समाचार

​नेपाल र चीनको सिमानामा रहेको रसुवाको ऐतिहासिक रसुवागढीको अस्तित्व संकटमा

३० असोज रसुवा,   । नेपाल र चीनको सिमानामा रहेको रसुवाको ऐतिहासिक रसुवागढीको संरचना संरक्षण र पुनर्निर्माणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । रसुवागढीमा झरेको सुख्खा पहिरोसँगै खसेको ढुङ्गाका कारण रसुवागढीको संरचना लोप हुने अवस्थामा पुगेको हो । पहिरोले ध्वस्त बनाएकोे एक बर्ष बितिसक्दा पनि गढीको संरक्षणमा कुनै पनि निकायले चासो नराख्दा गढी लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । माथिबाट झरेका ठूला चट्टानले…विस्तृत समाचार »

​हिल्सा नाका पुनःसञ्चालन हुन नसकेकोमा चिन्ता

 ३० असोज काठमाडौँ, । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । सोक्रममा नेकपा (माओवादी केन्द्र) का रामनारायण बिंडारीले जलविद्युत् आयोजनाको उदाहरण दिँदै मुलुकको विकासको गति अपारदर्शी र अदूरदर्शी भएको बताए । नेकपा (एमाले) का रामवीर मानन्धरले काठमाडौँ उपत्यकाको सवारी चापको व्यवस्थापनका लागि सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताए । नेपाली काँग्रेसका रामहरि खतिवडाले ओखलढुङ्गाका सडक र…विस्तृत समाचार »

​किन झुण्डिए यी सैनिक

३० असोज,काठमाडौ । राजधानीमा एक सैनिक झुण्डिएको अवस्थामा फेला परेका छन् । राजधानीको चाबहिलस्थित गोपीकृष्ण हलसँगै पिपलबोटमा एक सैनिकको शव झुण्डिएको अवस्थामा फेला परेको हुन् । उक्त शव सुर्खेत घर भएका श्रीकृष्ण दल गण राजविराजका प्यूठ प्रताप पुन मगरको रहेको बुझिएको छ ।झुण्डिएको अवस्थामा फेला परेका नीज पुनले सोही स्थानमा रहेको पीपलबोटमा झुण्डिएर आत्महत्या गरेको आशंका नेपाली सेना र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको छ…विस्तृत समाचार »

नेपाली युवाको जीवन बचाउन प्रधानमन्त्री प्रचण्डले गरे यस्तो प्रशंशनीय काम

३०,असोज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच गोवामा भेटवार्ता भएको छ । आज बिहान गोवाको लिला होटलमा भएको भेटवार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नेबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए ।…विस्तृत समाचार »

​दीगो विकासका लागि ग्रामीण महिलाको भुमिका महत्वपूर्ण

३० असोज  । दीगो विकास लक्ष्य पूरा गर्नका लागि ग्रामीण महिलाको भूमिका महत्वपूर्ण हुने संयुक्त राष्ट्रसंघले जनाएको छ । दीगो विकासका १७ वटै लक्ष्य पूरा गर्नका लागि ग्रामीण महिलाको सशक्तिकरण प्रमुख कुरा रहेको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले बताएका छन । विश्व जनसंख्याको २५ प्रतिशत हिस्सा ग्रामीण महिलाको रहेको र ग्रामीण महिलाको सशक्तिकरणले दीगो विकासलाई स्थायी गर्न सकिने राष्ट्रसंघले जनाएको छ । ग्रामीण महिला…विस्तृत समाचार »

थाहा पाउनुहोस् ! रावणले देखेका र प्रत्येक पुरुषले जान्नैपर्ने स्त्रीका तीन अवगुण

काठमाण्डौं ।हिन्दु धर्म शास्त्रकाका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो महाभूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन । तर, रावण एक महापण्डित र विद्धान पनि थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन् । रावणको तपस्यामा धेरै शक्ति थियो । रावणले आफ्नो कर्तव्य…विस्तृत समाचार »

​अस्थि धातु सर्वसाधारणको दर्शनका लागि खुला

 ३० असोज काठमाडौँ । शाक्यमुनि बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि  अक्षेश्वर महाविहार पुल्चोकमा खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित महाविहारले सो धातु सर्वसाधारणको दर्शनका लागि सोही परिसरमा राख्ने गर्छ । यस वर्ष शनिबार साँझदेखि पूर्णिमा परेको भए पनि अस्थि धातु आईतबार बिहानदेखि प्रदर्शनमा राखिएको छ । बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेष बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ । सन् १९९६…विस्तृत समाचार »

​राष्ट्रपति भण्डारीकी छोरी र राष्ट्रपति यादवको नातिले गरे इन्गेजमेन्ट ,विवाह माघमा

३० असोज, काठमाडौँ ।  राष्ट्रपति बिद्यादेबी भण्डारी र देशको प्रथम राष्ट्रपति डा .रामवरण यादव बिच पारिवारिक सम्बनभ जोडिने भएको छ । राजनीतमा नजिकिउका उनीहरु  दुइलाई छोरी र नातीले पारिवारीक सदस्य बनाउन लागेका हुन् ।  पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा.निशाकुसुमबीच आज पारिवारिक जमघटकावीचमा राष्ट्रपतिभवन शितल निवासमा ईग्गेजमेन्ट भएको छ ।  उनीहरुवीचको लामो समयदेखि प्रेम सम्बन्ध अब वैवाहिक…विस्तृत समाचार »

​त्रियानब्बे प्रतिशत घरधुरीमा खानेपानी सुविधा

३० असोज म्याग्दी,  । त्रियानब्बे प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ । आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको बताइएको छ । चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घरधुरीमा खानेपानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ । आव २०७१–७२ सम्म ९१।४४ प्रतिशत घरधुरीमा व्यवस्थित…विस्तृत समाचार »

​नौमती पञ्चैबाजा महोत्सव मङ्सिरमा

३० असोज काठमाडौँ,  । नौमती पञ्चैबाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने भएको छ । नेपाल नौमती पञ्चैबाजा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयुक्त आयोजनामा नाचघरमा हुने सो महोत्सव आगामी मङ्सिर १ र २ गते गर्ने तयारी भइरहेको प्रतिष्ठानका महासचिव डिबी नेपालीेले जानकारी दिए । सम्मेलनको पहिलो दिन उद्घाटनसँगै पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top