समाचार

अब अर्को दिल्ली सम्झौता !

१९, मंसिर काठमाडौँ ।  भारतीय हस्तक्षेपबाट नझुक्ने चर्का भाषण गर्दै आईरहेका नेताहरुले अन्ततः भारतकै रोहवरमा अर्को संझौता गर्ने तयारी गरेका छन् । सकेसम्म अदृश्य रुपमा अर्को संझौता  गर्ने र आफुहरुका विचमा संझौता भएको देखाउने कसरतमा दलका नेताहरु लागिपरेका छन् । नेताहरुले संझौताहरुको गोप्य मस्यौदा तयार पारिसकेका स्रोत बताउँछ ।  भारतसंग निकट  उपप्रधानमन्त्री कमल थापाको दुई पटकको दिल्ली दौडले सम्झौताको खाका कोरिसकेको छ ।  उपप्रधानमन्त्री थापा…विस्तृत समाचार »

भान्छा रोकिन लागेको भन्दै गृहिणी सडकमा

काठमाडौँ, १९ मङ्सिर । लामो समयसम्म खाना पकाउन ग्यास र उपभोग्य वस्तुको अभाव हुँदा घर व्यवहार चलाउनुपर्ने समस्या परेको भन्दै गृहिणी महिला सडकमा उत्रिएका छन् । आज गृहिणी महिला सङ्घले आयोजनामा माइतीघर मण्डलामा भेला भएका महिलाले समस्या सहज हुन्छ भन्दै लामो समय बितेकाले सरकार र आन्दोलनरत दललाई दबाब दिन सडकमा आउनुपरेको बताएका छन् । धापासीबाट दबाब ¥यालीमा सहभागी हुन आउनुभएकी ६० वर्षीया सीतादेवी श्रेष्ठले लामो…विस्तृत समाचार »

भारतद्धारा रुपैडिया नाका सील, १२ घण्टालाई भनिएपनि पहिलैदेखि कडाई

१९, मंसिर काठमाडौँ ।  शनिवार भारतको बहराइचमा हुन लागेको स्थानीय निकायको निर्वाचनको कारण नेपालगन्जको जमुनाह नाका १२ घण्टाको लागि बन्द भएको छ ।  शनिबार बिहानैदेखि सवारी साधनलाई भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ । भारतले सीमा सिल गरेको कारण आज धर्नाकारीहरु छैनन् । नेपाबाट भारत जाने भारतीय नगरिकलाई मात्र परिचयपत्र हेरेर मात्र जान दिईएको छ ।  शनिवार विहान ६ बजेदेखि साँझ ६ बजेसम्म नाका ‘सील’…विस्तृत समाचार »

स्वरसम्राट नारायण गोपालको स्मृति दिवास मनाइदै

१९, मंसिर काठमाडौँ ।  स्वरसम्राट नारायण गोपालको आज २५ औं स्मृति दिवस मनाइदै छ । उनको स्मरणमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपाल वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका थिए । उनको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर…विस्तृत समाचार »

यौनव्यवसायमा नाकाबन्दीको यस्तो प्रभाव

१९, मंसिर काठमाडौँ ।  नाकाबन्दीले नेपालीहरुको जनजीवन निकै संकट अवस्थामा छ । नाकाबन्दीले देशको अर्थतन्त्र तहशनहस बनाएको छ भने यसैको प्रभावबाट झण्डै १५ लाख मानिसहरु बेरोजगार बनेका छन् । यातायात र उद्योग ठप्प छन् बजारमा कम चहलपहल छ । अन्य पेशामा जस्तै नाकाबन्दीको प्रभाव यौन व्यवसायमा छ ।  यो राज्यकालागि फाइदाकै कुरा हो । यौन व्यवसाय मौलाएपनि राज्यले रोक्न नसकिरहेको बेला काठमाडौँमा भने यौनव्यवसाय घट्न…विस्तृत समाचार »

पूर्वी नाकाबाट २० ट्यांकर इन्धन नेपाल भित्रियो

१८ मंसिर,  काँकडभिट्टा ।  पूर्वी नाकाबाट आज २० ट्यांकर इन्धन भित्रिएको छ । मेची भन्सार कार्यालयका अनुसार १३ ट्यांकर डिजेल, ४ पेट्रोल, २ मट्टितेल र १ ट्यांकर हवाइ इन्धन भित्रिएको हो ।  हिजो यो नाकाबाट १७ ट्यांकर इन्धन भित्रिएको थियो । नेपाल आयल निगमका अनुसार आइओसीको न्यू जलपाइगुडी डिपोले केही दिनयता इन्धन लोडिङलाई सहज बनाएको छ ।   विस्तृत समाचार »

तेलको भण्डारण गर्ने तयारीमा सरकार

१८ मंसिर  काठमाडौँ ।  काठमाडौँ ।  काठमाडौं । । भारतीय नाकाबन्दीका कारण देशमा इन्धन अभाव कम नभएपछि सरकारले इनधनको भण्डारण गर्ने तयारी गरेको छ । कम्तिमा तीन महिनालाई पुग्ने गरी सरकारले पेट्रोलियम पदार्थ भण्डारण गर्ने विषयमा छलफल सुरु गरेको हो  । अर्थ मन्त्रालयले कम्तिमा पेट्रोलियम पदार्थ भण्डारण बढाउनुपर्ने भन्दै  सरोकारवालाको बैठकमा प्रस्ताव गरेको छ । भारतीय नाकाबन्दीले नेपाल आयल निगमको तेल भण्डारण क्षमता निकै कमजोर…विस्तृत समाचार »

अब नुनमा पनि कालोबजारी

१८ मङ्सिर । सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आभाव नभए पनि व्यापारीले आयोडिन नुनको कालोबजारी गर्दै आएका छन् । संयुक्त मधेसी मोर्चाको विगत तीन महिनाभन्दा बढी समयदेखि जारी आमहडतालका कारण आयोडिन नुनको आपूर्ति हुन नसकेको भन्दै स्थानीय व्यापारीले आयो नुनको कालोबजारी गर्दै आएका हुन् । सिरहा जिल्लामा आयोडिन नुनको आभाव नभए पनि स्थानीय व्यापारीले नुनको कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ ।…विस्तृत समाचार »

पेस्तोलसहित पक्राऊ परे ‘नक्कले’

१८, मंसिर काठमाडौँ ।  हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका कल्याणपुर गाविस ७ नुवाकोटका नक्कले भनिने विराज तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । काठमाडौंको मनमैजु बसन्तनगरमा लुकिछिपी बसेका तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्रेको हो । बयानका आधारमा नुवाकोटस्थित घर खानतलासी गर्दा चेकोस्लाभाकियामा बनेको एक थान पेस्तोल, एकथान म्यागजिन र त्यसमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।…विस्तृत समाचार »

रौतहट जिल्ला प्रशासन अगाडी नाराबाजी

१८, मंसिर रौतहट ।  रौतहट–प्रहरीले स्थानीय एक टेन्ट व्यवसायिको घरमा छापा मारेको भन्दै  जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी भएको छ ।  शुक्रबार बिहान करिव ३ बजे रौतहटको मुडवलवा गाविस ६ का टेन्ट व्यवसायि विनोद राय यादवको घरमा अवैध हतियार रहेको सुराकको आधारमा प्रहरीले छापा मारेको थियो।  विनाकारण घरमा पसेर प्रहरीले त्रास दिने काम गरेको भन्दै प्रशासन घेर्न आएका गाउँले र मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजीसहित प्रशासन…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top