प्रवास

न्यूयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

२३ पुस, काठमाडौं । न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् । न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको स्थानीय अनलाइनहरुले समाचार लेखेका छन् । दुर्घटनालगत्तै आमा–छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो । श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ‘ट्रकले…विस्तृत समाचार »

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

२७ असोज, काठमाडौं । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ ।  स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो । २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै…विस्तृत समाचार »

अमेरिकामा सवारी दुर्घटना हुँदा एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

१९ भदौ, काठमाडौं । तीन जनाको ज्यान जानेगरी अमेरिकाको मिजोरी हाईवेमा मंगलबार भएको दुर्घटनामा एक नेपाली दम्पत्तिसहित तिनको छोरीको मृत्यु भएको पुष्टि भएको छ । सोही परिवारका २ गम्भीर घाइते भएका छन् । अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र श्रद्धा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको छ । शान्ता नाताले गोविन्दका श्रीमती र श्रद्धा छोरी हुन् ।…विस्तृत समाचार »

मलेसियामा अवैधानिक भएका नेपाली कामदार स्वदेश फर्किन थाले

३२ साउन, काठमाडौं । मलेसियामा अवैधानिक भएर बसेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक कामदारलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । साउन १६ अर्थात अगस्ट १ देखि पुस १५  अर्थात डिसेम्बर १ सम्मको लागि मलेसियाले आममाफीको समय दिएको छ । मलेसियामा अवैधानिक रहेका नेपाली सहित अरु देशका नागरिकले यो…विस्तृत समाचार »

एनआरएनए कतारको अधिवेशन अगष्ट ३० मा हुने

३० बैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय अधिवेशन आगामी अगष्ट ३० मा हुने भएको छ ।  एनसीसी कतारको तेश्रो भेलाले सो निर्णय गरेको हो। भेलाले नयाँ सदस्यको आवेदन पनि आव्हान गरेको छ। निर्णय अनुसार ५ मई मा खुल्ला गरिएको सदस्यता आव्हान ३० जुन २०१९ सम्म खुल्ला रहनेछ । स्वीकृत पञ्जिकृत सदस्यको अन्तिम नामावली २६ जुलाईमा प्रकाशित गरिने महासचिव बुधबल…विस्तृत समाचार »

कतारमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ हुदैँ

दोहा । कतारमा चर्चित कलाकारको साथमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ हुने भएको छ । कार्यक्रम जुन ४ मा कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा हुने आयोजकले जनाएको छ ।  नेपालीहरुको प्रमुख कर्मभूमिका रुपमा परिचित कतारमा यो कार्यक्रम चितवनमा बन्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’कालागि सहयोगको उद्देश्यसहित आयोजना हुन लागेको हो । कार्यक्रमको आयोजकमा गैरआवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व उपसंयोजक तथा सफल व्यावसायी…विस्तृत समाचार »

राजधानीमा भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठी आयोजना

काठमाडौं । गैरआवासीय नेपालीहरुको कुरा आउने वित्तिकै लामो समयदेखि आर्थिक लगानीसँग जोड्ने गरिएको छ । तर, शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा सहभागीहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृति पनि साथै समृद्ध बनाउँदै लैजानुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ, भाषा साहित्य प्रवर्द्धन समितिले राजधानीमा गरेको भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठीका सहभागी स्रष्टाहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि साथै अघि…विस्तृत समाचार »

जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्छ : भुसाल

टोक्यो स्  सोनु भुसाल ९सोनु०ले जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्ने बताएकी छिन् । उनले समितिको नियत नराम्रो भएको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ समितिको बारेमा युवाहरुले सोच्नुपनेले बेला भएको बताएकी हुन् ।  जापानमा अध्ययन गर्न गएकी भुसालले समितिमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । उनले नेपाली काङ्रेसको भातृ संगठन जन सम्पर्क समिती जापानको कान्तो क्षेत्रमा आफ्नो विद्यार्थी…विस्तृत समाचार »

अमेरिकाको कोलोराडोमा प्रहरीले गोली हान्दा नेपालीको मृत्यु, को थिए वीरेन्द्र ठकुरी ?

 पासाङ शेर्पा आफ्ना साथी वीरेन्द्र ठकुरीको बारेमा सोच्दा उनको मुस्कान सम्झिन्छन् । विगतका यादहरू मस्तिष्कमा आउँदै गर्दा उनी ठकुरीलाई नेपालीहरूको कार्यक्रममा भाग लिएको अनि बूल्डर क्रीक जलाशयमा पौडी खेलेको र गोल्डेन नामक स्थाननजिक पहाडको फेदमा साइकल गुडाएको सम्झन्छन् । सत्ताईस वर्षीय ठकुरी अब यी कुनै पनि कुरा गर्न सक्ने छैनन् ।  स्ट्राटफोर्ड लेक्सको शान्त वेस्टमिन्स्टर टोलनजिक –यान्च रिजर्भ पार्कवे र फेडेरल बूलेभार्डको दोबाटोमा अगस्ट २५…विस्तृत समाचार »

एनआरएनको मध्यपुर्व सम्मेलनमा कस्ले के भने ?

गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको वताए । ‘हरेक नेपाली युवाहरु गास र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपुर्ण छ ।’ वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top