समाचार
कक्षा ११मा अध्ययनरत एक छात्रालाई होटलमा लगेर परीक्षा लिने तीन शिक्षक पक्राउ
७ माघ, काठमाडौं । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको आरोप छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई…विस्तृत समाचार »
कञ्चनपुरमा महिला बेपत्ता
७ माघ, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए…विस्तृत समाचार »
झापामा ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
७ माघ, काठमाडौं । झापाको मेचिनगर नगरपालिका वडा नं. १३ स्थित चन्द्रगढी–चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. १ ख नम्बरको २५१५ ट्रिपरले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट टाउँकोमा चोट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला…विस्तृत समाचार »
बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
७ माघ, काठमाडौं । डिजेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका-१४ बल्खुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।
ना ७ ख २२०९ नम्बरको डिजेल ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर पछाडि सवार बल्खु आश्रममार्ग घर भएकी ५८ वर्षीया रीता…विस्तृत समाचार »
जंगली हात्तीको आक्रमणबाट मोरङमा एक महिलाको मृत्यु
७ माघ, काठमाडौं । जंगली हात्तीले आक्रामण गर्दा मोरङमा एक महिलाको ज्यान गएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो । प्रहरीका अनुसार जंगलमा घाँस-दाउरा गर्न गएकी पराजुलीलाई मंगलबार बिहान सवा १० बजे जंगली हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते उनको उपचारको क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा बुधबार मृत्यु भएको इलाका…विस्तृत समाचार »
विभिन्न प्रलोभनमा पारी नक्कली कम्पनी खोलेर किसानलाई ठग्ने तीन जना पक्राउ
७ माघ, काठमाडौं । संखुवासभमा कागजमा कृषि कम्पनी खोलेर किसानलाई ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिकामा ‘पोखरी ग्रुप अफ कम्पनी प्राली’ नामको कम्पनी खोलेर ठगी गर्नेहरुलाई चैनपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा छथर घर भएका नरेन्द्र थापा उर्फ रमेश, चैनपुरका स्थानिय चन्द्र बहादुर आले र सुरेन्द्र राई उर्फ मिलन छन् ।
सो समूहले गाई पालन र दुध…विस्तृत समाचार »
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
६ माघ, काठमाडौं । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ । भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २०…विस्तृत समाचार »
बालिका बलात्कार गर्ने युवकलाई २० वर्ष कैद
६ माघ, काठमाडौं । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ ।
अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो । त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म…विस्तृत समाचार »
रोल्पामा गोली लागेर एक महिला घाइते
६ माघ, काठमाडौं । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो ।
जंगलदेखि बाख्रा चरायर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख…विस्तृत समाचार »
सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न चार जना पक्राउ
६ माघ, काठमाडौं । सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट प्रहरीले सोमबार बेलुका ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
