोलाएर नाका खोल्ने विषयमा छलफल गरेका हुन् । चिनियाँ राजदूतसँग भारतको नाकाबन्दी र अहिलेको अवस्थामा चीनको सहयोग बारे छलफल भएको लाजिम्पाट स्रोतले जनाएको छ । साथै…विस्तृत समाचार »

कार्यकर्तालाई निःशुल्क भात खुवाउन मधेसी मोर्चाको उर्दी

   ११ असोज,कार्यकर्तालाई निःशुल्क भात खुवाउन मधेसी मोर्चाको उर्दी, चामल माग्न सुरु विगत ४५ दिनको लगातारको बन्द र नाकाबन्दीले पहाडमा भन्दा पनि तराई मधेसका जिल्लामा समस्या भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पछिल्लो विज्ञप्तिले देखाएको छ ।संयुक्त लोकतान्त्रि मधेसी मोर्चा पर्साले आइतबार जारी गरेको प्रेश विज्ञप्तिअनुसार तराई मधेसका जिल्लामा नाकाबन्दी र आमहड्तालले सबैभन्दा धेरै प्रताडित तराईका जनता भएको देखिएको हो ।मधेसको आन्दोलनले गरिव जनताले खान नपाइ…विस्तृत समाचार »

रुपन्देहीको बेलहिया नाकामा मधेसी मोर्चाको धर्ना, आवात जावत ठप्प

  १० असोज,  रुपन्देहीको सीमाना बेलहिया नाकामा मधेसी मोर्चाका नेताहरु धर्नामा बसेका छन् । मुलुकमा नाकाबन्दी गर्ने निर्णयअनुसार मोर्चाका नेताहरु नेपालभारत सीमानामा धर्ना बसेर आवातजावत ठप्प पारेका हुन् । मोर्चाका नेताहरु सीमानामा धर्ना बसेपछि नेपालभारत दुवै तर्फबाट सवारी साधनको आवतजावत ठप्प भएको छ । उनीहरु नेपाल भारत सीमानाको दशगजामा धर्ना बसेर नाराबाजी गरिरहेका छन् । आइतबार भारतबाट नोपालतर्फ कुनै पनि मालबाहक गाडीहरु आएका छैनन् ।…विस्तृत समाचार »

सप्तरीमा कोष तथा लेखा नियन्त्रकको कार्यालय तोडफोड

१० असोज,  मधेशी मोर्चाका कार्यकर्ताले कोष तथा लेखा नियन्त्रक कार्यलय सप्तरीमा तोडफोड गरेका छन् । दुई दिन अघि प्रहरी प्रशासनलाई रकम निकासा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीमा आज बिहान साढे १० बजे तोडफोड गरेका हुन् ।राजविराजको जनआन्दोलन चौकस्थित रहेको सो कार्यालयका प्रमुख महेन्द्र राणा र लेखा अधिकृतको कार्य कक्षमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । कार्यालय प्रमुख राणाको कार्यकक्षमा…विस्तृत समाचार »

बाबुराम असोज १२ गते जनकपुर जाने

  १० असोज,एमाओवादीबाट बाहिरिएका नेता डा। बाबुराम भट्टराई आगामी असोज १२ गते जनकपुर जाने भएका छन् । उनले १२ गते जनकपुर जाने  तयारी गरिरहेका छन् ।जनकपुरमा सभाका लागि मोर्चाका चार नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई उनले संयुक्त सभाका लागि आग्रह गरिरहेका छन् । मधेसी मोर्चाका यी ४ नेतासहित जनकपुरमा सभा गर्ने सोच बनाएपनि मोर्चाका नेताहरूले मानेका छैनन् । मोर्चाका नेताहरूले…विस्तृत समाचार »

भारतविरूद्ध विद्यार्थी संगठनहरूद्वारा विरोधका कार्यक्रम तय

  १० असोज,संयुक्त विद्यार्थी संघसंगठनले भारतीय रवैयाको विरूद्धको आन्दोलनको स्वरूप तयार पारेका छन् । आज अनेरास्ववियूको कार्यालय बागबजारमा भएको बैठकले बारतीय रवैया विरूद्धको आन्दोलनका कार्यक्रम तय गरेको हो । अनेरास्ववियूका प्रवक्ता आर सी लामिछानेका अनुसार आन्दोलनका कार्यक्रममा भारतीय दूतावास घेराउ गर्ने साथै सोही समयमा देशभर विरोध प्रदर्शन गर्ने र १२ गते संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने रहेका छन् । विद्यार्थी संघसंगठनहरूले सोमबार दिउसो ३ बजे भारतीय…विस्तृत समाचार »

कसको योजनामा तुहाउँदैछन् गच्छदारले थारु आन्दोलन

१० असोज ,थारु समुदायले आफ्नो बलबुतामा आन्दोलन उचाइँमा पुर्‍याइरहेका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहकार्य गर्न थालेपछि थारु आन्दोलनभित्र चिसोपना देखिएको छ ।मधेसी मोर्चासँग सधैँ असहमति राख्दै आएको थारुरथारुवान संयुक्त संघर्ष समितिले आफ्नै बलबुतामा आन्दोलन अगाडि बढाउने जनाउँदै आएको छ ।मधेसी मोर्चासँग गच्छदारले सहकार्य गरेर जान थालेपछि थारु आन्दोलन कमजोर हुने हो की भन्ने चिन्ताले थारु नेताहरूलाई सताउन…विस्तृत समाचार »

विप्लव माओवादीले घेराउ गर्‍यो भारतीय दूतावास

१० असोज ,मधेसी दलहरुको आन्दोलन र ती दलका नेताहरुको आग्रहमा भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपालस्थित भारतीय राजदूतावास घेराउ गरेको छ ।अन्तर्राष्ट्रिय सन्धि र कानुनहरुको उल्लंघन गर्दै भारतीय पक्षले नेपालमा अघोषित नाकाबन्दी लगाएको भन्दै विप्लव माओवादीले आज काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास घेराउ गरेको हो । दलबलसहित पुगेका हज्जारौँको संख्याका विप्लव माओवादीका नेता तथा कार्यकर्ताले भारतविरुद्ध चर्का नारावाजी…विस्तृत समाचार »

नाकाबन्बन्दी हामीले गरेका हौँ। भारतलाई दोष किन ? उपेन्द्र

९ असोज,संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमामा आफूहरुले नाकाबन्दी गरेको बताउँदै भारतलाई दोष दिन नहुने बताएका छन् ।बिराटनगरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सीमापारी समस्या देख्ने सरकारले सीमावारी समस्या नदेखेको आरोप लगाए । समस्या सीमापारी होइन सीमावारी छ’, उनले भने, ‘यसलाई सेना र सशस्त्रबाट नभएर राजनीतिक रुपमा समाधान गरिनु पर्छ ।’ अध्यक्ष यादवले ‘विवाहमा निमन्त्रणा’ गर्न कार्ड पठाएजसरी बोलाउँदैमा सरकारसँग…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top