norvic
global ime bank

विज्ञान/प्रविधि

फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

१९ असोज, काठमाडौं । फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् । स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो ।…विस्तृत समाचार »

​फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ?

१९ असोज, काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ । डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ…विस्तृत समाचार »

​सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई यसरी नियन्त्रण गर्नुहोस्

८ असोज, काठमाडौं । जसरी सामाजिक सञ्जालको प्रयोग तिव्र रुपमा फैलिरहेको छ यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालकै प्रयोगबाट कतिपय अपराध हुदैँ आएका छन् । यस्तोमा सबैले समयमै सचेत र सामाजिक सञ्जालको प्रयोग बारे जानकार हुन आवश्यक छ । सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय छ । तर यसको सबैभन्दा ठुलो नकारात्मक पाटो भनेको यसमा गरीने खराब कमेन्टहरु हुन् । जसका कारण पोष्ट…विस्तृत समाचार »

​गुगल सर्चलाई एप्पल डिभाइसमा राख्न गुगलले एप्पललाई दिनेछ १७ खर्ब

एजेन्सी । गुगल सर्चलाई एप्पल डिभाइसमा राख्नका लागि गुगलले खर्बौं रुपैयाँ दिने गरेकोबारे थाहा छ ? हरेक वर्ष सम्झौता अनुरुप गुगलले एप्पललाई पैसा दिन्छ । यसपटक पनि यस्तै हुँदैछ ।  बर्नस्टीनका एनालिस्टलाई उद्धृत गर्दै दिइएको खबरमा गुगलले सन् २०२१ का लागि एप्पललाई १५ बिलियन डलर (१७ खर्ब रुपैयाँ) दिने भएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यो १० बिलियन डलर थियो…विस्तृत समाचार »

इन्टरनेट प्रयोग गर्दा डाटा चोरीने डर, यसरी हुन सकिन्छ सुरक्षित

काठमाडौं । इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना मानिसको दैनिकीमा नै प्रभाव पार्न थालेको छ । आजको समयमा इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । विश्वमा साइबर सुरक्षालाई लिएर विभिन्न नीति बनाइएका छन् । हामीले प्रयोग गर्ने मोबाइल तथा ग्याजेटबाट डाटा चोरी हुने सम्भावना हुन्छ । यस्ता चुनौतीलाई हामीले सामना भने गर्न सकिन्छ । तपाईं अनलाइन आउँदा, मोबाइल प्रयोग…विस्तृत समाचार »

असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट

२६ भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख छ। निर्देशिकामा इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था राखिएको छ। यो निर्देशिका…विस्तृत समाचार »

अब सबै मोबाइल फोनको सर्ट कोड एउटै, थाहा पाउनुहोस् कुन कोडले के गर्न मिल्छ

२३ भदौ, काठमाडौँ ।  अबदेखि सबै मोबाइल फोनको  सर्ट कोड एउटै हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ ले सबै सेवा प्रदायकले एउटै कोड राख्नुपर्ने व्यवस्था जारी गरेको हो ।  अबदेखि रिचार्जका लागि सबै सेवा प्रदायकका प्रयोगकर्ताले १२२, ब्यालेन्स पठाउन १३३ र ब्यालेन्स बुझ्न १४४ कोड प्रयोग गर्नसक्ने छन्…विस्तृत समाचार »

एनसेल बन्यो पब्लिक कम्पनी, आईपीओ जारी गर्ने

काठमाडौँ ।  निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ। सार्वजनिक कम्पनी भएसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ। कम्पनी ऐनमा भएको पछिल्लो व्यवस्थाअनुसार ५ करोड बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ। एनसेलको…विस्तृत समाचार »

३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

एजेन्सी ।  इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकासको अन्तिम चरणमा पुगेको दावी गरेको छ ।  मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने कम्पनीमो दाबी छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको…विस्तृत समाचार »

यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण

५ साउन, काठमाडौँ ।  संयुक्त अरब एमिरेट्स यूएई को यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण भएको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटूए रकेटमार्फत प्रक्षेपण भएको उक्त यानको नाम होप रहेको छ ।  यो मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ। यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो। युएई स्थापनाको…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

फाइजर र बायोएनटेक खोप बालबालिका दिन अमेरिकी विज्ञको स्वीकृति

१० कात्तिक, न्युयोर्क । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले हिजो उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ ।  

​चीनमा ४० लाख जनसंख्या भएको एउटा शहर पुनः लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका

​ पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ  जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको 

विचार / ब्लग

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
Top