समाचार

काँग्रेसको अगुवाइमा मधेस समस्या समाधान हुन्छ: कोइराला

काठमाडौँ, २२ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसको अगुवाइमा मधेसको समस्या समाधान हुने बताउनुभएको छ । नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा नेपाली काँग्रेसको भूमिका विषयक अन्तर्कृ्रयाका साथै कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गर्ने दातालाई सम्मान कार्यक्रममा सभापति कोइरालाले वार्ता र संवादका माध्यमबाट तराईको समस्या समाधान हुने धारणा राख्नुभएको हो…विस्तृत समाचार »

एनआरएनले भूकम्प प्रभावित जिल्लामा एक हजार घर बनाउने

  २२ मङ्सिर,काठमाडौं । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आज भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ । भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सहरी विकास विभागका प्रतिनिधिसँग एनआरएन टोलीले…विस्तृत समाचार »

बाह्रौं औद्योगिक प्रदर्शनी मेला पुसमा

२२, मंसिर काठमाडौँ ।  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल प्रत्येक वर्ष गर्दे आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष  पौष ९ गतेदेखि सुरु हुने भएको छ ।  ‘आत्म निर्भरताको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ मेला पुस १५ गतेसम्म चल्ने छ । भृकुटीमण्डप स्थीत प्रदर्शनीहलमा आयोजना हुने मेलामा नेपालका सम्पूर्ण छाला जुत्ता तथा चप्पल कम्पनीहरुको सहभागिता रहने छ ।  प्रदर्शनीमा आफ्ना…विस्तृत समाचार »

माघ १४ देखि क्यान इन्फोटेक

२१, मंसिर काठमाडौँ ।  कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले क्यान इन्फोटेक माघ १४ गतेदखि आयोजना गर्ने भएको छ। २२ औ संस्करणको क्यान इन्फोटेक  ६ दिनसम्म चल्ने छ ।  क्‍यान इन्फोटेक २०१६ का लागि क्यान महांसघले सोमबारदेखि नै इन्फोटेकमा सहभागी हुने स्पोन्सर र स्टलहरको बुकिङ खुल्ला भइसकेको छ।                           क्यान इन्फोटेकमा २०५ वटा…विस्तृत समाचार »

सामुदायिक विकास कार्यक्रमबाट गाउँहरु लाभान्बित

 २२ मङ्सिर,हुम्ला । बेलायत सरकार, अन्तर्राष्ट्रिय विकास विभागको वित्तीय सहयोगमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ग्रामीण पुननिर्माण संस्था मार्फत सामुदायिक विकास कार्यक्रम परियोजना सुरुआत गरेको छ । परियोजनाका जिल्ला संयोजक राजबहादुर रोकायले चालु आवमा मुचु, स्याड, सिमीकोट, खार्पुनाथ, सर्किदेउ, साँया, दार्मा, मिमी, श्रीनगर र कालिका गाविसलाई परियोजना सञ्चालन गर्न छनोट गरेको जानकारी गराए । आगामी विसं २०७३ पुसदेखि २०७४ साउनसम्म परियोजनाको समय अवधि रहने…विस्तृत समाचार »

यस कारण हावा खायो स्मार्ट लाइसेन्सले

२१, मंसिर काठमाडौँ ।  कागजी लाइसेन्स प्रतिस्थापन गर्न यातायात व्यवस्था विभागले ल्याएको स्मार्ट लाइसेन्स कार्डले सुरु हुन नपाउँदै हावा खाएको छ । स्मार्ट लाइसेन्स बनाउन आइतबार यातायत कार्यालय एकान्तकुना पुगेकाहरु सर्वसाधरणहरु कार्ड नबन्ने भएपछि रित्तो हात फर्कन बाध्य भए । कार्यालयले उनीहरुको फर्म भरी केही दिनपछि आउनु भन्दै फर्काइदियो छ ।  विभागले स्मार्ट लाइसेन्स वितरणका लागि गृहकार्य नगर्दा र लाइसेन्स छपाइदेखि आवश्यक भौतिक पूर्वाधार निमार्णको…विस्तृत समाचार »

आज एकदेखि २५ लटका मोटरसाइकललाई तेल वितरण गरिदै

२१, मंसिर काठमाडौँ ।  नेपाल आयल निगमले आज १ देखि २५ नम्बर लटमा दर्ता भएका मोटरसाइकलललाई तेल वितरण गदै छ  । आज झण्डै ५० वटा पम्पबाट तेल वितरण हुँदै छ ।  बिहान ९ बजेदेखि नै  पम्पहरुबाट तेल वितरण भइरहेको छ ।  तेल भर्न लाइनमा बस्दा मोटरसाइकलको ब्लु बुक अनिवार्य गरिएको छ ।  आयल निगमले आजदेखि मोटरसाइकललाई लटका आधारमा दिन बिराएर चार दिनसम्म पेट्रोल दिन लागेको…विस्तृत समाचार »

गाँजा फाड्न गएको प्रहरीमाथि गोली प्रहार

 २१ मंसिर, काठमाडौं । गाँजा फाड्न गएको प्रहरी टोलीमाथि गोली प्रहार भएको छ । मकवानपुरको नामटारमा गाँजा फाड्न गएको प्रहरी टोलीमाथि त्यहाँका स्थानीयले गोली प्रहार गरेका हुन । प्रहरी र  स्थानीयबासीबीच झडप हुँदा स्थानीयले फायरिङ तथा ढ्ंगामुडा गरेपछि प्रहरीले पनि हवाइ फायर गरेको छ ।  नामटार ६ मा लगाइएको अवैध गाँजा  फाड्ने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको हो ।   गाँजा फाड्न गएको प्रहरी…विस्तृत समाचार »

राज्यसभामा करण सिंहले भने जयशंकरलाई नेपाल पठाउनु गल्ती

२१, मंसिर काठमाडौँ ।  भारतीय कांग्रेस पार्टीका नेता करण सिंहले संविधान निर्माणको अन्तिम समयमा भारतले विदेश सचिव जयशंकरलाई नेपाल पठाउनु गल्ती भएको बताएका छन् । सोमबार राज्यसभामा बोल्दै उनले भारतका कारण  मानवीय संकट उत्पन्न भएको बताए ।   उनले भने “नेपालमा ग्यास छैन, अस्पतालहरु बन्द भएका छन्, स्कुल बन्द भएका छन् । जाडो सुरु भइसकेको छ । यो दिल्ली होइन, नेपाल हो र त्यहाँ राजनीतिक…विस्तृत समाचार »

नेपालमै ग्यास उत्खननको काम सुरु गरिने

२१ मङ्सिर,दैलेख । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले ग्यास उत्खननका लागि एक महिनाभित्र प्राविधिक टोलीलाई सम्भावित क्षेत्रमा खटाउने बताएका छन् । भूगर्भविद्सहित खानी क्षेत्रको अवलोकन भ्रमणमा दैलेख पुगेका मन्त्री पाण्डेयले सरकारको आफ्नो साधन स्रोतले नभ्याए विदेशी सहयोग लिने बताए। “प्राविधिक टोलीले ग्यास प्रयोगमा ल्याउन सकिने प्रतिवेदन दिएमा तत्काल उत्खनन् अघि बढ्छ, नाकाबन्दी खुलेपनि सरकारले आफ्नो काम अघि बढाउँछ” उनले भने । आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मुलुकभरका खानीको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top