समाचार

एमाओवादीका गजुरेलले कृषिमन्त्रीका रुपमा सपथ लिदै

२५ असोज, काठमाडौ ।सोमबार हुने मन्त्रिपरिषद गठनमा एकीकृत नेकपा माओवादीबाट हरिबोल गजुरेल मात्र मन्त्री हुने भएका छन् । सोमबार बसेको पदाधिकारी बैठकले कोषाध्यक्ष गजुरेललाई सरकारमा पठाउने निर्णय गरेको हो । ‘उहाँले सरकारमा पार्टीको नेतृत्व गर्ने होइन । नेतृत्व कसले गर्ने भन्ने पछि टुंगिने छ’ एक पदाधिकारीले भने । सिन्धुली तीनबाट प्रत्यक्ष निर्वाचित गजुरेलले कृषिमन्त्रीका रुपमा सपथ लिने छन् । यसअघि उनी प्रचण्ड नेतृत्वको सरकारका पालामा…विस्तृत समाचार »

दुई दिन सार्वजनिक विदा

२५ असोज, काठमाडौ।सरकारले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आज र भोलि दुई दिन  बिदा दिने निर्णय गरेको जनाएको हो । आज सोमबार रातो मच्छिन्द्रनाथको भोटोजात्रा देखाउने दिन परेकाले मन्त्रालयले काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिएको छ । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत उच्चपदस्थ संवैधानिक निकायका पदाधिकारीहरू सहभागी हुने छन् । त्यसै गरी भोलि मंगलबार हिन्दूहरूको महान…विस्तृत समाचार »

भारतीय सीमा सुरक्षाबलद्धारा नेपाल प्रहरीका असईमाथि कुटपीट, हतियार लुटपाट

२४, असोज काठमाडौँ ।  भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपाल प्रहरीका असईलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर कुटपीट गदै   हतियार समेत  लुटेको छ । एसएसबीका जवानहरुले एकथान पेस्तोल खोसेर लगेका छन् । एसएसबीका जवानहरुले असई प्रदीप गिरीलगायतलाई नियन्त्रणमा लिएर कुटपीट गर्दै हतियारसमेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  एसएसबीको आक्रमणबाट असई गिरीसहित अरु सुरक्षाकर्मी पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको…विस्तृत समाचार »

नाकाबन्दी समस्या तत्कालै समाधान हुन्छः केपी ओली

२४, असोज काठमाडौँ ।  नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाएको नाकाबन्दी तत्कालै खोल्न पहल चाल्ने बताएका  छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद् भवनबाट बाहिने क्रममा सञ्चारकर्मीसँग प्रतिकृया दिदै ओलीले तत्काल नाकाबन्दी खोल्ने बताएका हुन् । उनले शान्ति सुव्यवस्थालाई प्राथमिकता दिने बताए । ओलीले सबै दलहरुलाई एक बनाएर अघी बढ्ने बताउँदै सहयोग गर्न सबैसगँ आग्रह गरे ।  विस्तृत समाचार »

नेपाली काँग्रेसका ३ सांसद मतदान गर्नबाट वञ्चित

२४ असोज ,काठमाडौ।प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसद मतदान गर्नबाट वञ्चित भएका छन् ।सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियार मतदान गर्नबाट वञ्चित भएका हुन ।संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियामा ५८७ जना सामेल…विस्तृत समाचार »

चित्रबहादुर केसीले भनेः प्रचण्डसँग खुसी छु, सुशिललाई सुहाएन

२४, असोज काठमाडौँ ।  राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले अहिले आफु सबैभन्दा प्रचण्डसँग खुसी भएको बताएका छन् । आइतबार संसद्मा बोल्दै अध्यक्ष केसीले प्रचण्डले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आफूसँग प्रचण्डका बिच बेला बेलामा विवाद हुने गरेपनि अहिले सबैभन्दा बढि खुसी भएको बताए । उनले संविधान निर्माण जस्तो महत्वपूर्ण जिम्मेवारी पुरा गरेका सुशिल कोइराला फेरि प्रधानमन्त्री बन्न खोजेको भन्दै सुशिललाई यो…विस्तृत समाचार »

कस्ले दियो, ओलीलाई भोट हाल्ने सांसदलाई गोली ठोक्ने धम्की

२४, काठमाडौँ असोज ।  एमाओवादीका केही मधेसी सांसदलाई  केपी ओलीलाई भोट हाले गोली हानिदिने धम्की आएको छ । एमाओवादी सांसद निशा साहलाई केपी ओलीलाई भोट हाले गोली ठोकिदिने  भन्दै अज्ञात व्यक्तिले धम्की दिएको छ ।  यस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको  छ । ‘विस्तृत समाचार »

राष्ट्रपति र सभामुखको पद बाँडफाँट

  २४ असोज ,काठमांडौ। नेकपा एमाले र एकीकृत नेकपा माओवादीले राष्ट्रपति र सभामुखको पद बाँडफाँट गरेका छन् । दुइ दलले राष्ट्रपति एमाओवादीले पाउने र सभामुख एमालेले नै निरन्तरता पाउने सहमति गरेको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।उनले एमाले र एमाओवादीबीच राष्ट्रपति र सभामुखका लागि सहमति भइसकेको बताए । ‘एमाओवादीले राष्ट्रपति पाउने भएपछि सुवास नेम्वाङलाई नै एमालेले सभामुख बनाउने भएको हो ।राप्रपा नेपाल, नेकपा माले…विस्तृत समाचार »

संविधानसभा बहिस्कार गर्नेहरु प्रधानमन्त्री छान्न संसद् भवन आइपुगे

२४, असोज काठमाडौँ ।  प्रधानमन्त्री निर्वाचनका लागि सांसद्हरु अहिले संसद् भवन नयाँ बानेश्वरमा आइपुग्ने क्रम जारी छ । संविधानसभा बहिस्कार गरेका संघीय लोकतान्त्रिक मञ्च थरुहट र संघीय समाजवादी फोरम नेपालका सांसद्हरु पनि संसद् भवन आइपुगेका छन् । ३८ औं प्रधानमन्त्री छनोटलागि  केहीबेरमा संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन सुरु हुँदैछ ।विस्तृत समाचार »

​केहीबेरमा प्रधानमन्त्रीको निर्वाचन हुँदै

२४, असोज काठमाडौँ ।  ३८ औं प्रधानमन्त्री छनोटलागि  केहीबेरमा संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन सुरु हुँदैछ । प्रधानमन्त्रीलाई मतदान गर्न सांसद्हरु संसद् भवनमा आउने क्रम पनि सुरु भएको छ ।  बहुमतका आधारमा प्रधानमन्त्री छनोट हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन् । नेकपा एमाओवादी र राप्रपा नेपाललगायत १४ दलको समर्थन प्राप्त ओलीका पक्षमा अहिलेसम्म बहुमत देखिएको…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top