समाचार

निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक संसदमा पेश

१८ जेठ, काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा…विस्तृत समाचार »

अस्पतालको आइसोलेसनमा दुई वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण रिपोर्ट आउन बाँकी

१८ जेठ, बाजुरा । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको छ। जिल्ला अस्पतालले समन्वय समितिको सभाकक्षमा व्यवस्था गरिएको आइसोलेसनमा राखिएकी बूढीगंगा नगरपालिका–१ की बालिकाको मृत्यु भएको अस्पतालका प्रमुख डा. रूपचन्द्र विकले जानकारी दिए। ती बालिका यही जेठ १० गते बुवा, आमासहित भारतबाट फर्किएर बूढीगंगा नगरपालिका–१ स्थित क्वारेन्टिनमा बसेकी थिइन्। त्यस क्रममा ज्वरो, झाडापखालाका साथै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ती बालिकालाई जेठ…विस्तृत समाचार »

आइतबार बिहानै १८ जनामा कोरोना पुष्टि

१८ जेठ, काठमाडौं । नेपालमा आज (आइतबार) बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गरेर दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली…विस्तृत समाचार »

निशान छाप परिवार्तन गर्न संविधान संशोधन विधेयक आज संसदमा पेश हुँदै

१८ जेठ, काठमाडौं । नेपालको नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक आज संसदमा पेस हुने भएको छ। सरकारले प्रतिनिधि सभामा आज संविधान संशोधन विधेयक पेस गर्ने भएको छ। निशान छापमा नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न लागि सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गर्ने लागेको हो। संसद सचिवालयले विधेयकलाई संसदको कार्यसूचिमा राखिएको जनाएको छ। यसअघि पनि सरकारले संविधान संशोधनका लागि संसदको कार्यसूचिमा राखिएको भएपनि…विस्तृत समाचार »

​भारतीय समूह जबर्जस्ती गर्दै नेपाल छिर्न खोजेपछि हवाई फायर

१८ जेठ, काठमाडौं । भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको…विस्तृत समाचार »

रातभर अस्पतालको गेट बाहिर रहेका झापाका २७ संक्रमितलाई मन्त्रीले गराए अस्पताल भर्ना

१७ जेठ विर्तामोड । रातभर गेट बाहिर राखिएका झापाका कोरोना संक्रमित २७ जनालाई प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार बिहान ९ बजे अस्पतालमा भर्ना गराएका छन् । मन्त्री घिमिरे एकाबिहानै धरान पुगेर संक्रमितहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका हुन् । शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई गएराति ११ बजेतिर धरान पुर्‍याइएको थियो । उनीहरुलाई सामाजिक विकास…विस्तृत समाचार »

‘पाँच युवा मारिएको रुकुम घटना र रुपन्देहीमा बालिका हत्या प्रकरणमा जनप्रतिनिधि नै संलग्न’

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले  पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट पाँच युवाको मृत्यु र रुपन्देहीकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे तत्काल अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन नेपाल सरकारसँग माग गरेको छ। दुवै घटनामा स्थानीय सरकारका प्रतिनिधि मुछिएका कारण स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न उक्त संस्थाले माग गरेको छ। एमनेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने, ‘दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र…विस्तृत समाचार »

बालाजुमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु

१६ जेठ, काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। नयाँ वसपार्क नजिकै बिजी मल अगाडि भएको दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले जानकारी दिए। गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनी ट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा…विस्तृत समाचार »

मोदीनिकट भारतीय सञ्चारमाध्यमको ‘फेक न्यूज’को खण्डन गर्दै मध्यरातमा नेपाली सेनाको विज्ञप्ती

१६ जेठ, काठमाडौं । नेपाली सेनाले भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्दै बिहीबार राति विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ । हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कमले नेपाली र भारतीय सेनालाई विवादमा तान्नेगरी प्रकाशित गरेको खबरको खण्डन गर्दै जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राति १० बजेर ५५ मिनेटमा विज्ञप्ति जारी गरेको हो। दुवै भारतीय सञ्चारमाध्यम प्रधानमन्त्री मोदीनिकट मानिन्छन् । ‘उक्त…विस्तृत समाचार »

भारतबाट आइरहेका युवकको धनुषा नाकामा मृत्यु, भोकले मरेको भन्दै विरोध

१४ जेठ, धनुषा । भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको छ। भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै सहिद नगरपालिकाका हुन्। उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको त्यहाँ आइपुगेको नेपालीले बताएका छन्।  बुधबार बिहान चाउचाउरचिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासि ती युवकको मृत्यु भएको सशस्त्र…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top