समाचार

मनकामना केवुलकार बन्द हुने

१२, असोज काठमाडौँ ।  मनकामना केवुलकार सेवा दुइ दिनका लागी बन्द हुने भएको छ । नियमित मर्मतको लागि भन्दै मनकामना केवुलकार प्रालीले भोली र पर्सी केवुलकार सेवा बन्द गर्ने भएको हो । केवुलकार असोज १५ बाट सुचारु हुने छ ।  मनकामना मन्दिर दर्शनका लागि दर्शनार्थिहरुले केवुलकार सेवा प्रयोग गदै आइरहेका छन् ।   विस्तृत समाचार »

नाकाबन्दी गर्नेलाई स्थानीयको प्रतिकार

१२, असोज रुपन्देही ।  नेपालीमाथि नाकाबन्दी गरिरहेका दलालहरुको प्रतिकार गर्दै स्थानीयवासीले बेलहिया नाका खुलाउन खोज्दा  भारतीय सीमाबाट नेपालतर्फ ढुंगा प्रहार भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु नाका बन्द गर्दै सीमामा धर्ना बस्न लाग्दा बन्द बिरोधीहरुले प्रतिकार गरेका थिए ।  बन्दको विरोध गर्दै स्थानीयबासीहरुले लखेटेपछि बन्दकर्ताले भारतीय भूमिबाट नेपाल तर्फ ढुंगा प्रहार गरिरहेका हुन् ।  तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा मोर्चाका…विस्तृत समाचार »

पेट्रोलियम पदार्थको अभावले निजी विद्यालय संकटमा

१२ , असोज काठमाडौँ,  ।  भारतीय सीमाबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भएसँगै काठमाडौँ उपत्याका लगाएतका देशका प्रमुख शहरहरुका निजी तथा आवासीय विद्यालय  प्रभावित भएका छन् । सवारीसाधन हुने निजि विद्यालयका गाडीहरु इन्धन हाल्न लाइनमा बसेका छन् । कतिपय विद्यालयले विद्यार्थी समयमा घर पुगून् भनेर एक घन्टाअगाडि बिदा दिन  थालेका छन् । उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रमेश सिलवालले विद्यालयका प्रति सवारीलाई २० लिटरका दरले पेट्रोलियम…विस्तृत समाचार »

आर्थिक अभावका कारण बन्द भयो निःशुल्क भोजनालय

  १२ असोज ,पथरी । मधेस केन्द्रित दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दले बीच बाटोमा अलपत्र परेका यात्रु र यातायात मजदुरलाई निःशुल्क रुपमा खाना खुवाउँदै आएको भोजनालय बन्द भएको छ। पूर्व नेपाल यातायात सङ्घ मोरङ शाखाका प्रमुख किशोर धमलाले आर्थिक अभावका कारण सो निःशुल्क भोजनालय बन्द गर्नु परेको जानकारी दिनुभयो । डेढ महिनाअघि विराटनगर बसपार्कमा अलपत्र परेका यात्रु र मजदुरलाई लक्षित गरेर बन्द नखोलुन्जेलसम्म खाना खुवाउन विराटनगर…विस्तृत समाचार »

पदिय मर्यादा बिर्सिएर उपराष्ट्रपतिबाट मधेश आन्दोलनको समर्थन

११ असोज, काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले आफ्नो पदिय मर्यादालाई नाघ्दै  तराई मधेसमा भइरहेको आन्दोलनको समर्थन गर्दै वक्तव्य दिएका छन् ।  झाले उपराष्ट्रपतिको लेटर प्याड प्रयोग गरेर राजनीतिक व्यक्तव्य दिएका हुन् । सोमबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति झाले तराई मधेसका जनतामाथि राज्यले विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाएका छन् । उनले दलहरुले बहुमतको नाममा सीमांतकृत समुदायसँग विगतमा भएका सहमति र सम्झौता र अन्तरिम संविधानलाई वेवास्ता…विस्तृत समाचार »

सन्राइज बैकद्धारा ३२ दृष्टिविहिनलाई सहयोग

११, असोज काठमाडौँ ।  सन्राइज बैंक लिमिटेडले आठोेै वार्षिकोत्सवको उपलक्षयमा ३२ दृष्टिविहिनलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगते धादिङको श्री जनजागृती उ। मा। वि महादेवबेशीमा अध्ययनरत १६ जना दृष्टिविहिन विद्यार्थीहरुलाई र ललितपुर स्थित श्री संचेतना प्रा। वि.मा १६ जना भुकम्प प्रभावित दृष्टिविहिनहरुलाई सहयोग प्रदान गरेको हो । बैंकले मैत्री समाज नेपाल मार्फत सेतो छडी वितरण गरेको जनाएको छ ।   विस्तृत समाचार »

अघोषित नाकाबन्दीले सेयर बजारलाई झड्का

११, असोज काठमाडौँ । लगातारको तराई बन्द र भारतको अघोषित नाका बन्दले सेयर बजारमा उत्साहा छाउन सकेको छैन । संविधान निर्माणपछि खुलेको सेयर बजारको पहिलो कारोवार, गत सातको मंगलबार ४० अंकले घटेको सेयरबजारमा दोस्रो दिन बुधबार केहि सुधारको संकेत देखिएपनि त्यसपछिको सेयर बजार लगातार ओरालो गतिमा छ । मधेसकेन्द्रित दलहरुले राजमार्ग र भन्सार नाका केन्द्रित आन्दोलन गर्नु र भारतले अघोषित नाकाबन्दी गर्नुले सेयर बजारलाई निरन्तर…विस्तृत समाचार »

बैंकहरुको सेयर बोनस वर्षा, हेर्नुहोस कुन बैंकको कति बोनस

११, असोज काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बाध्यात्माक निति अगाडि सारेपछि  बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरको घोषणा गर्न थालेका छन् । एक साता भित्रै  दर्जनौँ बैंकहरुले आफ्ना शेयरधनीहरुलाई  बोनस सेयरको प्रस्ताव अगाडि सारेका छन् ।  सानिमा बैंकको  सञ्चालक समितिले  ११ औँ वार्षिक साधारणसभामा चुक्ता पूँजीको २० प्रतिशत  बोनश शेयर प्रदान गर्ने प्रस्ताव अगाडि सारेको छ…विस्तृत समाचार »

महानगरपालिका चोर, गुण्डा हो ? (फोटोफिचरसहित)

सुदिप रेग्मी, ११ असोज काठमाडौँ ।  चोरले हप्काएर होइन, लुकेर सर्वसाधरणलाई ठग्छ, तर गुण्डाले धम्याएर जनतालाई ठग्छ । यसैगरि, गुण्डाकै शैलीमा काठमाडौँ महानगरपालिकाले जनतालाई ठगिरहेको छ । काठमाडौँका विभिन्न फुतपाथ पसलका व्यवसायीलाई कुट्ने र लुट्ने काम गर्छ महानगरपालीकाले । नियम बिपरित सडकको पेटीमा कुनै पनि पसल राख्न पाइदैन र त्यसरी पसल राख्न खोजे सरकारले उनिहरुलाई कारबाही गर्नुपर्छ । यहीँ कारबाहीको जिम्मा पाएको काठमाडौँ महानगरपालीकाले उनिहरुलाई…विस्तृत समाचार »

जोरबिजोर प्रणालीले जनताको हरीविजोक (फोटोफिचर)

११, असोज काठमाडौँ ।  सरकारले आइतबारदेखि लागू हुनेगरी देशभरका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सर्वसाधरणहरुले सहजरुपमा यात्रा गर्न पाएका छैनन् । काठमाडौँ लगाएत देशका प्रमुख शहरहरुमा गाडिहरु निकै कम सङ्ख्यामा चलेका छन् । चलेका गाडिहरुमा निकै खचाखच भएपनि सर्वसाधरणहरु झुण्डिएरै  जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।   अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारी…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top