समाचार

नाकाबन्दीका विषयमा भारतीय विदेश मन्त्रीले जवाफ दिने, भारतको संसदमा हंगामा

२१, मंसिर काठमाडौँ ।  नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले सोमबारको बैठकमा विदेश मन्त्री शुषमा स्वराजको जवाफ सुनेपछि  थप निर्णय लिने जनाएका छन् । भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी राजाले विदेशमन्त्री स्वराजको जवाफ चित्त बुझ्दो नभए बैठक अवरुद्ध पार्ने सम्मका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  उनले नेपालसँगको सम्बन्ध विग्रिएकोमा र नेपाली जनताले झेलिरहनु परेको अभावले आफूलाई चिन्तित बनाएको भन्दै…विस्तृत समाचार »

जागिर ग्यारेन्टी सहित जाभा (java ) ट्रेनिङ

काठमाडौँ ।  काठमाडौँको तीनकुनेमा रहेको दियालो टेक्नोलोजिले जागिर ग्यारेन्टी सहित जाभा ट्रेनिङ सुरु गरेको छ । उत्कृष्ट २ विद्यार्थीलाई जागिरको सुविधा सहित दियालोले ट्रेनिङको सुरुवात गरेको हो । दियालोले जाभा बेसिक र जाभा एड्भान्स कोर्ष प्रदान गर्ने भएको छ । अनुभवी एवम् दक्ष प्रशिक्षकबाट दिइने कक्षाहरुमा प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिइने छ ।  थप जानकारीकालागि 9860661487, 01-4117533विस्तृत समाचार »

एसिया अनेस्टि एवार्ड २०१५ पोखरेललाई

२० मंसिर, काठमाडौं । सुस्मित इन्टरनेसनलका सिइओ सुशिल पोखरेल ‘एसिया अनेस्टि एवार्ड २०१५’ बाट सम्मानित भएका छन्। एसिया एक्सिलेन्स इन्ट्रिप्रेनुयर फेडेरेसनले गत हप्ता मलेसियाको क्वालालम्पुरमा आयोजित कार्यक्रममा उनलाई यो सम्मान दिइएको हो।   यो एवार्ड एकदमै इमान्दार उद्यमी जसले आफ्ना ग्राहक, कर्मचारी तथा शेयरधनीहरुसँग इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम गर्ने सफल व्यक्तित्वलाई प्रदान गरिन्छ।   सयौँ एसएमई उद्यमीहरुलाई प्रेरणा दिइएका  पोखरेलका उपलब्धीहरुका लागि ‘एसिया अनेस्टि…विस्तृत समाचार »

मधेसी मोर्चाका ४ नेतासहित ६ जना भैरहवाबाट पक्राउ

२० मंसिर, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका रुपन्देही जिल्ला नेतृत्वलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव  र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव पक्राउ परेका हुन् । नेपाल–भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएकाबेला उनीहरुलाई…विस्तृत समाचार »

नेपाल-चीन नाकामा नक्किली चालकको बिगबिगी बढेपछि प्रहरीले सुरु गर्यो कारबाही अभियान

२० मङ्सिर, रसुवा। नेपाल–चीनबीचको रसुवागढीबाट समान आयात गर्ने कन्टेनरका सवारी चालक नक्कली फेला पर्न थालेपछि प्रहरीले जाँच गर्ने कार्यलाई थप कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टका अनुसार जाँचका क्रममा जिल्ला धैवुङ गाविस वडा नं २ का २० वर्षीय वीरबहादुर तामाङ र रसुवा जिल्ला हाकु गाविस वडा नं ३ का २० वर्षीय रमेश कामी नक्कली चालक फेला परेका हुन्…विस्तृत समाचार »

भारतीय डिपोले इन्धन दिन थाल्यो

२० मंसिर, काठमाडौं । सुदूरपश्चिम क्षेत्रका लागि इन्धन लिन गएका सबै गाडीहरुमा केही दिनदेखि भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन भरी पठाउन थालेको छ । अघोषित नाकाबन्दीका कारण एक हप्ताअघिसम्म दैनिक बढीमा चार÷पाँच गाडीमा मात्रै इन्धन भरी पठाउने बन्थरा डिपोले चार दिनदेखि इन्धन लिन गएका सबै गाडीमा इन्धन भरिदिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । बुधबार पेट्रोल र डिजेलका १६ गाडी…विस्तृत समाचार »

वातावरणमन्त्री पेरिसमा

२० मङ्सिर,काठमाडौं ।  फ्रान्सको पेरिसमा मङ्सिर १४ देखि २५ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २१औँ सम्मेलन र क्योटो प्रोटोकलको ११औँ सम्मेलनमा भाग लिन विज्ञान, प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार सम्मेलनस्थलमा पुगेका छन् । उजले विषयवस्तुमा भइरहेको प्रगति लगायत नेपालले खेलेको भूमिका बारेमा जानकारी लिए । उक्त अवसरमा मन्त्रालयका सचिव एवम् टोली उपनेता डा कृष्णचन्द्र पौडेलले सम्मेलनमा वार्ताको विद्यमान अवस्था…विस्तृत समाचार »

अब अर्को दिल्ली सम्झौता !

१९, मंसिर काठमाडौँ ।  भारतीय हस्तक्षेपबाट नझुक्ने चर्का भाषण गर्दै आईरहेका नेताहरुले अन्ततः भारतकै रोहवरमा अर्को संझौता गर्ने तयारी गरेका छन् । सकेसम्म अदृश्य रुपमा अर्को संझौता  गर्ने र आफुहरुका विचमा संझौता भएको देखाउने कसरतमा दलका नेताहरु लागिपरेका छन् । नेताहरुले संझौताहरुको गोप्य मस्यौदा तयार पारिसकेका स्रोत बताउँछ ।  भारतसंग निकट  उपप्रधानमन्त्री कमल थापाको दुई पटकको दिल्ली दौडले सम्झौताको खाका कोरिसकेको छ ।  उपप्रधानमन्त्री थापा…विस्तृत समाचार »

भान्छा रोकिन लागेको भन्दै गृहिणी सडकमा

काठमाडौँ, १९ मङ्सिर । लामो समयसम्म खाना पकाउन ग्यास र उपभोग्य वस्तुको अभाव हुँदा घर व्यवहार चलाउनुपर्ने समस्या परेको भन्दै गृहिणी महिला सडकमा उत्रिएका छन् । आज गृहिणी महिला सङ्घले आयोजनामा माइतीघर मण्डलामा भेला भएका महिलाले समस्या सहज हुन्छ भन्दै लामो समय बितेकाले सरकार र आन्दोलनरत दललाई दबाब दिन सडकमा आउनुपरेको बताएका छन् । धापासीबाट दबाब ¥यालीमा सहभागी हुन आउनुभएकी ६० वर्षीया सीतादेवी श्रेष्ठले लामो…विस्तृत समाचार »

भारतद्धारा रुपैडिया नाका सील, १२ घण्टालाई भनिएपनि पहिलैदेखि कडाई

१९, मंसिर काठमाडौँ ।  शनिवार भारतको बहराइचमा हुन लागेको स्थानीय निकायको निर्वाचनको कारण नेपालगन्जको जमुनाह नाका १२ घण्टाको लागि बन्द भएको छ ।  शनिबार बिहानैदेखि सवारी साधनलाई भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ । भारतले सीमा सिल गरेको कारण आज धर्नाकारीहरु छैनन् । नेपाबाट भारत जाने भारतीय नगरिकलाई मात्र परिचयपत्र हेरेर मात्र जान दिईएको छ ।  शनिवार विहान ६ बजेदेखि साँझ ६ बजेसम्म नाका ‘सील’…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top