norvic
global ime bank

प्रवास

मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु

१७ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेको साइप्रस प्रहरीले जनाएको छ । यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् । उनको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरी अनुसार…विस्तृत समाचार »

कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जना पक्राउ

१६ भदौ, काठमाडौं । नेपालीको श्रम गन्तब्य मुलुक कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जनालाई पक्राउ गरिएको छ । कुवेतको निवास मामिला अनुसन्धान विभागको सामान्य प्रशासनका अनुसार एक अरबीयनसहित १२ जना एसियन नागरिकलाई पक्राउ गरिएको जनाएको छ । सामान्य प्रशासनले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो । महिला कामदारको लागि रोजगार प्रदान गर्ने बताइएको उक्त कार्यालयबाट…विस्तृत समाचार »

कतारमा कोरोना संक्रमित घट्दै, ४४ लाख डोज खोप वितरण

१६ भदौ, काठमाडौं । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ । कतारमा सोमबार २०५ जनामा संक्रमण पुष्टी भएको थियो भने पछिल्लो २४ घण्टामा १७३ जनामा नयाँ संक्रमण भेटिएको छ । योसँगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३२ हजार ७४४ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा २७७ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको…विस्तृत समाचार »

​कुवेतमा गैरकानुनी रुपमा बसेका नेपालीलाई पनि कोरोना खोप

९ भदौ, काठमाडौं । कुवेत सरकारले गैरकानुनी रुपमा बसेका विदेश श्रमिकहरूलाई पनि कोरोना बिरुद्धको खोप उपलब्ध गराएको छ । गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले बिहिबारसम्म कुवेतको ओफ्रा हेल्थसेन्टरमा खोप पुगेर खोप लगाउन सकिने गैरआबासीय नेपाली संघ (एनआरएनए)कुवेतले जनाएको छ । त्यहाँको सरकारले गैरकानुनी रुपमा बसेका बिदेशी श्रमिकको लगि खोप शिविर सञ्चालन गरी खोप दिईरहेको र समयमै खोप लगाई मौका फाइदा लिन गैरकानुनी रुपमा कार्यरत…विस्तृत समाचार »

​कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव

७ भदौ, काठमाडौं । बैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर स्वदेश पठाइएको छ । आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर– ७ (डङ्ग्राहा टोल) घर भएकी द्रौपती चौधरीको शव नेपाल पठाउन समस्या भएपछि गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको थियो । एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति…विस्तृत समाचार »

कुवेतमा नेपाली महिलाको शव अलपत्र

३ भदौ, काठमाडौं । बैदेशिक रोजगारीमा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव अलपत्र परेको छ । आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ । शवलाई नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक पर्ने भन्दै एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरी आर्थिक संकलन अभियान सुरु गारिएको…विस्तृत समाचार »

दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड !

२ भदौ, काठमाडौं । नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ । मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ । यी हुन् दुवई प्रवेश गर्ने नेपालीले ध्यान दिनुपर्ने कुराहरू :…विस्तृत समाचार »

​मलेसियामा कार्यरत एक नेपाली युवतीको मृत्यु

३१ साउन, काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ । नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो । २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ । तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन् ।…विस्तृत समाचार »

​कतारमा लागू भएको न्यूनतम पारिश्रमिकबारे नेपाली श्रमिकले जान्नैपर्ने कुरा

२९ साउन, काठमाडौं । कतारले आप्रवासी श्रमिकका लागि गत मार्च २० तारिखदेखि न्यूनतम पारिश्रमिक लागू गरेको थियो। कतारको नयाँ श्रम कानुन अनुसार अहिले घरेलु तथा अन्य श्रमिकले न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल प्राप्त गरिरहेका छन् । जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय रियाल पाइरहेका छन् । यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय कतारी…विस्तृत समाचार »

​पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु

२१ साउन, काठमाडौं । बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ । एनआरएनएका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् । एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै उनको दुःखद निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top