समाचार

​लोपोउन्मुख रातो कमल फुल्ने ताल

२ कात्तिक, बर्दिया । सतन्जीमा ६० बिघा क्षेत्रफलमा फैलिएको सत्खलुवा (सतपटुवाल) ताल संरक्षण गर्नुपर्ने माग गरिएको छ । बाह्रै महिना पानी नसुक्ने सो ताल अतिक्रमणमा पर्ने गरेको स्थानीयवासीको गुनासो छ । पौराणिक कथानुसार देवीदेवताले मान्छे सँगै खेल्दै हराउने अर्थात् सत्पताउने भएकाले सो तालको नाम सतपटुवाल रहेको हो । चुरे क्षेत्रको नजिकै अवस्थित धधवार गाविसमा रहेको प्राकृतिक सत्खलुवा तालमा कसैको नजर नपर्दा ओझेलमा परेको हो ।…विस्तृत समाचार »

​छ सय थान मुद्दाको फैसला

२ कात्तिक, पोखरा । स्याङ्जामा आव २०७२/७३ मा ६२५ थान मुद्दाको पैmसला भएको छ । मुद्दाको फैसला लक्ष्यको ७७.३५ प्रतिशत हो । जिल्लामा आठ सय आठ थान मुद्दा दर्ता भएकामा बाँकी एक सय ८३ थान मुद्दा चालु आवका लागि जिम्मेवारीमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए । जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुले ३६१, शिव रानाभाटले २६४, सूर्यनाथ अधिकारीले ६५ र डिल्लीरमण तिवारीले पाँच थान…विस्तृत समाचार »

​ बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

२ कात्तिक  काठमाडौं,  । सरकारले मंगलबार र बुधबार दुई दिन पाँचवर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि पाँच वर्षसम्मकालाई भिटामिन ’ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो  । बिहानदेखि बेलुकासम्म सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समिति अन्तर्गतका हरेक वडाका तोकिएको केन्द्रमा महिला स्वास्थ्य स्वंयसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने बालस्वास्थ्य महाशाखाले जनाएको छ…विस्तृत समाचार »

​३२ बर्ष अघि फरार भएका अभियूक्त पक्राउ

२ कात्तिक,जाजरकोट । जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।  बत्तीस वर्ष अगाडि भएको घटनापछि तत्कालै भागी हालसम्म फरार रहेकामा दोषी वलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।विस्तृत समाचार »

​स्क्रब टाइफसबाट थप एकको ज्यान गयो

२ कात्तिक, चितवन । स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।  कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।  योसँगै चितवनमा स्क्रब टाइफसका कारण…विस्तृत समाचार »

बैतडीमा चौधवटा झोलुङ्गे पुल निर्माण हुने

२,कात्तिक,बैतडी । बैतडीमा चालु आवमा १४ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत जिल्ला परिषद्ले पारित गरेका पुल निर्माण गरिने जिल्ला विकास समिति बैतडीले जनाएको छ ।  जिल्लाका विभिन्न १४ स्थानमा १४ वटा झोलुङ्गे पुल निर्माण हुने स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिए ।  चौधवटा पुल निर्माणका लागि रु एक करोड १० लाख ४१ हजार बजेट विनियोजन गरिएको उनले…विस्तृत समाचार »

अनौंठो सोखले हिरासतमा पुर्‍यायो

२,कात्तिक,भक्तपुर ।भक्तपुर ८ सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्स म्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो । भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्यत्रै छाडिदिने गर्थे । यसबाट सवारीधनीसँगै प्रहरीले समेत हैरानी खेप्नुपर्‍यो । साँझ राखिएका सवारीसाधन पार्किङस्थलमा नभएपछि…विस्तृत समाचार »

टेलिकमको फोरजी मंसिरबाट सुरु हुने

२,कात्तिक,काठमाडौँ । नेपाल टेलिकमले आगामी मंसिरभित्र काठमाडौं उपत्यका र पोखराबाट चौथो पुस्ताको फोरजी मोबाइल सेवा सुरु गर्ने भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले कार्ययोजना स्वीकृत गरे उसले प्रस्तावित समयमै सेवा सुरु गर्न पाउनेछ । ‘टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘योजनामा…विस्तृत समाचार »

यसरी नाफामा जादैछन् वाणिज्य बैंकहरू, ८५ प्रतिशतले बढ्यो मुनाफा

२,कात्तिक,काठमाडौं  । तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो । ०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि…विस्तृत समाचार »

प्रचण्ड हात मिलाउँदै, सीता अगाडि कपाल मिलाउँदै

२,कात्तिक,काठमाडौं। भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार काठमाडौं फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै रहेकी पत्नी सीता दाहालले अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो व्यवहार देखाइन् । प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा रहेका विशिष्ट अधिकारीहरुसँग प्रधानमन्त्रीले हात मिलाउँदै गर्दा सीता भने प्रचण्ड अघिअघि हिडेर कपाल मिलाइरहेको देखियो । अन्नपूर्ण पोष्ट दैनिकको अनलाइन संस्करणमा समाचार उल्लेख छ । उनको यो व्यवहारलाई स्वागतमा लागि उभिएका भीभीआइपीहरुले अनौठो मानेका…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top